दिवाकर पोख्रेल
देउखुरी, भदौ १९ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गर्नु भएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निजासीका डा. रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० को उपदफा (१) अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ । सकारात्मक सोच विस्तार अभियानका अभियन्ताको रूपमा स्थापित राउतले समाजशास्त्रबाट योजना तर्जुमामा पिएचडी गर्नुभएको छ ।
साथै उहाँले ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ । अधिवक्ता समेत रहनु भएका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागु हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।