काठमाडौँ, भदौ १८ गते । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुँदैछ ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि सुरु भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुँदैछ ।