भेरीमा स्वास्थ्य बिमाबाट सेवा लिने बढे
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका छन् भने स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा लिने सेवाग्राही बढेका छन् ।
बरेङ गाउँपालिकामा घरमा सुत्केरी हुने न्यून
बरेङ गाउँपालिका जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिणमा पर्छ । छरिएका बस्ती र स्वास्थ्य संस्थाको सहज पहुँच नहुँदा दुई वर्षअघिसम्म गर्भवतीहरू घरमै सुत्केरी हुने गर्दथे । अहिले यो अवस्था निकै परिवर्तन भएको छ ।
रोगबाट बच्न मुखको नियमित परीक्षण
मुख शरीरको प्रवेशद्वार मात्र नभई ऐना पनि हो । मुख स्वास्थ्यको सरसफाइ सम्बन्धी जनचेतना नहुँदा धेरै जटिल स्वास्थ्य समस्या निम्तने चिकित्सक बत्ताउँछन् ।
क्यान्सर उपचारका लागि गुरुङ परिवारद्वारा सहयोगको अपिल
कलेजोको क्यान्सर रोगबाट पीडित तनहुँको एक महिलाको उपचार गर्न परिवारले सहयोगको अपिल गरेका छन् । व्यास नगरपालिका–५, पीपलटारमा भाडाको घरमा बस्दै आएका ४९ वर्षीया क्यान्सर पीडित विनुमाया गुरुङको उपचारका लागि परिवारले सहयोग मागका हुन् ।
जटिल बन्दै मुख स्वास्थ्य : गुलियो र पत्रु खानाबाट दाँत जोगाउन सुझाव
भक्तपुरको एक निजी विद्यालयमा कक्षा ३ मा अध्ययनरत सौरभ अवाल (नाम परिवर्तन) का दाँत काला भइसकेका छन् । दाँतमा किराको समस्याले गर्दा उहाँलाई विद्यालय छोडेर दन्त चिकित्सककहाँ पुर्याउनु परेको छ । चिकित्सकले गुलियो पदार्थ र जङ्क फुड (पत्रु खाना) नखान बारम्बार सुझाव दिइरहे पनि उहाँलाई गुलियो खानेकुराबाट रोक्न सकिएको छैन ।
ध्यानको केन्द्र बनाउन चक्र विज्ञान सम्मेलन हुँदै
नेपाललाई ध्यानको केन्द्र बनाउने उद्देश्यसाथ विराट चक्र विज्ञान सम्मेलन हुनेभएको छ । चैत १७ देखि २३ गतेसम्म हुने सो कार्यक्रममा पाँच हजारको सहभागिता रहने आयोजकको भनाइ छ ।
लुम्बिनी प्रदेशमा तेस्रो बन्यो गुल्मी अस्पताल
गुल्मी अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । स्वास्थ्य निर्देशनालय भालुवाङ दाङबाट आउनुभएकी न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले ९१ प्रतिशत अङ्क हासिल गरी लुम्बिनी प्रदेशमै तेस्रो भएको घोषणा गर्नुभयो ।
जिल्ला अस्पतालको एम्बुलेन्स प्रयोग विहीन
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा रहेको एम्बुलेन्स प्रयोगमा विहीन भएको छ । करिब तीन वर्ष अघि प्रदेश सरकारमार्फत प्राप्त उक्त एम्बुलेन्स थन्किएको छ ।
दुर्गममा निःशुल्क दन्त शिविर, पाँच सयभन्दा बढीले लिए सेवा
दैलेखको नौमुले गाउँपालिकामा सञ्चालित निःशुल्क दन्त शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । यही चैत ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन भएको शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका हुन् ।
उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या
काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान
भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणको खोप गत भदौ २७ गतेबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाइएको थियो ।
जलन उपचारका लागि वीर, शिक्षण र पाटन अस्पतालमा युनिट स्थापना गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको बताउनुभएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय गौरवको अभियान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ ।
१४ हजारभन्दा बढी बालबालिकाले लगाए दादुरा रुबेला खोप
पाल्पाका १४ हजारभन्दा बढी बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । गत फागुन १६ गतेदेखि जिल्लाभर सञ्चालन भएको अभियानमा साढे १४ हजार बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका हुन् ।
नेपालगन्ज मेडिकल कलेजमा ब्रेन ट्युमरको जटिल शल्यक्रिया
नेपालगन्ज मेडिकल कलेजद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पतालमा पहिलो पटक अवेक क्रेनियोटोमी गरी सात दिन भित्र दुई वटा जटिल किसिमका ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।
एक सय ४३ जना प्रहरीको निःशुल्क स्वास्थ्य जाँच
नेपाल प्रहरीको नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयमा बाँकेका विभिन्न इकाई मा कार्यरत प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान
तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो ।
पशु स्वास्थ्य शिविरबाट चार सय कृषक लाभान्वित
पशु स्वास्थ्य शिविर बाट जिल्लाका चार सय पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् । रामपुर नगरपालिका–६, बुल्टारमा भएको एक दिने निःशुल्क शिविर बाट रामपुर क्षेत्रका कृषकहरू लाभान्वित भएका हुन् ।
बेनी अस्पताल सात वर्ष देखि अलपत्र, सेवा प्रभावित
कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन ।
लाइसेन्स परीक्षामा उल्लेख्य नतिजा
नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता (लाइसेन्स) परीक्षामा अप्रत्याशित रूपमा विद्यार्थी पास भएका छन् । नर्सिङ काउन्सिलले लिएको परीक्षामा यस पटक प्रवीणता प्रमाणपत्र तह (पिसिएल) तर्फ ७१.२७ प्रतिशत नर्स पास भएका हुन् । यसअघि काउन्सिलले लिएको परीक्षामा जम्मा १९ प्रतिशत नर्स मात्र नाम दर्ता परीक्षामा पास भएका थिए । काउन्सिलकी अध्यक्ष सरला केसीले यो पटक अप्रत्याशित रूपमा विद्यार्थी पास भएको जानकारी दिनुभयो । “यसअघि लिएको परीक्षामा १९ प्रतिशत मात्र पास भएका थिए,” उहाँले भन्नुभयो, “यस पटक ७१ प्रतिशतभन्दा बढी नर्स पास हुनु अप्रत्याशित हो ।”
नेपालगन्जमा मेरुदण्ड रोगको कार्यशाला
मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी आदान प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा पहिलो पटक सर्जनको सम्मेलन आयोजना गरिएको छ ।
युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह
विभागले अनुगमनका क्रममा सङ्कलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो ।
पीसीएल र बीएस्सी नर्सिङकाे लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण
नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङतर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
विद्यार्थीको निःशुल्क दाँत परीक्षण
नेपालगन्जको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क दाँत परीक्षण गरी मञ्जन र ब्रस वितरण गरिएको छ ।