क्वाँटी सबै उमेर समूहलाई लाभदायी
हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडवाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । अन्य चाडवार्ड जस्तै जनैपूर्णिमा विभिन्न गेडागुडी उमारेर क्वाँटी बनाएर खाने प्रचलन छ ।
स्वास्थ्य बिमाका समस्या समाधान गर्न उच्चस्तरीय कार्यदल गठन
सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधानका लागि सुझाव पेस गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
कोरोना सङ्क्रमणबाट पाँचको मृत्यु, ८१५ सङ्क्रमित
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो ।
बाँकेमा ८३ जना सक्रिय संक्रमित, दैनिक सङ्क्रमित बढ्दै
पछिल्लो समय बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय संक्रिमतको संख्या पुगेको छ । केही दिन यता दैनिक संक्रमित फेला पर्नेक्रम बढ्दैगएको छ ।
खानेकुराको स्राेत पहिचान नहुँदा स्वास्थ्य समस्या जटिल : महानायक हमाल
महानायक राजेश हमालले खानेकुराको स्राेत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
५४ वर्षपछि सुविधा सम्पन्न बन्यो फाप्लु अस्पताल
सन्तोष राउतसोलुखुम्बु, साउन २६ गते । स–ना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौंदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो ।जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रुपमा उद्घाटन गरेपछि लिफ्ट सहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा शुरु हुने भएको छ ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसारको जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल बनेकाले अब सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्नुपर्ने बताउनुभयो । जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँको छ । यसअघि अपर्याप्त संरचनाबाट अधिकतम सेवा दिँदै आएकोमा भौतिक पूर्वाधार पर्याप्त र सबल बनेकोमा खुसी व्यक्त गर्दै अस्पतालका निमित्त कार्यालय प्रमुख सानी शेर्पाले आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन हुनसके जिल्ला अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउन सकिने बताउनुभयो ।सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपियाँको लागतमा निर्माण भएको ३० शैय्याको अस्पताल भवन वि.सं. २०७६ साल पुस २७ गतेबाट निर्माण सुरु भई गएको असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिल्लारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनी क्षेत्रफलमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
रामपुर अस्पतालले नयाँ भवनबाट सेवा दिएपछि बिरामीलाई सहज
रेखीराम रानापाल्पा, साउन २६ गते । पुरानो भवनबाट सेवा दिँदै आएको जिल्लाको पूर्वी भेग रामपुरमा रहेको रामपुर अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको छ । वि.स. २०७२ सालमा ५० शैय्याको रुपमा स्तरोन्नति भएको अस्पतालको व्यवस्थित भवन नहुँदा पुरानै भवनबाट सेवा दिइएको थियो । नेपाल सरकारको १८ करोड ५० लाख रुपियाँको लागतमा अस्पतालको नयाँ भवन बनेपछि सेवा सोही भवनबाट सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७२/७३ को पुसबाट निर्माणकार्य सुरु गरिएको भवन ढिला गरी सम्पन्न भएपछि सेवा सुचारु गरिएको उहाँले बताउनुभयो । भवनको बाहिर ट्रस र भुइँमा टायल बिछ्याउने काम अझैँ बाँकी छ । बाँकी काम समेत आगामी असोजभित्र सकिने अस्पतालले जनाएको छ । नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेलले जानकारी दिनुभयो । नयाँ भवनमा बहिरङ्ग सेवा सुरु गरेपछि दैनिक एक सयभन्दा बढी सेवाग्राही थपिएको उहाँले बताउनुभयो । नयाँ भवनबाट सेवा सुरु गरेपछि बिरामीको सङ्ख्या समेत बढेको अस्पतालले जनाएको छ । नयाँ भवनको पहिलो तल्लामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानीलगायतको सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
