• १७ वैशाख २०८२, बुधबार

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग

blog

नागढुङ्ग सिस्ने खोलास्थित सुरुङमार्ग जोड्न सडक निर्माणको काम अन्तिम चरणमा । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, वैशाख १७ गते । नागढुङ्गा सिस्ने खोलास्थित सुरुङमार्ग जोड्न सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २.६८ कि.मी सो सुरुङमार्ग जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको हो ।

यसको काम ४२ महिनाभित्र सक्नेगरी २०७६ कात्तिक ४ गतेबाट निर्माण थालिएको थियो । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि २०८१ वैशाख १३ गतेसम्म म्याद थपियो, तर काम नसकिएपछि २०८२ असोजसम्म म्याद थपिएको छ ।

आपतकालीन र मुख्य सुरुङ छुट्टाछुट्टै निर्माण गरिएको छ । आपतकालीन सुरुङको दूरी दुई हजार पाँच सय ५७ मिटर र मुख्य सुरुङको दूरी दुई हजार ६ सय ८८ मिटर छ ।

सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपियाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपियाँ लगानी छ ।