• १ साउन २०८१, मङ्गलबार

अर्घाखाँची १० औँ पटक पूर्णखोप सुनिश्चित घोषणा

blog

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाको र्यालीमा सहभागी स्थानीय ।

राधा नेपाली 

सन्धिखर्क, साउन १ गते । अर्घाखाँची १० औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ । नौ हजार ९३५ बालबालिकालाई खोप लगाएर अर्घाखाँची पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको हो । 

जिल्लाका छ पालिकाले पूर्ण खोप सुनिश्चितका लागि ९५ प्रतिशत सूचकाङ्कको मापडण्ड पूरा गरेकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । नियमित मासिक रूपमा २६३ खोप केन्द्रबाट ३ हजार ९४५ सेवाग्राही उमेर समूहका बालबालिकालाई खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा हाल १५ महिनाभित्रका दुुई हजार ७९० बालबालिकाले खोप लगाइरहेका छन् । पाँच वर्षमुनिका नौ हजार ९३५ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुुख शिव नेपालीले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “नेपाल सरकारका सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रममध्ये राष्ट्रिय खोप कार्यक्रम राज्यका तीन वटै सरकार सङ्घ, प्रदेश र स्थानीय तहको पहिलो प्राथमिकतामा रहेको सर्वाधिक सफल र लागत प्रभावकारी कार्यक्रम हो ।”  

खोपको माध्यमबाट बालबालिकाहरुको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीको विकास गरी रोग लाग्नबाट बचाउनु नै खोप सेवाको मुख्य उद्देश्य छ । उहाँले भन्नुुभयो, “खोप सेवाले सङ्क्रामक रोगविरुद्ध प्रतिकारात्मक कार्य गर्छ, अतस् रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै उत्तम हो ।” अर्घाखाँची जिल्लामा १८४ वटा खोपकेन्द्रबाट प्रत्येक महिना १८७ खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिँदै आएको छ । 

आर्थिक वर्ष २०८०-८१ मा छत्रदेव गाउँपालिका ५ महिनाभित्रका ३१३ र १५ देखि ५९ महिनाका एकहजार ५१ बालबालिकाले खोप लगाइरहेका छन् । पाणिनी गाउँपालिका १५ महिनाभित्रका ३५७ र १५ देखि ५९ महिनाका एक हजार ३७३ जनाले खोप लगाएका छन् । त्यस्तै, मालारानी गाउँपालिका ३५५ र एक हजार २०६, शीतगङ्गा नगरपालिकामा ६८१ र दुुई हजार २९४, भूमिकास्थान नगरपालिकामा ४५३ र एकहजार ८१० र सन्धिखर्क नगरपालिकामा ५५० र दुुईहजार २०१ जनाले खोप लगाइरहेका छन् ।  

महामारीजन्य रोगहरु विरुद्ध नयाँरनयाँ खोपहरु क्रमशः समावेश गर्दै लैजाने उद्देश्य अनुरुप हाल नेपालमा १३ वटा रोगहरु क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुबेला, जापनिज इन्सेफ्लाइटिस र टाईफाईड लगायतका  खोपहरु १५ महिनाको उमेरसम्मका बालबालिकालाई प्रदान गरिँदै आएको छ । 

खोप अभियान कार्यक्रममा बारेमा प्रमुुख नेपालीले भन्न्नुुभयो, "बाल मृत्युदरमा उल्लेख्य कमि आएको र सहस्राब्दी विकास लक्ष्य ४ र ५ हासिल भएको, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टंकार रोग निवारण भएको, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था कायम राख्दै उन्मूलनको नजिक रहेको, दादुरा, रुबेला रोग निवारण उन्मुख रहेको तथा बालबालिकामा “हेपाटाइटिस बी” नियन्त्रणमा छ ।” 

कार्यालयका अनुसार स्वास्थ्य सेवा प्रवाहका लागि जिल्लामा करिब ५०० स्वास्थ्यकर्मी परिचालित छन् । जिल्लामा एक जिल्ला तहको अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्रहरु, ३९ स्वास्थ्य चौकीहरु, १९ आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु, ११ सामुदायिक स्वास्थ्य एकाईहरु, २३ सहरी स्वास्थ्य केन्द्रहरु, १८४ खोप केन्द्रहरु, ६७ गाउँघर क्लिनिकहरु र ८५० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका छन् । 

जिल्लाका स्थानीय तहहरुमा आधारभूत अस्पतालहरु बन्ने क्रममा रहेका प्रमख नेपालीेले बताउनुुभयो । यी बाहेक निजी तथा गैरसरकारी स्तरबाट पनि स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ।