• १७ भदौ २०८१, सोमबार

डेंगुबाट एकको मृत्यु

blog

वसन्त पराजुली

नारायणगढ भदौ १७ गते । डेंगुका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनमा डेँगुले मृत्यु हुने यो पहिलो घटना हो । चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल कलेजमा उपचार भइरहेका एक जना पुरुषको डेँगुका कारण मृत्यु भएको हो । 

चितवनमा पछिल्लो २४ घण्टामा १४ जनामा डेँगु सङ्क्रमण देखिएको कार्यलयले जनाएको छ । चितवनमा यो वर्ष परीक्षण गरिएका ३ हजार ४४ परीक्षणमध्ये  ७२७ जना सङ्क्रमित भएको तथ्याङ्क छ ।