• ११ पुस २०८१, बिहिबार

गोरखापत्रकर्मी बस्नेतको बिदाइ

blog

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरी सेवानिवृत्त लेखा अधिकृत निर्मलाकुमारी बस्नेतलाई सम्मान गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

काठमाडौँ, भदौ १८ गते । गोरखापत्र संस्थानको अर्थ विभागमा कार्यरत लेखा अधिकृत निर्मलाकुमारी बस्नेत उमेर हदका कारण सेवानिृत्त हुनुभएको छ । यही भदौ १० गते सेवानिवृत्त हुनुभएका बस्नेतको मङ्गलबार संस्थान व्यवस्थापनले सम्मानका साथ बिदाइ गरेको छ । 

बस्नेत वि.सं. २०४६ असार २६ गते स्थायी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले संस्थानमा ३५ वर्ष एक महिना १३ दिन स्थायी सेवामा रहेर कार्य गर्नुभयो । 

कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले लेखा अधिकृत बस्नेतलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

अध्यक्ष सुवेदीले ३५ वर्ष सेवामा रहेर सेवानिवृत्त हुँदा साथीहरूको जुन न्यानो माया र हार्दिकता पाउनुभयो, यो सम्मान कहिल्यै नसकिने पुँजी हो भन्नुभयो । 

यसैगरी, महाप्रबन्धक ऐरीले सहकर्मीसँग राम्रो छाप बनाउन सफल हुनुभएको छ र सबैको मन जितेर जाँदै हुनुहुन्छ, यो सबैभन्दा ठुलो सफलता भएको बताउनुभयो । 


निमित्त नायब महाप्रबन्धक यमप्रसाद कँडेलले जुन निष्ठावान् सेवा प्रदान गर्नुभएको छ, त्यसका लागि  हार्दिक कृतज्ञता अर्पण गर्नुभयो । यस्तै, अर्थ विभाग प्रमुख राजुकुमार महतले बस्नेतले निष्ठा र इमानदारीपूर्वक कार्य गरेको भन्दै उहाँले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा बोल्ने वक्ताले बस्नेतको बाँकी जीवन सुखी, आनन्दमय र खुसी रहोस् भनी कामना गर्नुभयो । 

सेवानिवृत्त बस्नेतले सेवामा रहँदा निष्ठा र इमानदारीपूर्वक कार्य गरेको र जीवनभर गोरखापत्रको उन्नति र प्रगति देख्न चाहेको बताउनुभयो । 


सेवानिवृत्त लेखा अधिकृत निर्मलाकुमारी बस्नेत