कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै
काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार)देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।
आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । आज स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।
स्वास्थ्यचौकी बनाउन स्थानीयले दिए जग्गा
स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका-५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निः शुल्क उपलब्ध गराएका हुन् ।
साहित्यकार पंगेनी अस्पताल भर्ना
गजलकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ अस्वस्थ हुनु भएपछि अस्पताल भर्ना हुनुभएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचार भइरहेको छ ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ८०८ पुग्यो
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् ।
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा बढाईंदै
नेपालगन्ज उपमहानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ ।
प्रदेश जनस्वास्थ्य सेवा ऐन खारेज गर्न माग
जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० खारेज गर्न माग गरेको छ ।
महोत्तरीका ७१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ ।
स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न निःशुल्क शिविर सञ्चालन
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूका लागि शिविर सञ्चालन गर्ने भएको छ ।
आठ सयले लिए स्वास्थ्य सेवा
भिरकोट नगरपालिकाले गरेको वडा नम्बर १ को हेलूँ अस्पतालमा गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ७८५ जनाले सेवा लिएका छन् । मनमोहन मेमोरियल एण्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्थानीयले विशेषज्ञ सहितको सेवा लिएका हुन् ।
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो ।
टीकापुरमा सफाईवाहक भित्रिएपछि नगर सफा
कैलालीको टीकापुरमा फोहोरवाहक भित्रिएपछि बजार क्षेत्र सफा देखिन थालेको छ । फोहोरवाहक भित्रिएसँगै पालिकाले दैनिक फोहोर सङ्कलनलाई तीव्रता दिएपछि नगर सफा देखिन थालेको स्थानीय बताउँछन् ।
वीरमा आन्द्रा सुनिने रोगसम्बन्धी विशेष ओपिडी सञ्चालन हुने
चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालले हप्तामा एक दिन आन्द्रा सुनिने रोगको बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने भएको छ ।
‘आँखा बचाउन दिनको तीन पटक सफा गरौँ’
पछिल्लो समय वायु प्रदूषण बढ्दैगएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेसँगै मानिसको स्वास्थ्यमा गम्भीर असर पुगेको छ ।
निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने
स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत आइतबारदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बितिमले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ ।
चिकित्सक नहुँदा थन्किए उपकरण
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागार्इंले बताउनुभयो ।
वैशाख ६ र ७ गते भिटामिन ए सञ्चालन गर्ने
सरकारले वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सूचना निकाल्दै वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
२०८० मा स्वास्थ्यः कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
२०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गर्नुभएको हो ।
राजनीतिक अस्थिरताको मारमा स्वास्थ्य क्षेत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० मा दुईजना स्वास्थ्य मन्त्री पाएको छ। राजनीतिक अस्थिरताका कारणले गर्दा स्वास्थ्य क्षेत्रमा लक्ष्य अनुसार काम हुन नसकेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी बताउनुहुन्छ।
अत्यावश्यक औषधि उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छ : उपप्रधानमन्त्री यादव
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधि स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो । सङ्कल्प प्रस्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ ।
सरकारले तत्काल राष्ट्रिय स्वास्थ्य नीति पुनरवलोकन गर्नुपर्छ
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी साह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावलोकन गर्न सरकारसँग माग गर्नुभएको छ ।
सुर्तीजन्य पदार्थलाई राजस्व आम्दानीको बाटो बनाउन नहुने
नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताउनुभएको छ ।
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ सङ्कल्प प्रस्ताव पेश
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ सङ्कल्प प्रस्ताव पेश भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेश गर्नुभएको हो ।