काठमाडौं, भदौ १८ गते । नेकपा (एमाले) का बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले मङ्गलबार नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ ।
नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा. भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले काँग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेटेको हो ।
भेटमा देउवाले सम्मानित अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरवलोकनमा जानपर्ने बवषयमा सहमति जनाउँदै कानुन मन्त्रीलाई छिटोभन्दा छिटो पुनरवलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिनुभयो। भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा।. भट्टराई, काठमाडौं जिल्ला ईन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारीहरुको सहभागिता थियो ।