• ६ जेठ २०८१, आइतबार

अस्ताए सुवास : प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा

blog

अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू । तस्बिर : राजन काफ्ले

काठमाडौं, भदौ २६ गते । संविधान लेखनमा अतुलनीय योगदान पुराउनु भएका संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुग्नु भएको छ । 

अहिले अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पुग्नु भएको छ । संविधानविद एवम् कुशल राजनीतिज्ञ सुवासको हृदयाघातबाट निधन भएको हो । 

को हुन् सुवास ? 

संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।

नेम्वाङका निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याउनुभयो । नेम्वाङ जम्मा ११४ मतको अन्तरले खड्कालाई पराजित गर्नुभयो । 

नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बन्नुभएको थियो । यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नं. २ बाटै विजयी हुनुभएको थियो । २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बन्नुभएको थियो । 

 संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बन्नुभएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्रीसमेत हुनुभयो । सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत हुनुभएको थियो । 

यो पनि पढ्नुहोस

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।