हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप
हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।
विश्व क्षयरोग दिवस : उपचारका दायरामा आउने न्यून
‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो ।
सन्दर्भ: विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।
'होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ'
नेपाली समाजमा होली पर्व धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । यो दिन बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् ।
सन्दर्भ : विश्व क्षयरोग दिवस, ४५ प्रतिशत बिरामी उपचारबाहिर
नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोग नियन्त्रणमा चुनौती रहेको बताउँदै भन्नुभयो, “उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् ।”
अमेरिकामा हरेक दशमध्ये छभन्दा बढीको गर्भपतन औषधिद्वारा
संयुक्त राज्य अमेरिकामा गत वर्ष हरेक १० जनामध्ये छभन्दा बढी महिलाको गर्भपतन औषधिद्वारा गरिएको नयाँ अनुसन्धानले देखाएको छ । यो सन् २०२० को भन्दा ५३ प्रतिशत बढी रहेको तथ्याङ्कले देखाएको छ ।
झापामा २५ जना बालबालिकामा क्षयरोग
झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगी मध्ये २५ जना बालबालिका रहेका छन् ।
चितवनमा देखिन थाल्यो डेंगु
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत ९ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २९५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
पाल्पाका सबै पालिकामा क्षयरोगी
पाल्पामा दुई सय बढी क्षयरोगी भेटिएका छन् । जिल्लाको दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । चालु आवको नौ महिनाको अवधिमा जिल्लाभर २२७ जना क्षयरोगी पत्ता लागेको कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौलाको सफल प्रत्यारोपण
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पश्चिमाञ्चल अस्पतालले आफ्नै जनशक्तिबाट पहिलोपटक मिर्गौलाको प्रत्यारोपण गरेको छ ।
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।
क्षयरोगले आठ महिनामा १२ को मृत्यु
स्याङ्जामा क्षयरोगका कारण पछिल्लो आठ महिनामा १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा १४ जनाको मृत्यु भएको थियो ।
फत्तेवालमा २७ लाखभन्दा बढीले गराए आँखाको उपचार
नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि हालसम्म २७ लाखभन्दा बढी नागरिकको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ।
नागरिकका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्न सरकार संवेदनशील
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा
कपिलवस्तुको बाणगङ्गा नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा भएको छ ।
मधेश प्रदेशका ४५ प्रतिशत आमाले स्तनपान गराउँदैनन्
आमाको दुध सर्वोत्तम आहार मानिन्छ । यसको महत्व दर्शाउन अमृतधारा, प्रकृतिको अमूल्य उपहार जस्ता शब्दावलीको प्रयोग गरेको पाइन्छ ।
दुई स्वास्थ्य संस्था प्रदेशकै पहिलो किशोर-किशोरीमैत्री घोषणा
बाँके जिल्लाका दुई वटा स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेशकै पहिलो किशोर–किशोरीमैत्री घोषणा गरिएको छ ।
शिशु कक्षा पढ्छन् किशोर किशोरी र प्रौढहरू
२७ बर्षीया मनीषा कोइराला सँगसँगै जन्मेका कतिपय अहिले कलेज पढाउँछन् । २०५८ मा जन्मिनुभएकी उहाँका भाइ अहिले कोरियामा वैदेशिक रोजगारीमा हुनुहुन्छ । मनीषा भने अहिले पनि शिशु कक्षामै पढिरहनुभएको छ ।
सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै
सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता
चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो ।
क्षयरोग बिरामीको उपचारमा सफलता दर ९२ प्रतिशत
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.प्रज्वल श्रेष्ठले आर्थिक वर्ष २०७९/८० मा ३७ हजार ४४७ क्षयरोगका बिरामी पत्ता लागेका जानकारी दिनुभयो ।
मोतिबिन्दु भएका ८६ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङमा मोतिबिन्दु भएकाहरुको आँखाको शल्यक्रिया गरिएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकामा सञ्चालित निःशुल्क शिविरमार्फत मोतिविन्दु भएका रोगीहरुको आँखाको शल्यक्रिया गरिएको हो ।
५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् ।
‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु
सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।