संविधान विरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताउनुभयो।
भृकुटीमण्डपको बक्यौता तिर्न ताकिता
काठमाडौँको भृकुटीमण्डपमा रहेको जग्गा प्रयोग गरेको बक्यौता उठाउन समाज कल्याण परिषद्ले तोकिता गरेको छ । राजनीतिक पहुँचका आडमा विगत २५÷३० वर्षदेखि ४७ विभिन्न सङ्घ संस्था
हरित तिलोत्तमामा रङ्गिन सडक
सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरी थरीका फूल ढकमक्क छन् । सडक किनारामा हरियाली उस्तै छ ।
कर्मचारीमा निर्णय नगर्ने प्रवृत्ति हाबी
निजामती कर्मचारीमा पछिल्लो समयमा निर्णय नगर्ने प्रवृत्ति बढ्दै गएको छ । सकेसम्म कानुुनले अख्तियार गरेको निर्णय पनि नगर्ने र निर्णय गर्नैपर्ने परिस्थिति आइहाले विभिन्न बहानामा फाइल अड्काउने
सामूहिक राजीनामाबारे प्रवक्ता महत भन्नुहुन्छ, ‘सानोतिनो असन्तुष्टि हो मिलिहाल्छ’
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल महिला सङ्घका २० जना केन्द्रीय सदस्यको सामूहिक राजीनामाबारे छलफल हुने बताउनुभएको छ।
आगामी तीन दिन मेघगर्जन चट्याङ्सहित वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस : खापुङ पहिलो नम्बरमा
नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ। गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो।
औषधी लिमिटेड खरिद प्रक्रियामा समावेश नहुँदा औषधी खरिद रोकियो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधी लिमिटेड खरिद प्रक्रियामा समावेश नभएका कारणले औषधी खरिद रोकिएको बताएको छ ।
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको छ ।
परोपकार प्रसूति अस्पतालमा सेवा विस्तार
थापाथालीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सेवा विस्तार गरेको छ । अब अस्पतालमा सिमुलेसन ल्याब स्थापना तथा बर्थिङ सेन्टर थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदी
शिक्षकलाई काममा फर्कन आह्वान
सरकारले शिक्षकलाई आन्दोलनका कार्यक्रम रोकेर शिक्षण पेसामा फर्कन आह्वान गरेको छ । शिक्षा क्षेत्रमा देखिएका समस्या व्यवस्थापन गर्न द्रुतमार्ग (फास्ट ट्र्याक) मार्फत विधेयक पास गर्ने तयारीमा भइरहेको सरकारको भनाइ छ ।
‘टुवाइसी’ को भरमा प्रहरी सङ्गठन
नेपाल प्रहरीका महत्त्वपूर्ण छ वटा विभाग झन्डै एक महिनादेखि टुवाइसी (सेकेन्ड इन कमान्ड) ले नेतृत्व गरिरहेका छन् । प्रहरीमा एआइजी बढुवा विलम्ब हुँदा मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टुवाइसी अर्थात् प्रहरी नायब महानिरीक्षक (डिआइजी) को भरमा पुगेका हुन् ।
गभर्नर नियुक्तिमा सहमति : ‘फास्ट ट्र्याक’ बाट शिक्षा विधेयक
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको हो ।
मेडिकल कलेजको सिट सङ्ख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ ।
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले लुम्बिनी प्रदेशका स्थानीय तहहरूबाट परेका उजुरीहरूको सङ्ख्या उल्लेख्य रहेको जनाएको छ । बुधबार सरुमारानी गाउँपालिका, प्युठानमा आयोजित स्थानीय तहस्तरीय अन्तरक्रियामा आयोगले उजुरी दर्ता, फछ्र्यौट र बाँकी मुद्दाबारे जानकारी दिएको हो ।
एक वर्षभित्र पुनर्निर्माणको काम सक्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुननिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको बताउनुभएको छ ।
यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो ।
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।
ट्राफिक लाइट जडान गरिँदै
भरतपुरका दुई वटा फराकिलो सडकमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट जडान गर्न लागिएको छ । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न सात स्थानमा ट्राफिक लाइट जडान गर्न लागिएको हो ।
मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै संशोधित मापदण्ड अनुसार गभर्नर नियुक्तिको प्रक्रिया तत्काल रोकिने छ ।
संसद् अधिवेशन वैशाख १२ देखि, शिक्षकका मागमा सरकार गम्भीर
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ३ गते । सरकारले वैशाख १२ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने भएको छ । मन्त्रीपरिषद्को मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्नेसमेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताउनुभयो । उहाँका अनुसार सरकारका तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । यसका लागि सङ्घीय संसद् वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय भएको छ । नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील रहेको बताउँदै मन्त्री भट्टराईले शिक्षकका यथोचित मागका सम्बोधन गर्न सरकार सधैँ तयार रहेको जानकारी दिनुभयो । यस विषयमा मन्त्रीपरिषद्मा पनि छलफल भएको थियो । विभिन्न पेसागत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि मन्त्री भट्टराईले बताउनुभयो ।हाल विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको, एसइईको उत्तरपुुस्तिका परीक्षण गर्नुपर्ने तथा कक्षा १२ को राष्ट्रिय परीक्षाको मितिसमेत नजिकिएका कारण सरकारले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्किन सम्पूर्ण शिक्षकलाई अनुरोधसमेत गरेको छ । शिक्षकका मागबारे छलफलआन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने सम्बन्धमा सरकारले छलफललाई तीव्र बनाएको छ । मङ्गलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र गृहमन्त्री रमेश लेखकबिच छलफल भएको छ । चैत २० गतेदेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै आएका शिक्षकका प्रतिनिधिबिच अनौपचारिक तथा औपचारिक रूपमा भएको वार्ताका व्रmममा उठेका सवाललाई पूरा गर्ने सन्दर्भमा तीन मन्त्रीले छलफल गर्नुभएको हो । शिक्षकलाई निजामती कर्मचारी सरह स्वास्थ्य उपचारमा छुट दिने, शिक्षकका मर्यादाव्रmम निर्धारण गर्ने, प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत शिक्षकका सेवा सुविधा बढाउने तथा शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेलगायतका विषयमा तीन मन्त्रीबिच छलफल भएको थियो तर यी विषयमा ठोस निर्णय भने मन्त्रीपरिषद्बाट गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासङ्घले संसद्को बर्से अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।त्यस्तै महासङ्घले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परीक्षा कार्यव्रmममा सहभागी नहुने, एसइईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णयसमेत गरेको छ । आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासङ्घको अडान छ ।
‘सर्भिस सेन्टर’ को कामै सुरु भएन
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुग्न लाग्दा यसै आयोजना अन्तर्गत सुरुङमार्गको पश्चिम पोर्टलमा निर्माण हुने बजार (सर्भिस सेन्टर) को काम सुरु नै हुन सकेको छैन ।
ताला तोडेर परीक्षा सञ्चालन
कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन गरेको छ । शिक्षकहरु आन्दोलनमा रहेको र सरकारकाले माग पूरा गर्ने कुनै मनसाय नदेखाएकाले कक्षा ८ को ग्रेटबृद्धिको परीक्षा लिन नसक्ने शिक्षकको अडानपछि नगरपालिकाको शिक्षा शाखा प्रमुख खेमराज शाहीले कक्षा कोठाको ताला फोडेर परीक्षा सञ्चालन गर्नुभएको हो ।