गर्मीसँगै सरुवारोग अस्पतालमा बढे बिरामी
गर्मी बढेसँगै टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले गर्मी बढेसँगै अस्पतालको बहिरंग सेवा (ओपिडी) लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।
ताँजाकोटमा औंलो र कालाजारका बिरामी भेटिए
हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औंलोका र एक जना कालाजारका बिरामी भेटिएका छन् ।
सर्वसाधारणको स्वास्थ्य उपचार महंगो भयोः सांसद कुँवर
नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद कुँवरले यस्तो बताउनुभएको हो ।
‘मिर्गौला रोगको उपचारको क्षेत्रमा नेपालले ठुलो फड्को मारेको छ’
नेपालमा सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको सुरुवात गरिएको थियो ।
बढ्दै सर्पदंशका बिरामी
पछिल्लो एक/दुई हप्तादेखि सर्पदंशका बिरामी बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका बिरामी बढ्दै गएको अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले जानकारी दिनुभयो ।
बाँकेमा करिब ७० हजार परिवारको स्वास्थ्य प्रोफाइल तयार
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ ।
गर्मी बढेसँगै डेङ्गु सङ्क्रमण बढ्यो
रौतहटमा गर्मी बढेसँगै डेङ्गु सङ्क्रमणको जोखिम पनि बढेको छ । पछिल्लो दुई सातामा ५० जनाभन्दा बढी बिरामीमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
घोराहीमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न अभियान
दाङको घोराही उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर पहिचान गर्न अभियान सञ्चालन गरेको छ । पछिल्लो समय महिलाहरूमा बढ्दो पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्यालाई उपचार, रोकथाम गर्दै नियन्त्रण गर्नका लागि उपमहानगरपालिकाले अभियान सञ्चालन गरेको हो ।
बजेट अभावमा सञ्चालनमा आउन सकेन सिकलसेल अस्पताल
बर्दिया, कैलाली कञ्चनपुर, दाङ, बाँके, कपिलवस्तु र रूपन्देहीमा जटिल बन्दै गइरहेको सिकलसेल एनिमियाको उपचार गर्न लुम्बिनी प्रदेशमानै पहिलो पटक निर्माण गरिएको १५ शय्याको सिकलसेल एनिमिया अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।
उपभोक्ता संरक्षण ऐनअन्तर्गत मोरङमा चिकित्सकविरुद्ध पहिलो मुद्दा
गलत उपचारका कारण बिरामीको मृत्यु भएपछि उपभोक्ता संरक्षण ऐनअन्तर्गत चिकित्सकविरुद्ध मोरङमै पहिलो पटक मुद्दा दर्ता भएको पाइएको छ ।
निःशुल्क आँखा शिविरमार्फत दुईसयले लिए सेवा
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा ३ लिङखिमस्थित सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविरमार्फत दुईसय आठ जनाले सेवा लिएका छन् ।
सुत्केरी र शिशुको हेलिकप्टरमार्फत उद्वार
जटिल स्वास्थ्य अवस्था भएकी एक सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । अछामको रामारोशन गाउँपालिका–१ निवासी २१ वर्षीया विपना साउद र उहाँको शिशुलाई जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको थियो ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा पढाइ सुरु गर्न माग
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले कैलालीको गेटास्थित नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आउँदो आर्थिक वर्षबाट चिकित्सा पढाइ सुरु गर्न माग गरेको छ ।
जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रूप देखिएको छ । यसको प्रभाव उहाँको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।
बाँकेका सात पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
बाँके जिल्लाका आठ वटा पालिकामध्ये सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कान दुख्ने समस्या र समाधानका उपाय
कानमा विभिन्न समस्या निम्तने गर्छन् । कान दुख्ने, चिलाउने, पिप जम्ने कानमा देखिने मुख्य समस्या हुन । वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले अस्पतालमा कान चिलाउने समस्या लिएर बिरामी आउने बताउनुहुन्छ ।
‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु
आर्थिक वर्ष २०८०/८१ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा विद्यालय नर्स कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागू भएको उल्लेख गरेको छ ।
पाँचथरमा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन हुने
पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ ।
विशेषज्ञ चिकित्सकको अभावमा सेवा प्रभावित
सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ विशेषज्ञ चिकित्सकको अभावमा सेवा प्रवाह प्रभावित बन्दै गएको छ ।
ब्रेनडेथ भएका व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिबाट एउटै व्यक्तिमा मिर्र्गौला र कलेजो प्रत्यारोपण गरिएको छ ।
स्वास्थ्य समस्या बन्दै उच्च रक्तचाप
बद्लिदो जीवन शैली, अनावश्यक सोच र खानपानमा लापरवाहीजस्ता कारणले उच्च रक्तचाप प्रमुख स्वास्थ्य समस्या बन्दैगएको चिकित्सकको भनाइ छ ।
घुम्ती शिविरबाट एक हजार बढीले लिए सेवा
धुर्कोट गाउँपालिकाले गाउँ–गाउँमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट एक हजार ६९ जनाले सेवा पाएका छन् ।
मदन आश्रितको स्मृतिमा रक्तदान
नेकपा (एमाले) का तत्कालीन महासचिव एवं जननेता मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवनराज आश्रितको ३२ औँ स्मृति दिवसको अवसरमा बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण
लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षणका लागि उत्तरी भेगका दूर्गम वडामा स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य शिविरमा पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।