धानखेत मास्दै ड्रयागन खेतीतर्फ कृषक आकर्षित
मोरङका पथरी शनिश्चरे र सुनवर्सी नगरपालिकाका किसानहरु धानखेत मास्दै सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाउन थालेका छन् ।
सहकारीमा चोरी गर्ने तीन जना पक्राउ
मोरङको धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउदेश्यीय सहकारी संस्थामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सडक दुर्घटनामा डाक्टरको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनाबाट डाक्टरको मृत्यु भएको छ ।
अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी
व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।
बाढीले बगायो पुल
सोलुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिका जोड्ने मोटरेबल पुल बर्सातको बाढीले बगाउँदा स्थानीय नागरिकको जिल्ला सदरमुकामलगायत सबै बजारसँगको सम्बन्धविच्छेद भएको छ ।
विराटनगर परीक्षा केन्द्रमा भारतीय प्रतिनिधिको भिड
सिटिइभिटी अन्तर्गत स्वास्थ्य प्राविधिक स्टाफ नर्स, एचए, फार्मेसीको प्रवेश परीक्षा शनिबार विराटनगरमा सम्पन्न भएको छ । परीक्षा दिनका लागि यहाँका आदर्श, जनता, जनपथ, पोखरिया, महेन्द्र र सरस्वती माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका थिए ।
मन्दिरबाट हराएकी बालिका मृत फेला
भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् ।
हराइरहेकी ३ वर्षीया बालिका मृत फेला
झापाको फरक-फरक स्थानमा एक बालिका सहित दुई जना मृत भेटिएका छन् । भद्रपुर नगरपालिका वडा नं. ९ प्रकाशपुरका सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला सोमबार अपराह्न मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पुलमा कार छाडेर डा. प्रज्जवल कोइराला सम्पर्कविहीन
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्जवल कोइराला सुनसरी र उदयपुरको सीमा भएर बग्ने सप्तकोशीको पुलमा आफ्नो सवारी साधन छोडेर सम्पर्कविहीन हुनुभएको छ ।
रोग लागेपछि उत्तरी मोरङमा घट्यो अलैँची उत्पादन
उत्तरी मोरङका किसानलाई यतिबेला अलैँची भित्र्याउने चटारो छ । गत वर्षभन्दा यो वर्ष दोब्बर मूल्य बढे पनि उत्पादन स्थिर रहँदा किसानको मुहार खासै उज्यालो छैन ।
सभापोखरीमा दर्शनार्थीको भिड
पूर्वको गोसाईंकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकीयस्थल सभापाखरीमा दर्शनार्थीको भिड बढेको छ । पोखरीमा नागपञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनको भिड हुनेगरेको छ ।
बजेट खर्च गर्नबाट कोशी प्रदेश सरकार वञ्चित
कोशी प्रदेश सरकारले सरकारी कोषबाट बजेट खर्च गर्न नपाउने भएकाे छ ।
राजनीतिले देश अस्तव्यस्त : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिका कारण धरान मात्र नभइ अहिले देश नै अस्तव्यस्त रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र १ ले चलाएको एक महिने ‘ग्रिन एण्ड क्लिन धरान’ अभियानको समापन कार्यक्रममा आज यहाँ उहाँले सो कुरा बताउनुभएको हो ।
पाथीभराको भेटी सात करोड अठासी लाख मौज्दात
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी रकम सात करोड अठासी लाख रुपियाँ बढी मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म सङ्कलन भएको भेटीमध्ये उक्त रकम बराबर मौज्दात रहेको हो ।
वराहक्षेत्रलाई समृद्ध नगर बनाउँछौँ
वराहक्षेत्र नगरपालिका सुनसरी जिल्लाकै कान्छो नगरपालिका हो । स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसबमोजिम २०७३ सालमा स्थापना भएको यस नगरपालिकाको नाम प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र दे
न्यायिक समितिको कार्य प्रभावकारी : गुरुङ
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्थानीय तहको न्यायिक समितिको कार्य सम्पादनमा एकरूपता ल्याउनका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । स्थानीयस्तरमा रहेका न्यायिक समितिबाट न्याय सम्पादन प्रभावकारी भएको बताउँदै उहाँले एकरूपता नभएका कारण समस्या देखिएको बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।
फलफूल खेतीमा रमाउँदै अर्जुन
वराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले विगत चार वर्षदेखि ‘विष्ट कृषि फार्म’ खोलेर फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । नेपाल प्रहरीमा १७ वर्षे जागिरे जीवन बिताएर घर फर्किएका विष्टले गाउँमै फलफूल खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको हो ।
तेह्रथुममा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया सविन लिम्बु र सोही स्थानका २९ वर्षीया संगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी प्रहरी निरीक्षक विद्यासागर मेहताले जानकारी दिनुभयो ।
टिप्ताला नाका भदौदेखि खुल्ने
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलास्थित टिप्ताला नाका भदौ २४ गतेदेखि खुल्ने भएको छ । कोभिड-१९ महामारीसँगै बन्द भएको नेपाल-चीन नाका करिब चार वर्षपछि खुल्ने भएको हो ।
साम्प्रदायिकता मच्चाउन खोज्नेहरूबाट होसियार बनौँ–ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विभिन्न प्रकारका साम्प्रदायिकता मच्चाउन खोजिएको भन्दै यसमा सचेत हुन आग्रह गर्नु भएको छ । उहाँले सबै प्रकारको विभेद र असमानताको अन्त्यको पक्षमा आफू र पार्टी रहेको जनाउँदै अशान्ति नमच्चाउन आग्रह गर्नुभयो ।
कोशीमा पानीको बहाव उच्च
सप्तकोशी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि सप्तकोशी ब्यारेजको ५६ ढोका खोलिएको हो । पहाडी क्षेत्रमा वर्षा भएसँगै शुव्रmबार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । शुव्रmबार साँझ तीन लाख ८० हजार ८१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो । कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राति १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिबार बिहान ६ बजे तीन लाख ८३ हजार ८०५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।
निषेधाज्ञाले धरान सुनसान
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आदेशको पालना गर्दै धरान सुनसान अवस्थामा रहेको छ।
तर्साउन खोज्दैमा म तर्सिर्ने मान्छे होइन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वको विरोध गर्न आफू नछाड्ने बताउनुभएको छ। उहाँले झापाको गिरी बन्धु टि–स्टेटको विषयमा आफूलाई मुछ्दैमा केही फरक नपर्ने बताउदै गल्ती नगरेको र नबिराएको जनाउनुभयो।