विपन्न बालबालिकालाई पोषण भत्ता
कुपोषण हुनबाट बचाउन खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषणमा अनुदान दिन थालेको छ ।पालिकाले छ महिनादेखि तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषण युक्त खाना खुवानका लागि अनुदान रकम दिन थालेको हो ।
स्रोत अभावमा अस्पताल अलपत्र
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज पर्ती बजारमा आधारभूत अस्पताल अलपत्र परेको छ । सञ्चालन गर्ने स्रोत नहुँदा अघिल्लो जनप्रतिनिधिको कार्यकालमै निर्माण सम्पन्न भएको अस्पताल भवन अझै सञ्चालनमा आउन सकेको छैन ।
नेपालमा कलेजो प्रत्यारोपण सस्तो
सीमित जनशक्तिबाट संसारमै कम खर्चमा उपचार सेवा दिइरहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म ३३ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
नसर्ने रोगका कारण जोखिम बढ्दै
स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा सङ्क्रामक तथा नसर्ने रोग न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीसँग अभिमुखिकरण, सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वायु प्रदूषण : ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ’
संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनइपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
धनुषाको उत्तरी क्षेत्रमा आँखा पोल्ने समस्या
धनुषाको उत्तरी क्षेत्रका स्थानीय आँखा पोल्ने समस्याले प्रभावित भएका छन् । वायु प्रदूषणका कारण ढल्केबर, धारापानी, गोदारलगायतका स्थानमा यस्तो समस्या देखिएको हो ।
मातृशिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक विवरण सङ्कलन
लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सञ्चालन गरेको छ । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।
लामो समयसम्म वायु प्रदूषण रहे दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ
विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ) अनुसार पछिल्लो समय वायु प्रदूषण संसारकै सबै भन्दा ठुलो वातावरणीय स्वास्थ्य समस्याका रूपमा देखापरेको छ ।
भवन तथा केमिकल अभावमा प्रादेशिक आयुर्वेदिक स्वास्थ्य सेवा असजह
रौतहटको चन्द्रपुर–६ मा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आवश्यकताअनुसार भवन तथा केमिकल नहुँदा उपचारमा असहज भएको छ ।
कुष्ठरोग निवारणमा चुनौती, कपिलवस्तुमा रोगीको सङ्ख्या बढ्दै
सन् २०१० मा प्रति १० हजारमा १ भन्दा कम कुष्ठरोगी रहेको आधारमा नेपालले निवारणको घोषणा गरेको थियो ।
वायु प्रदुषणका कारण आँखाका बिरामी बढ्दै
मकवानपुरलगायत आसपासमा जिल्लाका जङ्गलमा लागेको डढेलोले वातावरण प्रदुषण हुँदा आँखाका बिरामीको सङ्ख्या बढिरहेका छन् ।
अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ ।
मैवाखोलाका दुईवटा वडा पूर्णखोप सुनिश्चित घोषणा
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका दुईवटा वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । गाउँपालिकाका छमध्ये वडा नम्बर १ र २ ढुङ्गेसाँघुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
दुर्गम पुगेका चिकित्सकको दुखेसो : उपकरण बिना नै जोखिममा शल्यक्रिया
स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख रेडियोलोजी डाक्टर भीष्मप्रसाद पोख्रेलले दुखेसो गर्नुभयो सरकारसँग धेरै पटक उपकरणको माग गर्दा पनि आपूर्ति भएन ।
‘स्वास्थ्य बिमालाई व्यवस्थित गरौं’
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमालाई सामाजिक न्यायका आधारमा व्यवस्थित गर्नुपर्ने बताइएको छ । तम्घासमा आयोजित गुल्मी अस्पतालको सेवा प्रवाहको गुणस्तर सुधारका लागि भएको छलफलमा सहभागीहरूले यस्तो बताएका छन् ।
मौसम परिवर्तन भएसँगै तनहुँमा बिरामी पनि बढ्यो
जाडो महिना सकिएर गर्मी लाग्दै गर्दा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर तनहुँका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
आँखा शिविरबाट एक हजार एक सयले लिए सेवा
नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र गमगढी मुगुको आयोजनामा सदरमुकाम गमगढीमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
रगत सङ्कलन घट्दा नवलपुरमा रगत अभाव
नवलपरासी पूर्व (नवलपुरमा) रहेको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले सञ्चालन गरेको नवलपुर रक्तसञ्चार केन्द्रमा मौज्दात रगतको कमि भएको छ ।
जनताको सहज पहुँचबाट टाढिदै सरकारी अस्पताल
जिल्ला अस्पतालमा हाडजोर्नी लगायत अन्य औषधी उपचारका लागि धादिङ अस्पताल आइपुगेका बिरामीहरू ठगिने गरेका छन् ।
प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिम चरणमा
म्याग्दीको बेनीमा निर्माणधिन ५० शय्या क्षमताको प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिमचरणमा पुगेको छ । ठेक्का सम्झौता मितिभन्दा साढे पाँच वर्ष ढिला गरी भवन निर्माण सम्पन्न हुन लागेको हो ।
वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
निःशुल्क मुटुरोग शिविरमा ११ सयभन्दा बढी लाभान्वित
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी लाभान्वित भएका छन् ।
पिजी तहका विद्यार्थी आन्दोलित
चिकित्सा शिक्षा आयोगले पूर्वनिर्धारित सिट सङ्ख्या घटाएर ‘म्याचिङ’ प्रक्रिया अघि बढाएपछि स्नातकोत्तर तहका विद्यार्थी आन्दोलित भएका छन् ।
अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गरिने
हेटौँडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने भएको छ ।