इटहरीमा थन्कियो आठ ट्रक सुपारी
विराटनगर भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको ८ ट्रक सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको छ । मोरङ प्रहरीले गत साउन ५ गते विराटनगर–१४ बाट पक्राउ गरि ८ गते बुझाएको सुपारीको अनुसन्धान प्रक्रिया नै अलमलमा परेपछि त्यसै थन्किएको हो ।
सङ्खुवासभामा लाखे जात्रा सुरु
सङ्खुवासभाका नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । नाग पञ्चमीसँगै जिल्लाको नेवार समुदायको बाहुल्य भएको क्षेत्रमा जात्रा सुरु गरिएको हो ।
गाँजा तस्करीको केन्द्र बन्दै खुला सीमा
खुला सिमाना र सहज आवागमनको फाइदा उठाउँदै विराटनगरको रानी नाका हुँदै भारततर्फ गाँजा तस्करी हुने क्रम बढेको छ। नेपालतर्फबाट तस्करले विभिन्न नयाँ तरिका अपनाउँदै भारतीय क्षेत्रतर्फ गाँजा तस्करी गर्ने गरेका छन्। सशस्त्र प्रहरी बलको टोलीले पाएको सूचनाको आधारमा तरकारी बोकेको ट्रकमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेलापारेको हो। सङ्खुवासभाबाट बन्दाकोबी राखेर भारततर्फ लगिँदै गरेको उक्त गाडीलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको थियो।
ग्रामीण सडकमा सास्तीपूर्ण यात्रा
इलाम नयाँबजारका सवारीचालक फुरी शेर्पा आफ्नो सवारीमा सधैँ कुटो, कोदालो र साबेल राखेर हिँड्नुहुन्छ। नयाँबजार–फिक्कल सवारी चलाउने शेर्पा कच्ची सडकमा सवारी चलाउँदा सधैँ समस्या झेल्नुपर्ने भएकोले यसो गर्नुपरेको बताउनुहुन्छ। चालक शेर्पा भन्नुहुन्छ, “कहाँ पुग्दा गाडी फस्छ भन्ने टुङ्गो हुँदैन, आवश्यक सामान बोकेरै हिँड्नुपर्ने बाध्यता हो।” शेर्पा मात्र होइन, उक्त सडकमा सवारी चलाउने सबै चालकले सजकता अपनाउनै पर्छ। गाडी फस्ने हुँदा अनेक उपाय लगाएर निकाल्नुपर्छ।
युवा पुस्तामा लोकप्रिय बन्दै लाखे नाच
झण्डैँ दुई सय वर्ष इतिहास बोकेको पूर्वी पहाडी जिल्ला भोजपुरको लाखे नाचप्रति स्थानीय युवाको चासो बढेको छ ।
झरीमा रुझ्दै कुहिरोमा लुक्दै हिलेमा लाखे नाच
धनकुटाको हिलेबजारमा आजदेखि नेवाः समुदायको परम्परागत जात्रा लाखे जात्रा सुरु भएको छ । झरी र कुहिरोको कुनै प्रवाह नै नगरी हिलेमा लाखे नाच सुरु गरिएको हो । हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आज मंगलबारबाट झीगु नेवाः समाज, हिलेले निकालेका हुन् ।
मुख्यमन्त्री राई कोरोना सङ्क्रमित
प्रदेश नं १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड सङ्क्रमित हुनुभएको छ । सोमबार मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो ।
भूकम्पले खोटाङमा दुई विद्यालय, एक प्रहरी चौकी र ४७५ घरमा क्षति
साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ ।
लगातारको वर्षाले जनजीवन कष्टकर
पुर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षाका कारण झापा, मोरङग र सुनसरीका अधिकांस भुभाग जलमग्न भएका छन् भने केही पहाडी जिल्लामा बाढी तथा पहिरोको खतरा कारण कटारीको जनजीवन प्रभावित भएको छ ।
प्रदेश १ मा पेट्रोलियम पदार्थको बिक्री आधा घट्यो
पूर्वी नेपालमा १० दिनयता नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको बिक्री झन्डै आधाले घटेको छ । विगतको तुलनामा आधा मात्र इन्धन बिक्री भए पनि बजारमा समस्या देखिएको निगमले जनाएको छ । दैनिक एक हजार किलोलिटर (१० लाख लिटर) डिजल माग हुने गरेकामा अहिले आधा मात्रै भइरहेको नेपाल आयल निगम, प्रादेशिक कार्यालय विराटनगरले जानकारी दिएको छ ।
हिउँदका लागि बोतलमा पानी!
बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी छ। घर वरिपरि असरल्ल छरिएका कोक, पेप्सी, फेन्टालगायतका प्लास्टिक बोतलमा पानी भर्दै नसुक्ने ठाउँमा थन्क्याउनु दिनचर्या बनेको छ। त्यसरी पानी जम्मा गर्नेमा मोरङको पाटीगाउँको थामडाँडाका मोहन राई हुनुहुन्छ। उहाँको आँगन र घर वरिपरि करिब दुई हजार बोतल लडेका छन्। उहाँ बर्खामा घर आसपास जम्मा भएको पानी ती बोतलमा भरेर हिउँदका लागि जोहो गर्दै हुनुहुन्छ।
सुविधासम्पन्न बन्दै इटहरी अस्पताल
इटहरी उपमहानगरपालिकाको स्वामित्वमा रहेको इटहरी अस्पताललाई सुविधासम्पन्न बनाइने भएको छ । इटहरीमा स्तरीय अस्पताल स्थापना गर्न माग भइरहेको अवस्थामा अहिले सञ्चालनमा रहेको इटहरी अस्पताललाई नै स्रोत साधन र जनशक्ति थप गर्दै सुविधासम्पन्न बनाइने बताइएको हो ।
सप्तकोसीले उदयपुर र सुनसरीमा कटान
पूर्वीपहाडी जिल्लामा परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले उदयपुर र सुनसरी जिल्लाका नदी तटीय क्षेत्रमा तीव्र रूपमा कटान गरेको छ। उदयपुर जिल्लाको बेलका नगरपालिका–८, डुम्रीबोटे र सुनसरीको वराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलङ्काटापु क्षेत्रमा बाढीले कटान गरेको हो। कटान तीव्र हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी कटान नियन्त्रणका लागि परिचालित भएका छन् भने स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। सप्तकोसीमा आएको बाढीले पछिल्लो एक हप्तादेखि दुई जिल्लाको तटीयक्षेत्र कटान गरिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। उदयपुरतर्फ हालसम्म ४०–५० बिघा जमिन कोसीले कटान गरिसकेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईको भनाइ छ।
कहिले होला प्रदेशको नामकरण
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू नामकरणको विषयमा गम्भीर नबन्दा र साझा धारणा बनाउन नसक्दा प्रदेश १ को नामकरणमा सहमति हुन सकेको छैन। सबै प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश १ को नामकरणको विषय भने झन्झन पेचिलो बन्दै गएको छ।
फोहोरबाट मिथेन ग्यास उत्पादन
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।
प्रधानमन्त्रीलाई गुन्द्री र पिरा
“मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष, अर्जुनकुमार कार्कीको । गत वैशाख ३० गते स्थानीय चुनावबाट उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।
विपन्नका लागि घर
मोरङको कानेपोखरी गाउँपालिकाले वडा नम्बर २ को आदर्श टोलमा जनता आवास कार्यक्रम सञ्चालन गर्न खरिद गरेको जमिनमा गाउँपालिकाले छवटा घर निर्माण गरेको छ । स्थानीय अम्बरबहादुर थापासँग ५४ लाख रुपियाँमा खरिद गरिएको एक बिघा एक कट्ठा १२ धुर जमिनमा पहिलो चरणमा छवटा घर निर्माण गरिएको हो । २०७६ साल असार ३१ गते खरिद गरिएको सो जग्गामा ओजस कन्स्ट्रक्सन प्रालिले ३० लाख ६४ हजार ९०५ रुपियाँमा छवटा घर बनाइदिएको छ । सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत प्राप्त रकमलाई पालिकाले जनता आवास कार्यक्रममा लगाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । अधिकृत घिमिरेका अनुसार अति विपन्न परिवार छनोट गरी चाँडै घरमा सारिनेछ ।
सूर्योदयको डिजिटल फड्को
इलामको सूर्योदय नगरपालिकाले आफ्ना दैनिक गतिविधिलाई डिजिटल माध्यममा लगेसँगै प्रविधिमा फड्को मारेको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तीव्रता दिएको छ । नगरले पछिल्लो समय अनलाइन सेवा पोर्टलसमेत सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत कर तिर्न सकिने, सूची दर्ता गर्न सकिने, सबै प्रकारका सिफारिस, अन्य दर्ता गरी चार प्रकारका सेवा सञ्चालनमा ल्याएको छ । पेपरलेस (कागजरहित) अभियानमा लागेको नगरले अब कुनै पनि हस्तलिखित निवेदन नबुझ्ने जनाएको छ । नगरप्रमुख रणबहादुर राईले डिजिटल प्रविधि सुरु भएपछि सेवा लिने र दिने दुवैको समय बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका काम गर्न अब घण्टौँ धाउनु र लाममा बस्नु पर्दैन, घरमै बसेर गरे हुन्छ ।”
भूकम्प पीडितको उद्धारका लागि सुरक्षाकर्मी तैनाथ : क्षतिको विवरण सङ्कलन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ ।
खोटाङ भूकम्पमा परी घरहरु भत्किए
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेट जाँदा म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन सङ्कायको परीक्षाफल प्रकाशनमा ढिलाइ गर्दा हजारौँ विद्यार्थीमा निराशा बढेको छ। नियमित प्रक्रियाअन्तर्गत ढिलोमा चार महिनाभित्रमा प्रकाशित हुनपर्ने परीक्षाफल वर्ष दिन बित्दासमेत प्रकाशित नगरिँदा उज्ज्वल भविश्यको कल्पना गरिरहेका विद्यार्थीमा तनाव बढाएको हो।
करोडौं लगानीको दमक मिथेन ग्यास प्रयोगविहीन बन्दै
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगविहीन बनेको छ । उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरणका लागि विस्तृत परियोजना विवरण बने पनि काम हुन नसकेको बताइएको छ ।
सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ
सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।