तिम्बुङ पोखरी ट्रेल रनको आयोजना
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित जिल्लाकै एक मुख्य पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ ।
नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी
सर्वोच्च अदालतमा नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी रहेको छ ।
‘पानी नपिई व्रत बस्दा स्वास्थ्य समस्या निम्तन्छ’
तिजको दिन विशेषगरी नेपाली हिन्दु नारीले व्रत बस्ने प्रचलन छ । कतिपयले यो दिन पानी पनि नपिई व्रत बस्न गर्दछन् । वरिष्ठ पोषणविद् प्रा.डा.मनसा थापा ठकुराठीले व्रत बस्नु शरीरका लागि स्वास्थ्यकर भएको बताउनुहुन्छ ।
मानव बेचबिखनविरुद्धको अभियान
मानव बेचबिखन भन्नाले आधारभूत मानव अधिकारको उल्लङ्घन, दासत्वको अवस्था, मानवताविरुद्धको बहुराष्ट्रिय सङ्गठित अपराध हो । यसलाई अशिक्षा, बेरोजगारी, गरिबी, जनचेतनाको कमी, घरेलु हिंसा, पारिवारिक झगडा, लैङ्गिक तथा जातीय विभेद, दण्डहीनतालगायतले मलजल गर्छ । सेप्टेम्बर ५ अर्थात् भदौ २० लाई मानव बेचबिखनविरुद्धको १८ औँ राष्ट्रिय दिवसका रूपमा मनाइँदै छ । ‘तीनै तहका सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ विविध का
‘उपलब्धि रक्षार्थ एमालेसँग सहकार्य’
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा चुनौतीपूर्ण परिस्थिति आएपछि मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) सँग मिलेर सरकार बनाइएको प्रस्ट पार्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा आयोजित समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था, बहुदलीय लोकतन्त्र र सम्पूर्ण उपलब्धि रक्षार्थ एमालेसँग सत्ता सहकार्य गरेको बताउनुभएको हो ।
प्रस्तावित थप चार राजदूतको सुनुवाइ
संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित थप चार राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित १७ मध्ये बुधबारसम्म १३ जनाको सुनुवाइ गरेको छ । बुधबार रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित डा. शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ भएको छ । समितिको कार्यतालिका अनुसार अब स्पेन, श्रीलङ्का, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ बाँकी छ । प्रस्तावित सबैको सुनुवाइ सकेपछि समितिले अनुमोदनबारे निर्णय गर्ने छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसमा युद्धमा सहभागी भएका नेपाली नागरिकलाई स्वदेश फिर्ताको पहल गर्ने बताउनुभयो । उहाँले नागरिकको स्वदेश फिर्तीका लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीबाट पलेशालाई ६५ लाख पुरस्कार दिने घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ।
एमालेले कांग्रेससँग भएको संविधान संशोधनको सहमति अगाडि बढाउने
नेकपा (एमाले) ले नेपाली कांग्रेसँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ ।
प्रदेश जनसम्पर्क सल्लाहकारमा राउत
लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गर्नु भएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निजासीका डा. रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
विषादी द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा
नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । तरकारी र फलफूलमा अत्यधिक विषादीको प्रयोग हुन थालेपछि सो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
कक्षाले युवामा ल्यायो रूपान्तरण
कैलालीको ग्रामीण क्षेत्रका युवा रूपान्तरण कक्षामा सहभागी भएर सकारात्मक कार्यमा अग्रसर भएका छन् । कैलारी गाउँपालिका–८ का युवा रूपान्तरण कक्षामा सहभागी भई सकारात्मक कार्यमा अग्रसर भएका हुन् ।
राष्ट्रपति पौडेलबाट कांस्य पदक विजेता पलेशालाई सम्मान
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
पहिरोले झोलुङ्गे पुल भत्काएपछि घुन्साखोलामा बन्यो तुइन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलाको झोलुङ्गे पुल पहिरोले भत्काएपछि तुइन सञ्चालन गर्न सुरु गरिएको छ। कञ्चनजङ्घा पद मार्गमा पर्ने घुन्सा खोलाको झोलुङ्गे पुल भएकै ठाउँमा अहिले तुइन सञ्चालनमा ल्याइएको हो।
डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
कांस्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत (फोटो फिचर)
पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।
आजको मौसम : देशको केही स्थानमा हल्का, कतै भारी वर्षा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा बुधबार जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ पैसा नतिरेपछि छपाइ बन्द
‘स्मार्ट लाइसेन्स’ भनेर चिनाइएको सवारीचालक अनुमतिपत्र छपाइ बन्द भएको २४ दिन भयो । यातायात व्यवस्था विभागले लाइसेन्स छाप्ने मेसिनले कार्ड चिन्न नसक्ने गरी ‘पर्सनलाइजेसन’ र सफ्टवेयरमा समस्या भएपछि नियमिततर्फको छपाइ बन्द भएको बताएको छ । साथै विभागले संविधान अनुसार लाइसेन्स छपाइको काम प्रदेश सरकारको भएकाले नछाप्ने भन्दै जिम्मेवारी प्रदेशतिर सोझ्याएको पनि छ तर छपाइ बन्द हुनुको वास्तविकता भने प्राविधिक नभएर आर्थिक रहेको छ ।
दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द
हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ । दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो । यस पटक दसैँमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैँमा दिने बताउनुभयो ।
कांग्रेस सभापति देउवालाई एमाले नेताकाे टाेलीले भेट्याे
नेकपा (एमाले) का बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले मङ्गलबार नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ ।
चालु आर्थिक वर्षमै किसान सूचीकरण सक्नेगरी काम हुन्छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षमै किसान सूचीकरण सक्नेगरी काम गरिने बताउनुभएको छ।
औद्योगिक ग्राम निर्माण सुरु
तुलसीपुर उपमहानगरपालिकामा एकै ठाउँमा एकै पटक तीन गौरवका योजना सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ मा रहेको औद्योगिक ग्रामस्थल क्षेत्रमा तीनवटा योजना सुरु भएका छन् ।
संविधान र कानुनले महिलालाई दिएका अधिकारको कार्यान्वयन जरुरी छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलालाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताउनुभएको छ।
सामाजिक सेवामा अभ्यस्त फाउण्डेसन
समाजसेवामा अभ्यस्त रहेको निता राउत फाउण्डेसन समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्दैआएको स्थानीयको भनाइ छ ।
हराउँदै तिजको मौलिकता
पछिल्लो समय तिज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाले गुनासो गरेका छन् । तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको हो ।