चितवनमा सक्रिय सङ्क्रमित एक सय नाघे
पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् ।
जापानमा एकै दिन दुई लाख ५० हजार सङ्क्रमित, दुई सय ५१ को मृत्यु
टोकियो, साउन २६ गते । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ काेरोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप द्रुतगतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिका तुलनामा यो उपप्रजाति द्रुतगतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ । जापानका ४७ मध्ये २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमित भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।
बढ्दै डेंगुका बिरामी : महिना दिनमै थपिए चार सय
पछिल्लो केही महिनादेखि कोरोना सङ्क्रमणका साथै डेंगुका बिरामी बढ्दै गएका छन् । असारको सुरुदेखि साउन २४ गतेसम्म चार सय जना डेंगुका बिरामी थपिएका छन् ।
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् ।
२८ करोड लागतमा निर्माण भएको होल्डिङ सेन्टर सञ्चालनमा अन्योल
कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार भए पनि सञ्चालनमा अन्योलता देखिएको छ ।
२४ घण्टामा ८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु
पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको मृत्यु भएको छ । असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ ।
कुपोषणको समस्या समाधान गर्न डब्लुएचओलाई स्वास्थ्य राज्यमन्त्रीको आग्रह
काठमाडौं, साउन २५ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी रोकथाम, खोपलगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य सङ्गठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।’ उहाँले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गर्नुभयो । डा. पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौँ। नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ ? समन्वय गरेर अघि बढौं ।’ उहाँले विश्व स्वास्थ्य सङ्गठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताउनुभयो । सो क्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपालका डा.विनोद गुप्ताको पनि उपस्थित थियो ।
सङ्क्रमितमध्ये ९७.५ प्रतिशत यौनिक तथा अल्पसङ्ख्यक
हालसम्म विश्वका ८० भन्दा बढी देशमा मङ्कीपक्सका २४ हजारभन्दा बढी बिरामी भेटिएका छन् । विश्व स्वाथ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कअनुसार ९७.५ प्रतिशत सङ्क्रमण यौनिक तथा अल्पसङ्ख्यक समुदायबाट सरेको पाइएको छ । सङ्क्रमित मध्ये ३७.६ प्रतिशतमा एचआइभी पोजिटिभ देखिएको छ । त्यसैगरी, स्वास्थ्यकर्मीमा १३.५ प्रतिशत सङ्क्रमण देखिएकाे छ।
‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’
नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ ।
विद्यार्थीलाई ज्वरो आएपछि विद्यालय बन्द
लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ।
‘अबको दुई हप्तामा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्ने’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको दुई हप्तामा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्ने अनुमान गरेको छ।
सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्यो, दुईको मृत्यु
मुलुकमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार तीन एन्टिजेन र पीसीआर परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना पुष्टि भएको हो ।
डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु
डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमबारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ ।
सुदूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य
पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।
एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो
चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले सोमबार भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताउनुभएको हो ।
निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध
काठमाडौँ, साउन २४ गते । चिकित्सा शास्त्रअन्तर्गत अध्ययन हुने विषयमा सिट पाउनका लागि हम्मे पर्दछ । कतिपय मेडिकल कलेजले मागेभन्दा आधा सिट पनि पाउन मुस्किल छ तर त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को आङ्गिक क्याम्पस महाराजगञ्ज क्याम्पसमा भने एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट सङ्ख्या घटाउन आईओएमकै पदाधिकारी लागेका छन् । सरकारी निकायले भौतिक संरचनालगायतका व्यवस्थापन गरेर जति बढी सिट चिकित्सा शिक्षा आयोगले दिन्छ त्यति नै अध्ययन गराउनुपर्ने हो । त्यसविपरीत आईओएमले भने आयोगले निर्धारण गरिदिएको सिटमा समेत चिकित्सा शिक्षा अध्ययन गराउन आनाकानी गरिरहेको छ । अघिल्लो शैक्षिक सत्रदेखि एक सय विद्यार्थी अध्ययन गराउन थालेको आईओएमले विद्यार्थी पढाउने कक्षा नभएको तथा सानो भएको भन्दै चिकित्सा शिक्षा आयोगलाई पत्रमार्फत आगामी शैक्षिक सत्रका लागि ७६ सिट मात्र तोकिदिन आग्रह गरेको छ । सरकारी संस्थाले एक सय होइन, दुई सय सिट सङ्ख्यामा पढाउँछौँ, दुई चरणमा पढाउँछौँ भनेर आए पनि आयोगले सिट दिनुपर्छ, आयोगका एक पदाधिकारीले गोरखापत्रसँग भन्नुभयो, “आईओएमको सिट घटाइदिने पत्रले अचम्मित बनाएको छ ।” सरकारले बजेट वक्तव्यमार्फत चिकित्सा शिक्षालाई क्षमता अभिवृद्धि गर्दै दुई चरणमा सञ्चालन गर्ने उल्लेख छ । सरकारको नीतिविपरीत आईओएमले सिट सङ्ख्या घटाउन आयोगलाई पटक–पटक ताकेता गरेको छ । “आईओएमका पदाधिकारीका पछिल्ला गतिविधि शङ्कास्पद छन्”, आयोगका एक पदाधिकारीले भन्नुभयो । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आईओएमबाट सिट सङ्ख्या घटाउनका लागि पत्र आएको पुष्टि गर्नुभयो । आयोगका निर्देशक प्राडा रमेशप्रसाद आचार्यले अन्य मेडिकल कलेजले बढाउनका लागि पत्राचार गरेको भन्दै आईओएमबाट भने घटाउनलाई पत्राचार गर्नु दुःखद भएको बताउनुभयो । आईओएमले आयोगलाई पठाएको पत्रमा महाराजगञ्ज मेडिकल क्याम्पसले कक्षा कोठा र शिक्षकको अभावका कारण गत वर्षभन्दा विद्यार्थीको भर्ना सङ्ख्या कम गराउनुपर्ने सुझाव दिएका आधारमा आईओएमले निर्णय गरी आयोगलाई अनुरोध गरेको उल्लेख छ । महाराजगञ्ज क्याम्पसले डिन कार्यालयलाई लेखेको पत्रमा गत वर्ष एमबीबीएसतर्फ सय विद्यार्थीलाई झारेर ७६ बनाउने, बी फार्मेसीतर्फ गत वर्ष ३० विद्यार्थी सङ्ख्या भर्ना भएकोमा त्यसलाई घटाएर २० बनाउनुपर्ने र बीएससीएमएलटीतर्फ १५ बाट १० बनाउने व्यवस्था गरिदिन अनुरोध गरेको छ । सोही आधारमा आईओएम डिन कार्यालयले सहायक डिनमार्फत सिट सङ्ख्या घटाइदिन गत चैतमा पत्र पठाएको थियो । सो पत्रपछि आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आफैँले अनुगमन गरी आईओएमका पदाधिकारीसँग बसेर सिट सङ्ख्या घटाउन नहुने छलफल गर्नुभएको थियो । त्यसको भोलिपल्ट आईओएमका डिन प्राडा दिव्यासिंह शाहले पत्राचार गरी सिट सङ्ख्या घटाउन आयोगलाई पत्राचार गर्नुभएको थियो । आईओएम डिन प्राडा शाहले यो विषय क्याम्पस र आयोगको रहेको बताउनुभयो । मैले पत्राचार गरेको छैन, शाहले भन्नुभयो, “आईओएमअन्तर्गत धेरै कलेज छन्, कलेजले पत्राचार गरेको विषय मलाई जानकारीमा छैन ।”निजी मेडिकल कलेजहरूले एक शैक्षिक सत्रमा १५० विद्यार्थी पढाउन पाउनुपर्ने र दुई शैक्षिक सत्र पनि आफूहरू पढाउन तयार रहेको बताएका छन् । यसअघि आईओएममा एमबीबीएसतर्फ ७६ सिट सङ्ख्या रहँदै आएकोमा अघिल्लो वर्ष मात्र एक सय सङ्ख्या पु-याइएको हो । आईओएमले सिट घटाउन पत्र पठाए पनि यस पटक आयोगले आईओएमलाई एक सय सिट नै तोकिदिएको छ ।
थप तीन जनामा हैजा पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको हो । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ४२ पुगेको छ ।