पशुपालक कृषकलाई चार करोड अनुदान
धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरूले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीहरूले उक्त अनुदान पाएका हुन् ।
मैवाखोलालाई खोज तथा उद्धार सामग्री प्रदान
ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई विपतमा प्रयोग हुने खोज तथा उद्धारका सामग्री प्राप्त भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धारको कार्यमा प्रयोग हुने आवश्यक सामग्री मैवाखोला गाउँपालिकालाई प्रदान गरेको हो ।
देशमा हिंसा भड्काउने काम भइरहेको छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशमा हिंसा भड्काउने काम भइरहेको बताउनुभएको छ ।
बालबालिकाको पोषण लेखाजोखा गर्न स्वास्थ्य शिविर
विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सुरु गरेको छ । विराटनगरका सबै वडामा क्रमशः शिविर सञ्चालन गरेर पाँच वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा गरिने भएको हो ।
कोशी सरकारका लागि अन्तरपार्टी छलफल जारी छ : मन्त्री कार्की
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रसहित दलबीच अन्तरपार्टी छलफल चलिरहेको बताउनुभएको छ ।
रकम फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलित
आफूले बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलित भएका छन् ।
एमालेमा कोशी प्रदेश अधिवेशनको चहलपहल
कोशी प्रदेशमा बलियो उपस्थिति जनाउँदै आएको नेकपा (एमाले) प्रदेश अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम
भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।
किसानलाई अलैँची टिप्न भ्याइनभ्याई
ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई भएको छ । जिल्लाकै प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची पाक्न थालेपछि किसानलाई टिप्न भ्याइनभ्याई भएको हो ।
आठ लाख राशिको बेलबारी गोल्डकप असोज २८ गतेदेखि हुने
डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।
पहाडी जिल्लामा समेत डेंगुको संक्रमण बढ्दै
पाँचथरको सदरमुकाम रहेको फिदिम नगरपालिकामा मात्रै दुई सय ५१ जना नागरिकलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
जातीय संग्रहालयले तान्न सकेनन् पर्यटक
पर्यटक आकर्षित गर्न धनकुटाकामा बिभिन्न जातजातीको कलासंस्कृति संग्रहगरी एक संग्रहालय निर्माण गरिएको छ । बिसं. २०३९ सालमा निर्माण गरी २०५१ बाट सर्बसाधारणका लागि अवलोकन खुला गरिए पनि यसले पर्यटक तान्न भने सकेको छैन ।
पाथीभरा मन्दिरको ८८ लाख भेटी हरायो
इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो ।
१५ लाख नक्कली नोटसहित दुई पक्राउ
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
तमोर हाइड्रोपावरद्वारा सर्वसाधारणलाई सचेत रहन आग्रह
ताप्लेजुङस्थित निर्माणाधीन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तमोर नदीमा पानीको बहाव घटबढ हुन सक्नेभन्दै सचेत रहन आग्रह गरेको छ।
प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम
जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरेकाे छ । प्रहरीको कामलाई प्रभावकारी बनाउन र अनुसन्धानलाई थप सुक्ष्म र नविनतालाई सुव्यवस्थित गर्न कार्यक्रम आयोजना गरेको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।
रामधुनी मन्दिरले बाँदर र परेवाको संरक्षण गर्ने
रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले मन्दिर क्षेत्रमा रहेका बाँदर र परेवालाई संरक्षण गर्न लागेको हो ।
अति विपन्न परिवारलाई नयाँ घर
संविधान दिवसको अवसर पारेर मोरङको कानेपोखरी गाउँपालिकाले थप आठ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गरेको छ । पालिकाले गत वर्ष संविधान दिवसकै अवसर पारेर छ परिवारलाई सुरक्षित आवास प्रदान गरेको थियो ।
आलु उत्पादन बढ्यो
ताप्लेजुङमा एकै वर्ष ५५ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको छ । गएको वर्ष यहाँका किसानले लगाएको आलु खेतीबाट कुल ५५ हजार २७९ मेट्रिक टन उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र
पहिरो पीडितलाई ग्यास सिलिण्डर र चुल्हो वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको छ।
फुङ्लिङ भेट्रान्स दौडमा गणेशबाबु प्रथम
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आयोजित भेट्रान्स अर्थात् ४० वर्षमाथि उमेर समूहको दौड प्रतियोगितामा पुरुषतर्फ गणेशबाबु निरौला प्रथम हुनुभएको छ ।
गोरखाका श्रेष्ठ र जुम्लाकी न्यौपानेलाई उर्लाबारी रन उपाधि
छैटौं संस्करणको उर्लाबारी रन २०८० को उपाधि गोरखाका सञ्जय श्रेष्ठले जित्नु भएको छ । सामूदायिक विकास मञ्च उर्लाबारी मोरङले आयोजना गरेको उर्लाबारी रनका लागि तय भएको १० किलोमिटर दुरी श्रेष्ठले ३१ मिनेट ५४ सेकेन्डमा पुरा गरी जित्नु भएको हो ।
फिदिम खेल मैदानको निर्माण सकियो
पाँचथर सदरमुकाम फिदिमको खेल मैदान निर्माणको काम सकिएको छ । ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अलपत्र परेको खेल मैदान स्तरोन्नतिको काम अगाडी बढाउन फिदिम नगरपालिकाले दबाब दिएसँगै फुटबल खेल्न सक्ने अवस्थामा पुगेको हो ।
सामुदायिक विद्यालयका पठनपाठन प्रभावित
सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलन गर्न काठमाडौंमा केन्द्रित भएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो ।