स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन नेपालमा हुने
नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो ।
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो ।
नेपाल आँखा अस्पतालको ५० औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ । अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।
भेरी अस्पतालबाट एक लाखले लिए स्वास्थ्य सेवा
नेपालगन्जस्थित भेरी अस्पतालबाट बाँकेका ८ पालिकाका झण्डै एक लाख नागरिकले स्वास्थ्य सेवा लिएका छन् । गत वैशाखदेखि माघ महिनासम्म १० महिनाको समय अवधिमा उक्त सङ्ख्याका नागरिकले अस्पतालबाट स्वास्थ्य सेवा लिएका हुन् ।
अफ्रिकी मुलुक जानेले लगाउनैपर्ने खोप ‘एल्लो फिभर’
सरकारले अफ्रिकी मुलुकमा जाने मानिसलाई लक्षित गर्दै एल्लो फिभरविरुद्धको खोप प्रदान गर्दैआएको छ । खोप जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एल्लो फिभर विरुद्धको खोप लगाउन सकिन्छ ।
कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राख्नुभयो ।
नेपाल आँखा अस्पताल ५० वर्षमा : एक लाखको शल्यक्रिया
नेपाल आँखा अस्पतालमा आँखाको उपचार गराउनेको बिरामीको सङ्ख्या बढ्दै गएको छ।
स्वास्थ्य बिमा कार्यक्रम देशभर लागु
आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।
विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध
विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ । दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको हो ।
'सुशासन र समृद्धिका लागि स्वास्थ्यका कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
घातक हुन्छ प्यान्क्रियाजको क्यान्सर
मानव शरीरमा हुने प्यान्क्रियाजलाई भूमिकाको हिसाबले पाचन प्रणाली एवं ‘इन्डोक्राइन’ प्रणाली अन्तर्गत राखिएको छ । अर्थात् यो अङ्गको दोहोरो भूमिका छ । आमाशयको ठिक्क पछाडि रहने ग्रन्थियुक्त प्यान्क्रियाजलाई टाउको, जिउ र पुच्छरमा विभाजित गरिएको हुन्छ । यस अङ्गमा रहेको ‘आइलेट अफ ल्यान्गरहेन्स’ ले इन्सुलिन, ग्लुकागोन, सोमाटोस्टाटिन र प्यान्क्रियाटिक पोलिपेप्टाइडलगायतका हर्मोन उत्पादन गर्छ भने ‘एसिनर’ कोषले पाचन रस उत्पादन गर्ने गर्दछ ।
हिमोफिलियाका बिरामी उपचारको पहुँचबाहिर
नेपालमा रगतसम्बन्धी रोग हिमोफिलिया लागेका १६ प्रतिशत बिरामी उपचारको पहुँचमा छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चार हजार ९३७ जना हिमोफिलियाका बिरामी छन् । तीमध्ये ८४ प्रतिशत बिरामी उपचारका लागि अस्पतालसम्म आउन सकेका छैनन् । नेपाल हिमोफिलिया सोसाइटीका अनुसार ८६५ जना बिरामी मात्र सोसाइटीको सम्पर्कमा आएर नियमित उपचार गराइरहेका छन् । सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेले उपचारको पहुँचमा हालसम्म ८६५ जना बिरामी मात्र आएको बताउनुभयो । उहाँले १६.४८ प्रतिशत बिरामीको मात्र उपचार भइरहेको भन्दै राष्ट्रिय जनगणना अनुसार चार हजार एक सय बिरामी पहुँचमा नरहेको बताउनुभयो ।
चौँतिस प्रतिशतले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग
नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवन गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको हो । नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्ने ३४ प्रतिशत रहेको जनाइएको छ । यीमध्ये पुरुष ५७ प्रतिशत र महिला ११ प्रतिशत छन् । प्रतिष्ठानका अनुसन्धानकर्ता कमल चौलागाईंका अनुसार युवा पनि सुर्तीजन्य पदार्थप्रति आकर्षित हुँदै गएका छन् । उक्त सर्वेक्षण अनुसार ४७ प्रतिशत युवाले हुक्का र ५८ प्रतिशतले इ–सिग्रेट सेवन गरेको पाइयो । तीमध्ये १५ देखि २४ वर्ष उमेर समूहका छन् ।
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनेबारे सम्मेलन
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नेपालमा स्त्रीरोग विशेषज्ञ जुटेका छन् । ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७ औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।
दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा
जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
मधेशका स्वस्थ्यमन्त्रीद्वारा रक्तदान
मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधनप्रसाद सिंहले रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । शनिबार धनुषाको ढल्केबरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा उहाँले रक्तदान गरेर त्यसको शुभारम्भ गर्नुभएको हो ।
कडा रोगका बिरामीलाई सहयाेग गर्न गण्डकी प्रदेश सरकारको निर्णय
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ ।
घाँटी दुख्यो भनेर एन्टिबायोटिक खानु हुँदैन
घाँटी दुख्नासाथ धेरैले टन्सिल भएको अनुमान गर्छन्। वीर अस्पतालका वरिष्ठ नाक, कान र घाँटीरोग विशेषज्ञ प्रा.डा. दीप्रेन्द्र श्रेष्ठले सबै घाँटी दुखाई टन्सिल नभएको बताउनुहुन्छ।
‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’
मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिनुभएको छ ।
स्वास्थ्यमन्त्री यादवद्वारा गजेन्द्रनारायण अस्पतालको निरीक्षण
उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ।
देख्न पाउँदा हर्षित छन् वृद्धवृद्धा
स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई लक्षित गरी मोतिबिन्दुको शल्यक्रिया गराइदिएपछि आँखा देख्न पाउँदा निकै खुसी छन् स्थानीय ८३ वर्षीय दत्ते थामी । थामीले धेरै वर्षदेखि बन्द रहेका आँखा खुलेर रङ्गीन संसार देख्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।
नेपालमा ई–सिगरेट बन्द हुने
नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा.भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी दिनुभयो ।
नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम
चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवम् औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा जलीय पर्यावरणमा असर परेको हो ।