• १२ साउन २०८१, शनिबार

राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

blog

पदभार ग्रहण गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल ।

काठमाडौँ, असार ३१ गते । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार समाल्नुभएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गएर कार्यभार समाल्नुभएको हो । 

मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति २०२४-२०३० स्वीकृत गर्ने पहिलो निर्णय गर्नुभएको छ। उहाँले पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर काम गर्ने बताउनुभयो । क्यान्सरका बिरामी बढेका छन् यसको नियन्त्रण गर्ने काममा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गर्ने छु। 

एक महिना भित्र सरकारी अस्पतालमा ठुलो सङ्ख्यामा लाइन बस्नु नपर्ने खालको काम गर्ने छु। पारदर्शिता र जबाफदेहितामा जोड दिने बताउनुभयो ।