निगुरो टिपेर बालबालिकाद्वारा पढाइ खर्च जोहो
सुनसरीको कोशी गाउँपालिका क्षेत्रका बालबालिकाले कोशी किनार र सिमसार क्षेत्रमा निगुरो टिपेर पढाइ खर्च जोहो गर्दैआएका छन् ।
एउटै व्यक्तिले ८० करोड ठगेको उजुरी
झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै यता झापाको बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका भारत पश्चिम बङ्गालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पङ्कज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको ८० करोड रकम ठगेर फरार भएका छन्।
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनुभएको छ ।
अन्धकारमा नगरवासी
नगरपालिका भन्ने बित्तिकै सडक, शिक्षा, सञ्चार, विद्युत सेवाले सुविधा सम्पन्न होला धेरैको सोचाई यस्तै हुन्छ । तर नगरपालिकाका नगरवासीनै वर्षौँदेखि अन्धकारमा बस्न बाध्य छन् ।
बेतनामा फेला पर्यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।
अविरल वर्षाले जनजीवन प्रभावित : कतै डुबान कतै सडक अवरुद्ध
अविरल वर्षाका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । कोशी प्रदेशको हिमाली तथा पहाडी जिल्लामा पहिरो जाने समस्या बढेको छ भने तराईका जिल्लाहरू डुबानको चपेटामा परेका छन् । केही पहा
कोशीमा पानीको बहाव उच्च, ५६ ढोका खोलियो
सप्तकोशी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रबार साँझबाटै ५६ ढोका खोलिएको हो ।
एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।
श्रीलङ्का टापुमा कटान तीव्र
श्रीलङ्का टापुको शिवालय टोलको कोशी नदी किनारमा नदीको बहावलाई रोक्न रुख काटेर हाल्न थालेको स्थानीय अनिल चनद्रवंशीले बताउनुभयो ।
कोशीको स्पर मर्मतमा भारतीय पक्ष सक्रिय
सप्तकोशी नदीको विभिन्न स्परमा सामान्य कटान भएपछि नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्ध तथा स्परको मर्मत कार्य सुरु गरिएको छ ।
पहिरो खसेपछि मदन भण्डारी राजमार्ग पुनः अवरुद्ध
केही दिनदेखि लगातार परेको सिमसिमे वर्षासँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि मदन भण्डारी राजमार्गको गाईघाट–नेपालटार खण्डमा शुक्रबार विहानैदेखि यातायात सेवा पुनः अवरुद्ध भएकोछ ।
प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा तीनजना पक्राउ
शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै काममा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चुलाचुलीमा १५ शय्याको अस्पताल निर्माण
दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ ।
सिद्धिचरण लोकमार्ग अवरुद्ध
केही दिनदेखिको निरन्तर भएको वर्षाका कारण गएको पहिरोले सिद्धिचरण लोक मार्ग अवरुद्ध भएको छ ।
भुसुनेको जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध
ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पर्यटकको पर्खाइमा खाँगे झरना
सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनमा रहेको खाँगे झरना पर्यटकको पर्खाइमा छ । हालसम्म प्रवर्धन र आवश्यक प्रचारप्रसारको अभावले ओझेलमा प
आलु विकास केन्द्रमा आलुको बीउ तयार
इलामको उत्तर पूर्वी सिमाना जौवारिमा रहेको आलु विकास केन्द्रले नयाँ आलु खन्न थालेको छ । अहिले खन्न थालिएको आलुलाई केन्द्रले बीउका रूपमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ ।
दीर्घकालीन असर पर्ने निर्णय नगर्न कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश
सर्वोच्च अदातले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार उक्त आदेश गरेको हो।
ताप्लेजुङमा ९८ प्रतिशत रोपाइँ
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार धान खेती लगाउने मौसम सकिँदा अर्थात् साउन मसान्तसम्ममा ९८ प्रतिशत रोपाइँ भएको हो ।
कोशी प्रदेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
कोशी प्रदेशमा १४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
धनकुटामा पनि घोङ्घी उत्पादन सुरु
अन्तर्राष्ट्रिय जगतमा सिफुड र तराईमा थारु समुदायको सांस्कृतिक खानपानको रुपमा पहिचान बनाएको परिकार घोङ्घी अब धनकुटामै व्यावसायिक उत्पादन सुरु भएको छ ।
पहिरोको जोखिममा वडा कार्यालय
सिद्धिचरण नगरपालिका-६ जन्तरखानीको वडा कार्यालय पहिरोको जोखिममा परेको छ ।
पाडाजुँगी-गौरीगन्ज सडक अलपत्र
असोज मसान्तभित्र नै काम सक्ने भन्दै पाडाजुँगीदेखि गेउरीया नजिकसम्म साढे ३ किलोमिट सडक भत्काएर अलपत्र पारिएको छ ।
‘कहिले खुल्छ टिप्ताला नाका ’
ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरुले सास्ती खेप्नु परेको छ ।