२४ घण्टामा ५६४ जनामा कोरोना पुष्टि, एकको मृत्यु
पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४५४ कोरोना परीक्षण गर्दा ५६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
परिणाम देखिने गरी अनुसन्धान गर्नुहाेस् : स्वास्थ्य मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले परिणाम देखिने गरी अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई निर्देशन दिनुभएको छ ।
बिरामी महिलाको निशुल्क हवाइ उद्धार
पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । मंगलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि निशुल्क हवाइ उद्धार गरेर सुर्खेत लगिएको हो ।
दुर्गम गाउँमा घुम्ती उपचार सेवा
दुर्गमको काँडाजिमाना गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । गाउँपालिकाको स्वास्थ्य नीतिअनुुसार स्वास्थ्य संस्थाको पहुुँचभन्दा टाढाका बस्तीमा सैवाग्राहीलाई घरदैलो स्वास्थ्य कार्यक्रम अन्र्तगत सो घुम्ती सेवा प्रदान गरिएको हो ।
कोभिड बिरामीको मन जितेको भेरी अस्पताल
वि.सं. १९४७ सालमा राजधानीको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल, नेपालगञ्जले बिहीबार स्थापनाको १३२ औं स्थापना दिवस मनाइरहँदा पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा विकास गर्न सफल भएको छ ।
साउनयता ७ जनाको मृत्यु, मृतक ६ जना खोप नलगाएका
नेपालमा असार १ गतेबाट कोरोना सङ्क्रमणदर पुनः बढेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा सङ्क्रमणदर बढेसँगै एक महिनाभित्र साउन १ गते एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । सङ्क्रमणका कारण चार महिनाअघि मात्र सङ्क्रमितको मृत्यु भएकाे थियाे । साउन एक गतेदेखि हिजाेसम्म अर्थात १० दिनमा ७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
बढ्दै कोरोना : आईसीयू र भेन्टिलेटरमा ३४ संक्रमित
नेपालमा कोरोना सङ्क्रमणदर बढेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।
झापामा स्क्रब टाइपसका ३ जना विरामी फेला
झापाको दमकमा स्क्रब टाइपसका तीन जना विरामी फेला परेकाछन् । कोरोना र डेंगु रोगसंग लक्षण मिल्दोजिल्दो यो रोग ओरेन्सिया सुसुगामुसि नामको जिवाणुले गर्दा लाग्ने गर्दछ । यस जिवाणुले संक्रमित माइट–सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा लगायतको टोकाइबाट सर्न सक्दछ ।
स्वास्थ्य बीमा गराएका बिरामी बढे
सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि स्वास्थ्य बीमा गराएका बिरामीको सङ्ख्या सरकारी अस्पतालमा भने एक्कासि बढेको छ। यही साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम सरकारले बन्द गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरिएपछि पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्य बीमाअन्तर्गको उपचार गराउने बिरामीको सङ्ख्या अहिले तीन गुणाले बढेको अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकारले निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेपछि भेरी अस्पतालमा बीमाअन्तर्गतको उपचार गराउने तीन गुणा बढी आउन थालेको बताउनुभयो।
बालबालिकामा एडिनो सङ्क्रमण
बालबालिकामा एडिनो भाइरसको सङ्क्रमण देखिएको छ। कान्ति बाल अस्पतालको बहिरङ्ग विभागमा आएका बिरामी उक्त भाइरसबाट सङ्क्रमित पुष्टि भएको हो। कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बालबालिकामा कडा ज्वरोको सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरूको नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। टेकु प्रयोगशाला पठाइएका १३ नमुनामध्ये १२ जनालाई एडिनो भाइरसको सङ्क्रमण पुष्टि भएको हो। कान्ति बाल अस्पतालका निर्देशक डा. युवा बसौलाले १३ जना बालबालिकाको नमुनाका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा १२ जनालाई एडिनो भाइरस पुष्टि भएको जानकारी दिनुभयो । एडिनो भाइरस नयाँ नभएको जानकारी दिँदै उहाँले विगतमा पनि यो भाइरस देखिने गरेको बताउनुभयो। एडिनो भाइरस सर्ने भन्दै उहाँले भाइरस भएको व्यक्तिको हात छोएमा वा खेलौना वा अन्य वस्तु भएको व्यक्तिले छोएर आफ्नो मुख, नाक वा आँखा छुँदा सङ्क्रमण हुन सक्ने बताउनुभयो।
