‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला
कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका छन् । अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् ।
स्वास्थ्यकर्मीविहीन कपिलवस्तु कारागार
कारागार कार्यालय कपिलवस्तुमा स्वास्थयकर्मी नहुँदा कैदी बन्दीहरुलाई स्वास्थ्य परीक्षण गराउन समस्या भएको छ ।
जो आमा हुन चाहन्छन्...
“आहै कति प्यारो नानी” भित्ताभरि टाँसिएका बच्चाका तस्बिरले रीमा घलेको मन थामिँदैन । चिकित्सकको पालो कुर्दै बसेकी उहाँ जुरुक्क उठेर तस्बिर भएतिर पुग्नुहुन्छ । औँलाले आकृति सुम्सुमाउनुहुन्छ ।
अस्पतालद्वारा शैक्षिक संस्थालक्षित स्वास्थ्य उपचार योजना
बाँकेको कोहलपुर–११ स्थित कौसिल्या अस्पताल प्रालिले शैक्षिक संस्थालक्षित नयाँ उपचार योजना ल्याएको छ । सेवा क्षेत्रमा रहेका विद्यालय, विद्यार्थी र अभिभावकलाई लक्षित गरेर नयाँ उपचार ल्याएको हो ।
कपिलवस्तुको सिकोटवामा फैलियो झाडापखाला
कपिलवस्तुको कपिलवस्तु नगरपालिका ३ सिकोटवा गाउँमा झाडापखाला फैलिएको छ । दुई तीन दिन यता सिकोटवा गाउँको केही परिवारमा झाडापखाला देखिएको हो ।
आयुर्वेद स्वास्थ्य शिविरबाट १४ सय ११ जना लाभान्वित
गोरखाको पालुङटार नगरपालिकाले आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १४ सय ११ जना लाभान्वित भएका छन् । नगरपालिकाको आयोजनामा गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा जम्मा १४ सय ११ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
क्षयरोगमुक्त अभियानमा पालिकाको सक्रियता
पछिल्लो समय बढ्दो सङ्ख्यामा रहेका क्षयरोग न्यूनीकरणमा पालिकाहरूले काम थालेका छन् । गलकोट नगरपालिकाले भने क्षयरोगमुक्त अभियानका लागि पालिका र वडास्तरीय दर्जन बढी गतिविधि सञ्चालन गरिसकेको छ ।
क्षय रोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ
स्वास्थ्य संस्थाहरूले क्षय रोगी पत्ता लगाउनका लागि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्क्रेनिङ कार्य गरिरहेको छ । जिल्लामा क्षय रोगीको सङ्ख्या वृद्धि भएको हुन सक्ने देखिएपछि त्यसको स्क्रेनिङ कार्य गरिएको हो ।
जुम्लाको निःशुल्क आँखा शिविरमा सात सय लाभान्वित
सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा यहाँका स्थानीयको आँखा जाँच गरिएको हो ।
दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रूपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो ।
गण्डकी गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा
गोरखाको गण्डकी गाउँपालिकाले एक सय ५ जना दीर्घरोगी र गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
डेङ्गुप्रति सचेतना अपनाउन आग्रह
गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।
शिविरमार्फत ५७ जना बिरामीको आँखाको शल्यक्रिया
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमा मोतीबिन्दुका रोगीसहित ५७ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ ।
निःशुल्क रुपमा नानी प्रत्यारोपण
लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क रूपमा सुरु गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले तुलसीपुरमा रहेको राप्ती आँखा अस्पतालमा सेवाको उद्घाटन गर्नुभएको हो ।
मानिसको मस्तिष्कमा राखियो चिप
अमेरिकामा पहिलो पटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको छ । अर्बपति एलन मस्कको कम्पनी न्युरालिङ्कले यो चिप निर्माण गरेको हो । ताररहित चिप प्रत्यारोपणमा सफलता मिलेको मस्कले बताएका छन् । प्रारम्भिक नतिजाले न्युरोन अर्थात् स्नायु कोषिकामा उत्साहप्रद सङ्केत देखाएको छ । चिप प्रत्यारोपण गरिएका बिरामीको अवस्थामा सुधारसमेत आएको छ । न्युरालिङ्क कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने उद्देश्य राखेको छ । चिप राखेर स्नायु प्रणालीसँग सम्बन्धित जटिल अवस्थालाई निराकरण गर्न खोजिएको छ ।
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्।
हिमोफिलियाको लागि आवश्यक पर्ने औषधी उपलब्ध गराउन सरोकारवालाको माग
हिमोफिलियाका बिरामीलाई आवश्यक पर्ने औषधी राज्यबाटै उपलब्ध गराउन सरोकारवाला निकायले माग गरेका छन्।
नलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो
जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।
उखुको रस औषधीका लागि प्रयोग
जिल्लाको भूमे गाउँपालिका–९ का स्थानीयले उखु पेलेर निकालिएको रस औषधीका लागि प्रयोग गर्दै आएका छन् । स्थानीयले उखु पेलेर निकालिएको रसलाई पकाएर तयार भएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएका हुन् ।
बढ्दो कोरोना र फ्लु, सतर्कता अपनाउन चिकित्सकको सुझाव
मौसम परिवर्तनसँगै कोरोना फ्लु लगायतका श्वासप्रश्वाससम्बन्धी बिरामी बढ्दै गएका छन् । देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो केही हप्तादेखि यस्ता बिरामी बढ्दै गएको अस्पतालका ओपिडी इन्चार्ज शङ्कर पाण्डेले बताउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज खोप अभाव
सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेबिज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन् ।
निःसन्तानको समस्या बढ्दै
बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरूले औँल्याएका छन् ।
सुदूरपश्चिममा कोरोना उकालो लाग्दै
सुदूरपश्चिममा कोरोना सङ्क्रमण उकालो लागेको छ । भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढेको देखिएको हो । कामको सिलसिलामा भारत पुगेकाहरू पछिल्लो समय बिसु पर्व मनाउनका लागि स्वदेश फर्किरहेका छन् ।
स्वास्थ्य स्वयंसेविकालाई प्रदेश सरकारकाे सम्मान
६० वर्ष उमेर पूरा भई सेवाबाट बिदाइ हुने महिला स्वास्थ्य स्वयंसेवकलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सम्मान गर्नुभएको छ ।