प्रशासकीय अधिकृत पोख्रेललाई हाजिर गर्न रोक
इलामको माईजोगमाई गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ ।
अकबरे खेतीप्रति किसान आकर्षित
ताप्लेजुङका किसान पछिल्लो समय अकबरे खुर्सानी खेतीमा आकर्षित हुन थालेका छन् । कम मेहनत र परिश्रमबाटै राम्रो उत्पादन गर्न सकिने भएपछि जिल्लाका किसान अकबरे खेतीमा आकर्षित हुँदैगएका हुन् ।
अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित
गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।
अरुण तेस्रो विद्युत्गृहको काम ठप्प
देशकै महत्त्वपूर्ण आयोजनाका रूपमा लिइएको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम रोकिएको एक हप्ता नाघेको छ । विद्युत्गृह प्रवेश मार्गका नागरिकले जग्गाको मुआब्जा नपाएको भन्दै भदौ १६ देखि प्रवेश मार्गमा सवारी आवागमन र निर्माण कार्य बन्द गरेका हुन् ।
एमाले पहिचान विरोधी पार्टी होइन : पूर्वसभामुख नेम्वाङ
नेकपा (एमालें) का उपाध्यक्ष तथा पूर्व सभामुख एवम संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले पहिचान विरोधी पार्टी नभएको बताउनुभएको छ । धरानमा शनिबारदेखि शुरु भएको दुई दिने राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।
कोशीमा पुनः बजेट सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय
कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापाको कमल गाउँपालिका –३ बगानेटोल क्याम्पा सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । शनिवार विहान ११ बजेतिर मे २ प ५९२३ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
नेतृत्वको निषेधात्मक व्यवहारले कम्युनिस्ट विभाजित
नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी भट्टराईले नेतृत्वको निषेधात्मक व्यवहारका कारण नेपालमा कम्युनिस्ट विभाजित भएका बताउनुभएको छ ।
धरानमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
धरान उपमहानगरपालिका वडा नं. १३ स्थित जिरोपोइन्टमा बसले स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएको छ ।
मनाइयो दधिकाद पर्व
नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले बर्सेनि मनाउँदै आएको परम्परागत दधिकाद पर्व यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । राजवंशी, गन्गाई, ताजपुरिया जातिले बिहीबार झापामा दधिकाद पर्व मनाएका हुन् ।
हात्तीले भत्कायो जङ्गेपिल्लर
मेचीनगरस्थित वडा नं. ४ मा नेपाल–भारत सिमानाको जङ्गेपिल्लर हात्तीले भत्काइदिएको छ । आले टुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बर जङ्गेपिल्लर हात्तीले भत्काएको हो । वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सीमामा हात्ती नियन्त्रणका लागि खटिएको -यापिड रेस्पोन्स टिम (आरआरटी) ले पिल्लर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेका छन् । हात्तीले जङ्गेपिल्लर पूर्ण रूपमा भत्काएर क्षति पु-याएको छ ।
अनैतिक क्रियाकलाप गर्ने प्रशासकीय अधिकृतलाई कारबाही गर्न सिफारिस
इलामको माइजोगमाई गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज (शुक्रबार) कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ ।
कोशीमा एक वर्षमा चौथो पटक मुख्यमन्त्री नियुक्तिको तयारी
प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सभामा ठूलो दलको हैसियतमा रहेको नेकपा (एमाले) संसदीय दलका नेतालाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्ने तयारी थाल्नुभएको छ ।
ओखलढुङ्गामा कांग्रेसको 'वडा सम्मेलन' सुरु
नेपाली कांग्रेस ओखलढुङ्गाले जिल्लाव्यापी ‘वडा सम्मेलन’ सुरु गरेको छ ।
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमाथि ढुङ्गामुढा प्रहार भएको छ । नेपाली काँग्रेससम्वद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ ।
नेपाल–भारत सीमाको जङ्गेपिलर हात्तीले भत्कायो
झापाको मेचीनगरस्थित वडा ४ मा नेपाल–भारत सीमाको जङ्गेपिलर हात्तीले भत्काएको छ । आलेटुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बरको जङ्गेपिलर हात्तीले भत्काएको हो ।
प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताका विजेता सभापोखरी टिम
दमक नगरपालिकाले आयोजना गरेको कोशी प्रदेशस्तरीय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरी भलिबल टिमले जितेको छ।
हिन्दु राष्ट्र अपरिहार्य : लिङ्देन
धरान उपमहानगरपालिका वडा नम्बर ६ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार बनेर वडा
राधाकृष्ण रथयात्राको उल्लास
श्रीकृष्ण जन्माष्टमीका अवसरमा हरेक वर्ष भव्यताका साथ आयोजना हुने रथयात्रा यस वर्ष पनि उल्लासका साथ सम्पन्न भएको छ । बिहानैदेखि विराटनगरका बस्तीमा झाँकीहरू प्रदर्शन गरेर रथयात्रालाई थप उल्लासमय बनाउँदै दिउँसो ३ः३० बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा आरम्भ गरिएको थियो । रथयात्रामा सहभागी हुन विगतमा जस्तै यस पटक पनि हजारौँ श्रद्धालु भक्तजन विराटनगरको सडकमा उपस्थित भएका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त हुनुभएको छ । बिहीबार सर्वोच्च अदालतले उहाँलाई पदमुक्त गर्दै ४८ घण्टाभित्र नयाँ सरकार बनाउन प्रदेश प्रमुखलाई सर्वोच्च अदालतले परमादेश दिएको छ ।
भारत लैजाँदै गरेका पाँच महिलाको उद्धार
इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँच जना नेपाली महिलाको उद्धार गरिएको छ । देशका विभिन्न स्थानका पाँच जना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो ।
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
रामजानकी मन्दिर संरक्षणमा जोड
सुनसरीको प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिर संरक्षणको काम वडा कार्यालयको अगुवाइमा सुरु भएको छ । वराहक्षेत्र वडा १० प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिर चार दशक अगाडि स्थानीय माईराम चौधरीले स्थापना गर्नुभएको थियो ।