भक्तपुर क्यान्सर अस्पताललाई पाँच हजार पाउण्ड सहयोग
हेल्थ एक्सचेन्ज नेपाल (यूके)ले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग स्वरुप पाँच हजार पाउण्ड (सात लाख ६५ हजार रुपियाँ) प्रदान गरेको छ । हेल्थ एक्सचेन्ज नेपालको तर्फबाट इञ्जिनियर सञ्जिवमान राजभण्डारीले मङ्गलबार भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णु दत्त पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
एकै दिन ६३८ जनामा सङ्क्रमण, दुईको मृत्यु
पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ५५ कोरोना परीक्षण गर्दा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालमा स्वास्थ्य बीमा गराएका विरामी बढे
निजी अस्पताल र मेडिकल कलेजमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि स्वास्थ्य बीमा गराएका विरामीको संख्या सरकारी अस्पतालमा ह्वात्तै बढेको छ ।
सुत्केरीपछि पाठेघर भित्र छाेडियाे प्याड
गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएका महिलाको पाठेघर भित्रै प्याड रहेको रहस्य सार्वजनिक भएको छ । गुल्मी अस्पतालमा साउन २८ गते सुत्केरी भएका छिमेकी जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका ८ की २१ वर्षीया अप्सरा पाण्डेको पाठेघरभित्रै प्याड छोडिएको भन्दै पाण्डेका परिवारले आरोप लगाएका छन् ।
कोरोनाविरुद्धको डेढ लाख खोप खेर गएकाे अनुमान
कोरोनाविरुद्धको करिब डेढ लाख खोप खेर गरेको अनुमान गरिएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोरोनाविरुद्धको कोभिसिल्डको करिब डेढ लाख खोप खेर गएको अनुमान गर्नुभयो ।उहाँका अनुसार जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो ।
संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह
कोभिड व्यवस्थापन समिति कपिलवस्तुले कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्न स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न व्यवस्थापन समितिको बैठकले सो आग्रह गरेको हो ।
२४ घण्टामा ५६८ जना सङ्क्रमित, एकको मृत्यु
पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार आठ कोरोना परीक्षण गर्दा ५६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जीवनमा १५–१६ हजार लाशमा छुरा चलाएँ : डा.वस्ती
फरेन्सिक मेडिसिन विज्ञ प्रा.डा. हरिहर वस्तीले फरेन्सिक मेडिसिन भनेको मुर्दा चिर्ने मात्रै नभई कुनै पनि घटना घटी सकेपछि जिउँदा वा मुर्दा मानिसमा के कारणले घटना घट्यो भनेर कानुनलाई प्रमाण जुटाउने विधा भएको बताउनुहुन्छ ।
गेटा मेडिकल कलेज र वीर अस्पतालबीच दुई पक्षीय सम्झौता
गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच द्विपक्षीय सम्झौता भएको छ ।
मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान
सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मङ्कीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ ।
मङ्किपक्सको प्रकोप : विश्व आपत्काल घोषणा
विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मङ्किपक्सको प्रकोप विश्वव्यापी हुँदै गएपछि सङ्गठनले विश्वव्यापी आपत्काल घोषणा गरेको हो । मङ्किपक्सको प्रकोप विश्वका ७५ देशमा फैलिइसकेको छ भने हालसम्म पाँच जनाको मृत्यु भएको छ । यस्तै १६ हजारभन्दा बढी मानिसलाई मङ्किपक्सको पुष्टि देखापरेको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘मङ्किपक्स भाइरस’ नेपालमा पुष्टि नभए पनि जोखिम भने रहेको बताउनुभयो ।
उन्यूका डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि
भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणबारेमा जानकारी थियो ।
खर्च अभावमा तीन वर्षदेखि साङ्लोमा अम्बिका
उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी ३७ वर्षीय अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिन बाध्य हुनुहुन्छ । ढकाल भागेर घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङलोले बाँधेर राखेको बताउनु भएको छ ।
थप ३४७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु
पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८८८ कोरोना परीक्षण गर्दा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।