नयाँ औषधी ऐन ल्याइँदै
नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधी ऐन २०८० ल्याउन लागेको जनाएको छ । विभागले औषधी ऐनको मस्यौदा तयारी गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाएको छ । हाल नेपालमा २०३५ सालमा बनाइएको औषधी ऐन लागु छ ।
गुल्मीदरबारमा निःशुल्क स्वास्थ्य शिविर
गुल्मीदरबार गाउँपालिकामा सञ्चालन भएको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् ।
प्रदूषणको जोखिममा बालबालिका र दीर्घ रोगी
पछिल्लो समय प्रदूषण बढ्दै गएको छ। ग्रामीण बस्तीमा भन्दा प्रदूषण सहरी क्षेत्रमा बढी देखिएको छ।
नेपालगन्जमा क्षयरोगी पहिचान अभियान सञ्चालन
नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र लुप्त अवस्थामा रहेका क्षयरोगीको पहिचान गर्न अभियान सञ्चालन गर्ने भएको छ ।
भेरी अस्पतालमा थालेसिमिया पीडित बालिकाको जटिल शल्यक्रिया
पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ-नयाँ उपचार सेवा बिरामीलाई उपलब्ध गराउन थालेको छ ।
मकवानपुरमा धुलो दुधको परीक्षण उत्पादन सुरु
बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिन अघिदेखि धुलो दुधको परीक्षण उत्पादन सुरु गरेको छ ।
एकल तथा विपन्न महिलाको निःशुल्क स्वास्थ्य बिमा
सिमकोट गाउँपालिकाका दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । उहाँहरूको स्वास्थ्य उपचारमा सहजताका लागि गाउँपालिकाले स्वास्थ्य बिमा गरेको हो ।
चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि मन्त्रालयले सार्वजनिक गरेको हो ।
लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका बालबालिकालाई राष्ट्रिय खोप दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्य बुधबार भएको छ।
महाकुम्भ दर्शनार्थीका लागि निःशुल्क हेल्थ डेस्क
बाह्र वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला सुरु भएसँगै दर्शनार्थी भक्तजनका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ ।
स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
‘नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्छ’
राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
इमरजेन्सी बिरामीको उद्धार गर्न हेलिप्याड निर्माण
गोरखाको भीमसेन थापा गाउँपालिका – ५ बगुवामा इमरजेन्सी बिरामीको तत्काल उद्धार गर्न हेलिप्याड निर्माण सम्पन्न भएको छ ।
एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण
भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा रु एक करोड लागतमा भवन निर्माण गरिएको हो ।
नगर अस्पताल लालबन्दीमा ब्लड बैंक सञ्चालन
सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । फागुन २१ गतेबाट शल्यक्रिया (सिएस) माध्यमबाट प्रसुति सेवा सुरु गरेको नगर अस्पतालले ब्लड बैंक समेत स्थापना गरेको हो ।
दमकमा आगलागी : लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट
झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ ।
इलामको रोङ ‘पूर्ण खोप गाउँपालिका घोषणा’
इलामको रोङ गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरीएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ रोङ गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।
हेपाटाइटिस भाइरसबाट दैनिक तीन हजार पाँच सयको ज्यान जाने
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ ।
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रूपमा देख्ने सपना लगभग उस्तै हुन्छ । आफूलाई बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान ।
३५ वर्षमा चार करोड ३६ लाखको आँखा उपचार
नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूले स्थापनादेखि हालसम्म नेपाली र विदेशी गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको छ ।
महिलालाई सेनिटरी प्याड निर्माण तालिम
दुर्गमका छात्रा तथा महिलाहरुलाई स्थानीय प्रविधिको प्रयोग गराउनका लागि सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे
सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यही चैत १ गतेदेखि सिएससहितको बर्थिङ सुविधा सुरु भएको हो । निजी अस्पतालमा महँगो पर्ने सिएस सेवा नगर अस्पतालमा नै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामविश्वास रायले जानकारी दिनुभयो ।
बालबालिकामा अटिजमको समस्या बढ्दो
पछिल्लो समय बालबालिकामा मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजमको समस्या धेरै देखिन थालेको छ । अटिजम समस्या बारेमा धेरै अभिभावकलाई जानकारी नै नरहेको अवस्थामा अटिजम पीडित बालबालिकाको स्याहारसुसार र हुर्काइ चुनौती बनेको हो । नेपालमा नौलो र फरक स्वास्थ्य समस्या भएकोले पहिचानमा समस्या देखिएको छ ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा प्रहरीको छापा
बीरगन्ज भेडियाहीस्थित नेशनल मेडिकल कलेजको प्रयोगशाला (ल्याब) मा बीरगन्ज महानगरपालिका औषधी ब्यवस्था बिभाग बीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले सोमबार छापामारी दुई चिकित्सकसहित ठुलो मात्रामा म्याद गुज्रिएको औषधी र केमिकल बरामद गरेको छ ।