• ११ असार २०८२, बुधबार

सेफ्टी ट्याङ्कीमा खसेर दुईको मृत्यु

blog

फाइल तस्बिर

यादवराज पुरी

रौतहट, असार ११ गते । रौतहटको चन्द्रपुर नगरपालिका –१० बिनुवा टोलमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालक र एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गरिमा साहको दुई वर्षीय छोरा रञ्जे साह र जगदिश साहको दुई वर्षीया छोरी खुश्बु साह छन् । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार मघ्गलबार साँझ करिब ८ बजेको समयमा स्थानीयको जीर्ण अवस्थामा रहेको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको स्थानीयको भनाइ छ ।  

बुधबार नानीबाबुका अभिभावकले इलाका प्रहरी कार्यालयमा डुबेर मृत्यु भएको जाहेरी दर्ता गराई पोष्टमार्टम गरी शव बुझेको उहाँले बताउनुभयो । मृतक नानीबाबुको चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा पोष्टमार्टम गरिएको छ ।