दुई दशकपछि खाल्सामा कालोपत्र
शिलान्यास भएको २१ वर्षपछि धनकुटाको शहीदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो ।
पालिकाले बाँड्यो मकैको बीउ
विराटनगर महानगरपालिकाले कृषकहरूलाई अनुदानमा मकैको बीउ र जिङ्क वितरण गरेको छ। महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो। महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रम आयोजना गरी हाइब्रिड मकैको बीउ र जिङ्क वितरण गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समूह र सहकारीका प्रतिनिधिलाई बीउ हस्तान्तरण गर्नुभयो।
उत्पादनको बिक्री सहज नहुँदा किसान आन्दोलनमा
सुनसरीका किसान आफूले उत्पादन गरेको अन्न, तरकारीलगायत बिक्रीमा प्रहरी प्रशासन र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका छन्। जिल्ला सदरमुकाम इनरुवाको रामजानकी थोक बजारबाट बिक्री गरेको र बाहिर जिल्लामा लैजाने क्रममा प्रहरी र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका हुन्। एउटा जिल्लाबाट अर्को जिल्लामा लैजाँदा अनलाइन बिलको खोजी गर्ने प्रहरी र भन्सारले तरकारी जफत गरी दुःख दिएको भन्दै आन्दोलनमा उत्रेको बताइएको छ।
बाख्रा पालनले गुजारा चलाउने गाउँ सहिदभूमि
धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं १ सफाइ टारका किसान सोमनाथ खड्काले खोर भरी खरी, जमुना पारी र बोयर जातका बोका बाख्रा पाल्नु भएको छ । आम्दानीको अन्य विकल्प नदेखे पछि बाख्रा पालनमा लाग्नुभएको खड्काले वार्षिक बाख्राबाट मात्रै ५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।
तस्करी रोक्न सहयोग माग
विराटनगर भन्सार कार्यालयले अवैध चोरी पैठारी नियन्त्रणमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरेको छ । विराटनगर महानगरपालिकाका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि भन्सार कार्यालयले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सहयोग मागेको हो । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति प्रयोग हुने गरिएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार आइतबार राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सीमा क्षेत्रसँग जोडिएका विराटनगर महानगरपालिका वडा नं. १५, १६, १७ र १८ का वडाध्यक्षसँग सुझाव र राय माग्दै सहयोग खोजिएको हो ।
जन्मदिनमा ६० विद्यार्थीलाई न्यानो कपडा
जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।
सान्थाक्रामा प्रसूति केन्द्र सञ्चालन
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –२ सान्थाक्रामा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । सान्थाक्रा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएसँगै प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको हो ।
रामधुनीको सार्वजनिक सुनुवाइ : विकास आयोजनामा जोड दिन सुझाव
सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका स्थापना भएको करिब नौ वर्षपछि आफ्नै प्रशासकीय भवन निर्माण भएको हो ।
फिदिम नगरपालिकमा जग्गा वर्गीकरण
भूमिको सुरक्षित र दिगो व्यवस्थापन गर्ने राष्ट्रिय लक्ष्यअनुसार पाँचथर फिदिम नगरपालिकाको जग्गा वर्गीकरण गरिएको छ ।
उषा राई प्रकरणमा मानव अधिकारकर्मीको चासो
सुनसरीको धरान उपमहानगरपालिका–१३ की ३७ वर्षीया एकल महिला उषा राईको हत्या प्रकरणका बारेमा मानव अधिकारकर्मीले चासो देखाएका छन्। धरानमा सिलाइकटाइ गर्दै आफ्ना दुई छोरीको शिक्षादीक्षा र डेराघरको भाडा तिर्दै बस्नुभएकी राईको हत्याको विषयमा अधिकारकर्मीले चासो देखाएका हुन्।
सङ्गीतमा रमाउँछन् बालबालिका
बालबालिकामा सिर्जनशील सिकाइको विकास गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–५ को तीनतले गाउँलगायत विभिन्न तीन स्थानमा सङ्गीत केन्द्र सञ्चालनमा ल्याइएको छ। कुनै पनि बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप र सिर्जनशील सिकाइको समेत आवश्यकता हुने हुँदा कटारी नगरपालिकाको तीनतले, कटारी बजार र त्रियुगा नगरपालिका–१२ को पुरानो गाईघाटमा छुट्टाछुट्टै सङ्गीत केन्द सञ्चालनमा ल्याइएको प्रशिक्षक शैलेन्द्र खतिवडाले बताउनुभयो। सानैदेखि रुचिअनुरूपको विधामा बालबालिकालाई सक्रिय बनाउन सकियो भने त्यसले उनीहरूको शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक र संवेगात्मक
छात्रावासले दुर्गमका विद्यार्थीलाई राहत
ताप्लेजुङको दुर्गम हिमाली क्षेत्रमा रहेको एक विद्यालयमा छात्रावास सञ्चालनमा आएपछि विद्यार्थीलाई राहत पुगेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा छात्रावास निर्माणसँगै सञ्चालनमा आएपछि विद्यार्थीलाई राहत पुगेको हो ।
प्रहरीको मिलेमतोमा तस्करी भएको आरोप
प्रहरीको सेटिङमा तस्करी मौलाएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन विराटनगर भन्सार कार्यालयले आग्रह गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले चोरी पैठारी नियन्त्रणमा प्रहरीले असहयोग गरेको भन्दै भन्सार विभाग र अर्थ मन्त्रालयसँग सुरक्षा सहयोग माग गर्नुभएको हो । मोरङका प्रमुख अधिकारी काशीराज दाहालले घटनाबारे आइतबार थाहा पाएको जानकारी दिनुभयो । यो घटनालगायतका विषयमा छलफल गर्न आइतबार नै राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको बताउँदै दाहालले दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दसगजाका होटल बन्द गर्न निर्देशन
विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दसगजामा पर्ने चारवटा होटल बन्द गर्न वडा कार्यालयले निर्देशन दिएको छ । स्थानीयको मागअनुसार विराटनगर महानगरपालिका–१७ का वडाध्यक्ष समिम कमरले दसगजा क्षेत्रमा रहेका मदिरा बिक्री गर्ने होटल बन्द वा स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो । वडा समितिको मङ्सिर २० गते बसेको बैठकले दसगजा क्षेत्रमा रहेका होटलका कारण अपराध बढेको भन्दै पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिने निर्णय गरिएको छ । यसबारे सम्बन्धित होटल सञ्चालकलाई जानकारी गराइएको छ ।
भरुवा बन्दुकसहित पक्राउ
ताप्लेजुङमा आफ्नै दाजुलाई भरुवा बन्दुक प्रहार गरी हत्याको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको वैताङ्गु बस्ने ४१ वर्षीय कुमार लिम्बूलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।
झापा मोरङ सन्थाल क्लबलाई सन्थाल कप उपाधि
प्रथम सन्थाल कप फुटबल प्रतियोगिताको उपाधि आयोजक झापा मोरङ सन्थाल फुटबल क्लबले हात पारेको छ ।
डेढ दर्जन करणीका घटना
ताप्लेजुङमा एक वर्षको अवधिमा करिब डेढ दर्जन करणीसम्बन्धी घटना भएका छन्। जबरजस्ती करणी, बाल यौन दुव्र्यबहार, बालबालिका करणी (बालबिज्याइँ) करणीसम्बन्धी घटना भएका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा सन् २०२२ भित्र करणीसहित २० वटा मानव अधिकारसँग सम्बन्धित घटना भएका छन्। करणीसम्बन्धी घटना सबैभन्दा बढी भएको इन्सेक ताप्लेजुङका प्रतिनिधि देवराज गुरुङले जानकारी दिनुभयो।
‘महिला अधिकारः मानवअधिकार’ विशेष अभियान प्रारम्भ
मानवअधिकार तथा शान्ति समाजले ‘महिला अधिकारः मानवअधिकार’ भन्ने उद्घोषसहित विशेष अभियान प्रारम्भ गरेको छ ।
सुकुम्बासीलाई धनीपुर्जा
झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो ।
न्यायको खोजीमा भौँतारिँदै गर्भवती
झापाको दमक–९ की ३५ वर्षीया गर्भवती कविता बस्नेत यतिबेला न्यायका लागि दौडिरहनुभएको छ। वैदेशिक रोजगारमा जानुपूर्व दिइने स्वास्थ्य परीक्षणको रिपोर्ट गलत दिएपछि बस्नेत दुबईमा पाँच दिन काम गरेर फर्किनुभएको हो। उहाँले झापाको दमकमा रहेको बुद्ध डायनोस्टिक एन्ड मेडिको प्रालिबाट स्वास्थ्य परीक्षण गराउनुभएको थियो।
धनकुटामा बढ्दै मानव अधिकार उल्लङ्घनका घटना
धनकुटामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
टोलटोलमै न्याय सम्पादन
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको न्यायिक समितिले टोलटोलमै पुगेर न्याय सम्पादन गर्न थालेको छ। गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक बीना राईको नेतृत्वको टोलीले चालू आर्थिक वर्षमा पाँचवटा उजुरी यथास्थानमै पुगेर न्याय सम्पादनको काम गरेका हो। न्यायिक समितिमा परेको उजुरीमा वादी–प्रतिवादी दुवैलाई गाउँपालिका झिकाइ दर्जनाँै पटक छलफल गराइन्थ्यो तर पछिल्लो समय न्यायिक समिति आफैँ उजुरीकर्ताको घरमा पुग्दा स्थानीयले खुसी व्यक्त गरेका छन्।
हलेसी मन्दिरमा सीसी क्यामरा जडान
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानस्थित त्रि–धार्मिक स्थल हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामरा जडान गरिएको छ। मन्दिरको सुरक्षाका र आपराधिक क्रियाकलाप हुन नदिन पुनः क्यामरा जडान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो। पहिले जडान गरिएको क्यामरा चट्याङले बिगारेपछि एक वर्ष हलेसी मन्दिर सीसी क्यामराविहीन बनेको थियो। क्यामरा नहुँदा मन्दिरको भेटीलगायत विभिन्न सामान हराएपछि मेयर राईको निर्देशनमा पुनः जडान गरिएको नगर प्रवक्ता एवं वडाध्यक्ष कमल गिरीले बताउनुभयो।