जनशक्ति थप गरी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराइने : स्वास्थ्यमन्त्री यादव
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताउनुभएको छ ।
बुटवललाई स्वास्थ्यको हब बनाउने स्वास्थ्यमन्त्री पुनको दाबी
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गर्नुभयो ।
सरकारद्वारा ६७८ जना गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार
सरकारले हालसम्म ६७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ ।
पत्रकार महासङ्घको स्वास्थ्य शिविरमा निःशुल्क उपचार
बाँकेको दुर्गम, पिछिडिएको र स्वास्थ्य सेवाको कम पहुँच भएको राप्तीसोनारी गाउँपालिकामा नेपाल पत्रकार महासंघ बाँकेले आयोजना गरेको निशुल्क स्वास्थ्य सिविरबाट तीन सय बढीले निशुल्क उपचार गराएका छन् ।
कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई कारबाही गर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ ।
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव
मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपनि अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ ।
आठ महिनामा १७ हजारलाई आयुर्वेद सेवा
तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२ लाई सेवा दिएको छ ।
गौर प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र
गौर प्रादेशिक अस्पतालका चिकित्सकहरुले शनिबार रक्तदान गरी रक्त सञ्चार केन्द्र सञ्चालन गरेका छन् । अस्पतालमा रहेको रक्त सञ्चार केन्द्र सञ्चालन गर्न उद्देश्यले गौर प्रादेशिक अस्पालका ५० जना स्वास्थ्यकर्मीले रक्तदान गरेका हुन् ।
विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान
आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
‘अटिजम हुने बच्चामा सञ्चारको समस्या’
पछिल्लो समय अटिजम भएका बच्चा जन्मिने दर बढ्दो छ। विश्वमा ३६ जना जन्मिएका बच्चामध्ये एक जना अटिष्टिक बच्चा जन्मिने चिकित्सकको भनाइ छ।
गुल्मीमा विद्यार्थीको दृष्टि परीक्षण अभियान
गुल्मीमा विद्यालय तहका विद्यार्थीहरूको दृष्टि परीक्षण गरिने भएको छ । जिल्ला समन्वय समिति र नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाको संयुक्त आयोजनामा तम्घासमा भएको एक कार्यक्रममा विद्यालय तहका विद्यार्थीको दृष्टि परीक्षण अभियान-२०८१ घोषणा गरिएको हो ।
मध्यविन्दु अस्पतालमा १२ घण्टा ओपिडी सेवा
नवलपुरको सदरमुकाम कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि बहिरङ्ग (ओपिडी) सेवा ८ घण्टा सञ्चालन हुने गरेको थियो । त्यसलाई बढाएर १२ घण्टा सञ्चालनमा आएको हो ।
सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
प्रतिनिधि सभा सदस्य तथा व्यवसायी डा.सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ ।
एकीकृत घुम्ती शिविरमा एक हजार बढीलाई सेवा
गुल्मीको काली गण्डकी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । यस गाउँपालिकाको वडा-७ भुर्तुङ्गस्थित दुर्गा भवन माध्यमिक विद्यालयमा एक दिन मात्र सञ्चालन गरिएको घुम्ती शिविरमा एक हजार ४४ जनाले सेवा लिएका हुन् ।
काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ ।
दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा
सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।
बिहीबार र शुक्रबार बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले बिहीबार र शुक्रबार पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ज्येष्ठ नागरिकको निःशुल्क उपचार
घोराहीमा रहेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट गत आठ महिनामा एक हजार बढी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो । स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई खुवाइने जानकारी दिनुभयो । यस्तै जुकाको औषधी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको उहाँले बताउनुभयो ।
‘औषधी महँगो हुँदा हिमोफिलिया बिरामी पहुँच बाहिर’
नेपालमा हिमोफिलिया ‘रक्तस्राव’ का बिरामीको अवस्था निकै दयनीय छ। नेपाल सरकारले हिमोफिलियाका बिरामीलाई आवश्यक औषधी उपलब्ध नगराउँदा बिरामीको अवस्था दयनीय बनेको हो।
अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा चार दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र अपि हिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीले चार दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
वायु प्रदूषणले बिरामी बढ्दै
पछिल्लो समय वायु प्रदूषणले बिरामीको सङ्ख्या बढ्न थालेको छ । प्रदूषणले गर्दा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, आँखा चिलाउने, पोल्ने समस्या लिएर आउने बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको नवलपुर जिल्ला अस्पतालले जनाएको छ ।
टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल
कैलालीको टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल भएको छ । ‘पोषणमैत्री स्थानीय शासन पालिका’ घोषणाका लागि भइरहेका योजना तथा कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो ।