कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सुनुवाइ हुँदै छ । यो मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।
सार्वजनिक सुनुवाइ सम्पन्न
हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।
नौबाट सुरु, पुजिए नौ हजार
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा नौ हजार कन्याको पूजा गरिएको छ । यो १२१ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो ।
'स्मार्ट सिटी' सम्भाव्यताको अध्ययन सम्पन्न
वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र महेन्द्रनगरमा उच्चस्तरीय प्राविधिक टोलीले 'स्मार्ट सिटी' सम्भाव्यताको स्थलगत अध्ययनको काम सम्पन्न गरेको छ ।
धान उत्पादनमा किसानलाई जोड्दै आरजु राइस मिल
मोरङको बेलबारी –९ पोखरियामा दैनिक ९० टन चामल उत्पादन गर्नसक्ने क्षमताको अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) सञ्चालनमा आएको छ ।
किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउँछौँ : परराष्ट्रमन्त्री साउद
पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताउनुभएको छ ।
सरकारी दमक अस्पतालमा थाइराइडको अप्रेसन
झापाको दमकमा सरकारी दमक अस्पतालमा पहिलो पटक थाइराइडको सफल अप्रेसन भएको छ । अस्पतालका घाँटी रोग विशेषज्ञ डा. अरुण सापकोटा सहितको टिमले यो अप्रेसन गरेको दमक अस्पतालकी सूचना अधिकारी देवी दङ्गालले बताउनुभएको हो ।
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधारणलाई खेल हेर्न प्रवेश शुल्कबापतको टिकटबाट सो रकम सङ्कलन भएको हो ।
चिया अनुसन्धान केन्द्र निर्माण
देशकै पहिलो टी टेस्टिङसहितको अनुसन्धान केन्द्र इलामको कन्याममा निर्माण भएको छ । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माण भएको हो ।
बेपत्ता डाक्टर कोइरालाको शव भेटियो
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको छ ।
प्रविधि नहुँदा सनपाट खेतीमा समस्या
सनपाट खेतीमा आधुनिक प्रविधि नभित्रिँदा किसानले ठुलो सास्ती खेप्नु परिरहेको छ । मोरङमा पछिल्लो पाँच वर्ष यता सनपाट खेती हुने क्षेत्रफल बढे पनि उत्पादन खासै सन्तोषजनक छैन । हरेक वर्ष किसानले बिक्रीगरेपछि
रेड हर्ष र जुट विकास फाइनल भिड्दै
बुधवार (आज) इलामको रेड हर्ष फुटबल क्लब र सुनसरीको जुट विकास फुटबल एकेडेमीबिच ताप्लेजुङ गोल्ड कपको उपाधि भिडन्त हुने भएको छ । सेमिफाइनल खेलमा विजयी हुँदै फाइनलमा पुगेका उक्त दुई टोलीबिच उपाधि भिडन्त हुने भएको हो ।
चार वर्ष बित्यो, अझै बनेन आवास
सङ्घीय सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न २०७६ सालमा मोरङको सुनवर्षी–८, कुरेलीमा निर्माण सुरु गरेका २० वटा घर अझै बनिसकेका छैनन् । घर नबनेपछि पक्की घरमा बस्ने सपना देखेका अति विपन्न
मौरी–भँवराको कमीले अलैँचीमा समस्या
सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ ।
वराहक्षेत्र नगरपालिकाले सप्तकोशी क्याम्पसलाई बस दिने
वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा रहेको एक मात्र क्याम्पस सप्तकोशी बहुमुखी क्याम्पसलाई कलेज बस उपलब्ध गराउने भएको छ ।
पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह
जिल्लामा रहेका पर्यटकीय सम्पदाहरूको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा जोड दिएका छन् ।
माटोको भाँडा बनाउन भ्याइनभ्याई
चौठीचान्द अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारहरूलाई यतिबेला भ्याइनभ्याई छ ।
विपन्न परिवारलाई सुरक्षित आवास अझै बनेनन्
सङ्घीय सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न २०७६ सालमा मोरङको सुनवर्षी-८ कुरेलीमा निर्माण सुरु गरेका २० वटा घर अझै बनेका छैनन्।
'टी टेस्टिङ' अनुसन्धान केन्द्र निर्माण
विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा कन्याममा 'टी टेस्टिङ्' सहितको अनुसन्धान केन्द्र निर्माण कार्य सम्पन्न भएको हो ।
कर्मचारीकाे विराेधमा वडाध्यक्षहरू आन्दोलित
झापाको मेचीनगर नगरपालिकाका कर्मचारीविरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । वरियताको विषयमा कर्मचारीहरूबिच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्ष सहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रेको पाइएको हो ।
गत वर्ष पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन
प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो ।
एकतर्फी पार्किङ प्रभावकारी
दमकको मुख्य चोक तथा बजार क्षेत्रमा सडकको एकतर्फी पार्किङ प्रभावकारी बनेको छ । सहरीकरणका कारण पार्किङ समस्या भएपछि नगरपालिकाले महिनाको आधा समय एकतर्फी र अर्को आधा समय अर्कोतर्फ पार्किङ गर्ने निर्णय गरेर भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको छ ।
समयमै गौरवका आयोजना सम्पन्न
प्रदेशको गौरव आयोजनाका रूपमा हेरिएको सुरुङ्गा झापा अमरपथ सडकखण्ड अन्तर्गतको सुरुङ्गा चप्रामारी सडकखण्ड निर्धारित समय सीमाभन्दा अघि नै निर्माण सम्पन्न भएको छ ।
इटहरी फाइनलमा
जुट विकास फुटबल एकेडेमी सुनसरीको इटहरी ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा मोरङको पथरी–११ फुटबल क्लबलाई ट्राई बेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो ।