नेम्वाङको निधनपछि इलाममा शोक बिदा
संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलबार) शोक बिदा दिएको छ ।
नेम्वाङको निधनप्रति अध्यक्ष ओली भावुक, ‘सुवासजी मेरो सुख दुःखको साथी’
नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति अध्यक्ष केपी शर्मा ओलीले भावुक हुँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
साठी छोराछोरीकी एक्ली आमा
उनीहरूलाई न दसैँ आउँछ न तिहार, सानातिना पर्व त वर्षभरि कति आउँछन्, जान्छन्; वास्तै हुँदैन । ती पर्वले न उनीहरूलाई जगाउँछ, न त आफन्तसँग जोड्छ । पुराण, अनुष्ठान, पूजा सहरभरि भइरहन्छन् तर कसैले खबर गर्दैनन् ।
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो ।
चार्जिङ स्टेसनले सहज
मोरङको बेलबारी–३ का गोपीराज राई विराटनगर–काँकडभिट्टा रुटमा यात्रुवाहक सवारी सञ्चालन गर्नुहुन्छ । गाडीको मालिक र चालकसमेत रहेका राई विराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउनुहुन्छ । देशभर र कोशी प्रदेशका मुख्य मुख्य स्थानमा चार्जिङ स्टेसन निर्माण अन्तिम प्रव्रिmयामा पुगेपछि चार महिनाअगाडि राईले ४५ लाख मूल्यमा विद्युतीय यात्रुवाहक सवारी खरिद गर्नुभएको हो ।
अस्ताए सुवास : प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा
संविधान लेखनमा अतुलनीय योगदान पुराउनु भएका संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुग्नु भएको छ ।
संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।
गौहत्या नियन्त्रणको माग गर्दै सद्भाव र्याली
धार्मिक सहिष्णुता कायम राख्दै गौहत्या र गौतस्करीको नियन्त्रणको मागसहित झापाको दमकमा शान्तिपूर्ण सद्भाव र्याली प्रदर्शन गरिएको छ । ओमकार परिवारको नाममा आइतबार अपरान्ह दमक र्याली ले नगर परिक्रमा गरेको थियो ।
इखाबुका पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
देशबाहिर रहेका लाखौँ युवाको भविष्य खोज्दैछु : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।
पथरीशनिश्चरे प्रिमियर लिगको अक्सनमा २३२ खेलाडी
चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अक्सनका लागि २३२ खेलाडी दर्ता भएका छन् । विभिन्न ३ ‘क्याटोगरी’ मा खेलाडी दर्ता भएका हुन् ।
वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबिचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ ।
ताप्लेजुङ अस्पतालको आइसियु उपकरण प्रयोगविहीन
कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसियु) का लागि व्यवस्थापन गरिएको उपकरण प्रयोगविहीन छन् ।
इटहरीमा एम्बुलेन्स र शव वाहन निःशुल्क
इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका नागरिकको लागि एम्बुलेन्स र शव वाहन सेवा निःशुल्क गरेको छ ।
आफैँले बोकेको झोला पासो लागेर वृद्धको मृत्यु
आफैँले बोकेको झोला पासो लागेर वृद्धको ज्यान गएको छ । जिल्लाको लिखु गाउँपालिका-६ रातेडाँडाका ६४ वर्षीय कुलबहादुर सुराली मगरको आफैँले बोकेको झोला बेरिएर ज्यान गएको हो ।
देश र जनताको निस्वार्थ सेवामा नेपाली सेना
नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज बैदवारले मुलुकलाई आवश्यक परेको बखत आफ्नो ज्यानको समेत प्रवाह नगरी देश र जनताको निस्वार्थ सेवा गर्न नेपाली सेना कहिल्यै पछि नपर्ने बताउनुभएको ।
मोर्चा कांग्रेससँग साझेदारी गर्दै अगाडि बढ्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा नेपालले नेपाली कांग्रेससँग साझेदारी गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
आज समाजवादी मोर्चाको सन्देश सभा विराटनगरमा
समाजवादी मोर्चा नेपालले आज विराटनगरमा सन्देश सभा आयोजना गर्ने भएको छ । समाजवादी मोर्चा गठन गरेपछि त्यसको सन्देश सबै प्रदेशमा दिने उद्देश्यले पाँच प्रदेशमा सन्देश सभा आयोजना गरेको मोर्चाले विराटनगरबाट सन्देश सभा समापन गर्नेछ ।
ज्येष्ठ नागरिकको सामूहिक सम्मान
पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ का ९२ जना ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको छ ।
सुनसान कटारी बजार
तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नुन तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार ।
गलत पार्किङ गरिएका मोटरसाइकलको हेलमेट नगरपालिकामा
दमक नगरपालिकाले सुरु गरेको एकतर्फी पार्किङको पालना नगर्ने तथा गलत तोकिएभन्दा फरक ठाउँमा पार्किङ गरिएका मोटरसाइकलका हेलमेट नगरपालिकाले नियन्त्रणमा लिन थालेको छ ।
नगरको समग्र विकासमा लागेका छौँ
इलाम नगरपालिका पुराना नगरपालिकामध्ये एक हो । कुल १७३.३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस नगरपालिकाको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिकासँग जोडिएको छ ।
कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री कार्की अस्वस्थ
बिरामी हुँदाहुँदै शुक्रवार अस्पतालको बेडबाट शपथ खान झापाको बिर्तामोडबाट विराटनगर पुग्नु भएका कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण आयोजना गरिएको छ । हाल देशभर आँखा पाक्ने रोगले नागरिकलाई सताइरहेका बेला मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागितामा अभिमुखीकरण आयोजना गरिएको हो ।