गोरखापत्रकर्मी बस्नेतको बिदाइ
गोरखापत्र संस्थानको अर्थ विभागमा कार्यरत लेखा अधिकृत निर्मलाकुमारी बस्नेत उमेर हदका कारण सेवानिृत्त हुनुभएको छ । यही भदौ १० गते सेवा निवृत्त हुनुभएका बस्नेतको मङ्गलबार संस्थान व्यवस्थानले सम्मानका साथ बिदाइ गरेको छ ।
एमाले पोलिटब्युरो बैठक जारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
युवक मृत अवस्थामा फेला
हेटौँडा उपमहानगरपालिका–२ ओम भवननजिक भाडाको घरमा बस्दैआएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
अट्वारी पर्वमा दुई दिन बिदा
कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
संस्कृति संरक्षणमा जुर्मुराए कठरिया युवा
लोप भइरहेको कला, संस्कृति, भेषभूषाको संरक्षणमा कठरिया समुदायको युवा जुर्मुराएका छन् । नेपाल र छिमेकी राष्ट्र भारतका कठरिया समुदायको युवा लोप भइरहेको आफ्नो मौलिक संस्कृति, भेषभूषा संरक्षणमा जुटेका हुन् ।
मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।
अर्थ समितिको बैठक सुरु
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बै बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुँदै छ ।
परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल
बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो ।
नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । भदौ १७ गतेको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको सरुवा गरेको जनाएको हो ।
‘जानकी साहित्य पुरस्कार’ भण्डारीलाई
‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुरप्रसाद शर्मा भण्डारीलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको सो पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घास गुल्मीले यस वर्ष साहित्यकार भण्डारीलाई प्रदान गरेको हो ।
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’ को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन । यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो ।
प्रस्तावित आठ राजदूतको सुनुवाइ
संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ मध्ये आठ राजदूतको सुनुवाइ सम्पन्न गरेको छ । आइतबार र सोमबार गरी समितिले आठ जनाको सुुनुवाइ सकेको हो । समितिले मङ्गलबार भने एक जनाको मात्र सुनुवाइको कार्यसूची राखेको छ । अनुमोदनबारेको निर्णय भने समितिले सुनुवाइ सकिएपछि एकमुष्ट गर्ने छ । आइतबार समितिले चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि प्रस्तावित शङ्कर शर्मा, डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधर, जर्मनीका लागि प्रस्तावित डा. शैल रुपाखेतीको सुनुवाइ गरेको थियो । यस्तै सोमबार इजरायलका लागि प्रस्तावित प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि प्रस्तावित रीता धिताल र पोर्चुगलका लागि प्रस्तावित प्रकाशमणि पौडेलको सुनुवाइ गरेको छ ।
राष्ट्रिय योजना आयोगको पुनःसंरचना गरिने
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुनःसंरचना गर्ने बताउनु भएको छ ।
संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नु भएको छ ।
करेन्ट लागेर मजदुरको मृत्यु
कैलालीको धनगढीमा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–६ का ३२ वर्षीय चन्द्रे चौधरीको ज्यान गएको हो ।
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताउनुभएको छ ।
तिज र तिज गीतको सान्दर्भिकता बारे बहस
नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (काव्य र पद्य) विभागले सोमबार ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
पारा ओलम्पिक : कुमाल हिट चरणबाटै बाहिर
नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमाल फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा हिट चरणबाटै बाहिरिनु भएको छ ।
प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमबार भेट गरेको छ ।
पर्यटन नीति परिवर्तन गर्ने सङ्घारमा छौँ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताउनुभएको छ ।
अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्ने
अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपियाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ ।
सार्वजनिक यातायात : बिना परीक्षण हुइकिँदा बर्सेनि दुई हजारको जान्छ ज्यान
नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्ला पाँच वर्षमा मात्रै सडक दुर्घटनाबाट १२ हजार ३७१ जनाले अकालमा ज्यान गुमाए ।
डेंगुबाट एकको मृत्यु
डेंगुका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनमा डेँगुले मृत्यू हुने यो पहिलो घटना हो । चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल कलेजमा उपचार भइरहेका एक जना पुरुषको डेँगूका कारण मृत्यु भएको हो ।
छ प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।