उदयपुर–१ मा डा.खड्कालाई चौधरीको पुनः चुनौती
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुरमा चुनावी माहोल उत्कर्षमा पुगेको छ । राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले दिन रात मतदाता भेट्न घरदैलो अभियानमा ब्यस्त छन् ।
बसको ठक्करबाट दम्पतीको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ७ दुर्गापुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।
कैदीबन्दीका लागि अस्थायी मतदान केन्द्र
सुनसरीमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्न कैदीबन्दी र कर्मचारीका लागि दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचनमा क्षेत्रीय एक हजार पाँच सय कैदीबन्दीमध्ये ५८ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने जनाएको छ। झुम्का कारागारमा एउटा र कर्मचारी सुरक्षाकर्मीसहितका लागि जिल्ला समन्वय समिति सुनसरीमा एउटा गरी दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।
स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाउँदा बर्थिङ सेन्टर बन्द
सभा पोखरी गाउँपालिकाको बर्थिङ सेन्टरका कर्मचारी निर्वाचनमा खटिँदा सेवा प्रभावित भएको छ। पालिकाको दुईवटै बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरू निर्वाचनमा खटाइएपछि एक हप्तासम्म सेवा बन्द हुने भएको हो। कात्तिक ३० देखि मङ्सिर ६ गतेसम्म दुवै बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी निर्वाचनमा खटाइएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य संस्थाहरूबाट दिइने सेवा बन्द भएकोले जिल्ला अस्पताल खाँदबारी जानुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिनुभयो।
अन्तिम पटक निर्वाचन लडेको छु : पूर्व प्रधानमन्त्री खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले यो पटक आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक चुनावी प्रतिस्पर्धा गर्दै गर्दा खनालले यो प्रतिस्पर्धा पनि आफ्नो अन्तिम प्रतिस्पर्धा रहेको बताउनु भयो ।
चुनावको मुख्य एजेन्डा : सुकुम्बासी र भूमिसम्बन्धी समस्या
दुईवटा सङ्घीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले भूमिसम्बन्धी समस्याको समाधानलाई चुनावको मुख्य एजेन्डा बनाउँदै भोट माग्ने गरेका छन् । यहाँका सबै उम्मेदवारले प्रतिबद्धतापत्र, घोषणपत्र, घरदैलो कार्यक्रम, कोणसभा, आमसभा र मतदाता भेटघाटमा भूमिहीन तथा सुकुम्बासी समस्याको स्थायी समाधान गर्नेमा जोड दिएका छन् ।
थापा प्रधानमन्त्रीको रूपमा अघि नसरे म अघि सर्छु : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने तर, उहाँले दाबी नगरे आफू अघि सर्ने बताउनुभएको छ।
ओखलढुङ्गामा २५ कैदिबन्दीले मतदान गर्ने
मङ्सिर ४ गते हुने निर्वाचनमा ओखलढुङ्गाबाट २५ जना कैदिबन्दीले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गर्ने स्वीकृति दिएपछि २५ जना कैदिबन्दीले मतदान गर्ने भएका हन् ।
अपाङ्गता रोकथाम तथा पुनर्स्थापनामा नेदरल्याण्डस् र बङ्गलादेशी टोली
सुनसरीको सीमावर्ती कोसी गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी र नमुना भएको भन्दै नेदरल्याण्डस् र बङ्गलादेशी टोलीले प्रशंसा गरेको छ ।
कपडा पसलमा आगलागी
झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।
पाँच दिन मदिरा कारोबार निषेध
मोरङमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह मन्त्रालय (निर्वाचन सेल) असोज १२ गतेको परिपत्र तथा जिल्ला सुरक्षा समिति मोरङको कात्तिक २७ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिनुभयो । मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ५ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ।
अधिकांश पुराना प्रतिस्पर्धीबीच नयाँ प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनअन्तर्गत प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कतिपय निर्वाचन क्षेत्रमा पहिले एउटै पार्टीमा रहेका पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुनेछ भने कतिपयमा २०७० साल र २०७४ सालकै पुराना उम्मेदवारबीच फेरि रोचक प्रतिस्पर्धा हुने भएको छ ।
दुर्गम गाउँका मतदाताको पीडा : भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँदैनन्
चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दशैं तिहारकै जस्तो रमाइलो वातावरण छ ।
उम्मेदवार घरदैलोमा, मतदाता खेतमा व्यस्त
मङ्सिर ४ गते हुने निर्वाचनका लागि तेह्रथुममा विभिन्न दलका उम्मेद्वारहरु चुनावी माहौल बनाउन मतदाताको घरदैलोमा रहनुभएको छ । तर मतदाताहरुलाई भने धान भित्र्याउने चटारो छ । अधिकांश मतदाताहरु खेतमा व्यस्त छन् ।
आचारसंहिताविपरीत राखिएका तोरण र झण्डा हटाइयो
सुनसरीमा निर्वाचन प्रचारप्रसार र सभाको चरण सुरु भएपछि दल र स्वतन्त्रका उम्मेदवारले सार्वजनिक स्थानमा राखिएका तोरण, ब्यानर, झण्डा निर्वाचन आचारसंहिता अनुगमन समितिले हटाएको छ ।
दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस
ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
अस्पताल शिलान्यास भयो निर्माण भएन
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मोरङको सुन्दरहरैँचा–११, कर्जुनामा शिलान्यास गर्नुभएको प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य अलपत्र परेको छ। तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक/एकवटा सरुवा रोग अस्पताल बनाउने योजना सरकारको नीति तथा कार्यक्रम तय गरेपछि २०७७ माघ १९ गते तत्कालीन मन्त्री ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभएको थियो । टेकु अस्पतालका तीन सय शøयाले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याबसहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना सुन्दा स्थानीय बासिन्दा खुसीले गदगद भएका थिए । तर, अस्पतालको शिलान्यास गर्ने ठाउँमा अहिले तोरी उम्रिन थालेको छ ।
निर्वाचन सुरक्षाको बन्दोबस्ती अन्तिम चरणमा
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मोरङमा चार निकायका सात हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ। निर्वाचन सुरक्षाअन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो। मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानको टोली निर्वाचन लक्षित गरेर परिचालन गरिनेछ।
अघिल्लो निर्वाचनका प्रतिस्पर्धीको भरमा झलनाथ खनाल
नेपाली काँग्रेस इलामका पुराना नेता भूपेन्द्र कट्टेल यतिबेला झलनाथ खनाललाई भोट माग्दै हिँडिरहनुभएको छ । खनाल जताजता चुनावी सभामा पुग्नु हुन्छ कट्टेल पनि तीनै सभामा पुगेर झलनाथ खनाललाई नै किन भोट दिने भनेर मतदातालाई आश्वस्त पारिरहनु भएको हुन्छ ।
यी हुन पाँचथरवासीले उम्मेदवारसँग गरेका मागहरू
जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।
इलाममा निर्वाचन सुरक्षा तयारी पुरा
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलाममा सुरक्षा तयारी पुरा भएको छ । जिल्लामा एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।
मोरङको घरदैलो कार्यक्रममा सक्रिय थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रेखा थापाको घरदैलो अभियान सक्रिय हुनुहुन्छ।
चुनावी चटारोबीच पार्टीमा कार्यकर्ता भित्र्याउने होडबाजी
ओखलढुङ्गामा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् । दलहरूलाई चुनावी चटारोसँगै अन्य दलका कार्यकर्ता आफ्नो दलमा भित्र्याउने होडबाजी देखिएको छ ।