• १७ भदौ २०८१, सोमबार

पारा ओलम्पिक : कुमाल हिट चरणबाटै बाहिर

blog

पारा पौडी खेलाडी भीमबहादुर कुमाल । फाइल तस्बिर

काठमाडौँ, भदौ १७ गते । नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमाल फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा हिट चरणबाटै बाहिरिनुभएको छ ।

पौडीको एस–९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुभएका कुमाल सोमबार भएको खेलमा हिट चरणबाटै बाहिरिनुभएको हो । उहाँले निर्धारित दूरी ३५.०५ सेकेन्डमा पूरा गर्नुभएको थियो । ६ जना खेलाडी रहेको हिट–१ मा अन्तिममा रहनुभयो । 

कुमालले विश्व पारा पौडीबाट ‘वाइल्ड कार्ड’ मार्फत पारा ओलम्पिक खेल्नुभएको हो । यसअघि यस स्पर्धामा उहाँकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । कुमालको स्पर्धासँगै पारा ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ ।

नेपालबाट सहभागी तेक्वान्दोका दुई खेलाडीमध्ये पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जित्नुभएको छ । अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता पहिलो चरणबाटै बाहिरिनु भएको थियो ।