सप्तरीका अग्निपीडितको निःशुल्क उपचार
सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
फ्यानक्यानको बागमती प्रदेश कमिटी गठन
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फ्यानक्यान)को बागमती प्रदेश कमिटी गठन भएको छ । ईश्वर भुसालको अध्यक्षतामा फ्यानक्यानको बागमती प्रदेश कमिटी गठन गरिएको हो ।
'गर्मीमा बालबालिकाको विशेष हेरचाह आवश्यक'
झापा सहित पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा विभिन्न प्रकारका रोगको देखिएको छ ।
मलेरिया नियन्त्रणका लागि झुल वितरण
कतै भ्रमण नगरेका मानिसमा मलेरिया (औलो) देखिएपछि नियन्त्रणका लागि झुल वितरण गरिएको छ ।
मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा
मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।
झापामा हात्तीपाइले रोगको जोखिम कायमै
झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम चलिरहँदा हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला पर्न थालेका छन् । यसले अझै पनि झापा हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।
१३५ श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार नेपालगन्जमा १३५ जना श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। लाइफलाइन हस्पिटल नेपालगन्ज र जिफन्टको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका –१३ मा श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हस्पिटलका फिजिसियन डा. पारस श्रेष्ठले जानकारी दिनुभयो ।
बेलायतमा नेपाली कन्सर्ट हुँदै
नवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ ।
अत्यधिक गर्मी र तातो हावाले नेपालगन्जकाे जनजीवन प्रभावित
गत केही दिनयता नेपालगन्जमा अत्यधिक बढेको गर्मी र नियमित चलिरहेको तातो हावा लु का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। बिरामी हुनेमा बालबालिका सबैभन्दा बढी छन् ।
सात हजार बढीले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’
नेपाली चिकित्सकले चारित्रिक प्रमाणपत्र अर्थात् गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिनेको सङ्ख्या बढ्दैगएको छ । नेपालमा मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सतीशकुमार देवले काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र अर्थात् गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिनेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
केएमसी घटनाको छानबिन गर्न चिकित्सक सङ्घको माग
नेपाल चिकित्सक सङ्घले काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)मा भएको घटनाको छानबिन गर्न माग गरेको छ।
बाँकेमा पोलियो र डिपिटी खोप अभाव
स्वास्थ्य कार्यालय बाँकेमा बालबालिकालाई नियमित रुपमा लगाउनुपर्ने पोलियो र डिपिटी खोप अभाव भएको छ ।
‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताउनुभएको छ ।
एकैसाथ ३९ वटा स्वास्थ्यचौकी भवन निर्माण
सिन्धुपाल्चोकमा एकै पटक ३९ वटा स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको छ । स्वास्थ्य सेवा पाउनबाट बञ्चित ग्रामीण भेगका जनतालाई लक्षित गरी स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको छ ।
तातो हावाले स्वास्थ्यमा समस्या
एक सातायता बढेको तातो हावाका कारण मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । पश्चिम र पूर्वी तराईका धेरै जिल्ला उच्च तापक्रमको रेड जोनमै परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । देशका विभिन्न भूभागमा तातो हावाको लहर अझै करिब एक साता कायम रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
नेपालगन्जको एउटा औषधी पसल सिल
नेपालगन्जमा सञ्चालित एउटा औषधी पसललाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको संयुक्त अनुगमन टोलीले सोमबार उक्त पसल सिल गरेको हो ।
औषधी ऐनप्रति एसओपिओएनको असन्तुष्टि
सोसाइटी अफ फर्माकोलोजिस्ट अफ नेपाल (एसओपिओएन) ले छलफलमा रहेको औषधी ऐन २०८० विरुद्ध असन्तुष्टि जनाएको छ ।
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
बागलुङमा एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायतका पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।
निःशुल्क आयुर्वेद उपचारसहित पाँचदिने योग विज्ञान शिविर हुने
विभिन्न रोगको निःशुल्क आयुर्वेद पद्धतिबाट उपचार, परामर्श, स्वास्थ्य परीक्षण सेवासहित नेपालगन्जमा पाँच दिने बृहत योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
नखानु है कटन क्यान्डी
मुनाका साथीहरू, तपाईंहरू आफ्ना अभिभावकसँग कतै घुम्न जाँदा हेर्दै आकर्षक देखिने ‘रङ्गीन कटन क्यान्डी’ देख्यो भने किनिदिन भन्नुहुन्छ होला होइन । अझ कसैले त रङ्गीन कटन क्यान्डी जसरी पनि किनिदिन भन्ने र झगडा नै गर्ने गरेको पनि देखिन्छ । अबदेखि यस्तो कुरा नखानु होला । हुन पनि परिवारसँगै बजार, सडकपेटी, मेलालगायतका स्थानमा हिँड्दा बालबालिकाको पहिलो रोजाइ बन्छ रङ्गीन ‘कटन क्यान्डी’ । यसप्रति बालबालिकाको यस्तो आकर्षण हुन्छ कि उनीहरू यसका लागि झगडा गर्नसमेत तम्सिन्छन् ।
क्यान्सरको उपचार बारे नेपालगञ्जमा छलफल
क्यान्सर रोग निको पार्न गरिने उपचार पद्धतिबारे नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले नेपालगन्जमा एक कार्यक्रम गरेर जानकारी गराएको छ।
प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक घरबाहिर नहिँड्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न आग्रह गरेको छ।