• १९ असोज २०८१, शनिबार

एक लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

blog

काठमाडौं, कात्तिक २१ गते । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य छ भने एक लाख सात हजार ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७७ छ ।