एचपिभी खोप लगाएका छात्रासँग प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान शुभारम्भका क्रममा खोप लगाएका छात्राको साथमा ।
पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउन सुरु
पाल्पामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ ।
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ।
एचपिभीविरुद्धको खोप अभियान सुरु, खोप ढुक्कसँग लगाउन चिकित्सकको सुझाव
सरकारले आजबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने छ ।
क्यान्सरको न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
अस्पतालको स्तरोन्नतिको कामले पायो गति
प्रदेश अस्पताल दमौली अस्पतालको स्तरोन्नतिको कामले गति पाएको छ । लामो समयदेखि जग्गा अभावले गर्दा अस्पताललाई ५० शय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढ्न नसकेकामा अब प्राप्तिको बाटो खुले पछि कामले गति लिएको हो ।
विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।
मुख्यमन्त्री लामाले क्यान्सरविरुद्धको खोप अभियान शुभारम्भ गर्नुहुँदै
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको बागमती प्रदेशस्तरमा हेटौँडाबाट शुभारम्भ गरिने भएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको प्रदेश स्तरमा मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले एक कार्यक्रमका बिच शुभारम्भ गर्नुहुनेभएको हो ।
महिलाको पाठेघरको मुखको क्यान्सर विश्वव्यापी समस्या : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ९ बजे खोप अभियान शुभारम्भ गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजदेखि विद्यालय जाने र नजाने किशोरीलाई निःशुल्क खोप
आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (मङ्गलबार)देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।
घोराहीमा मोतीविन्दुको शल्यक्रिया सुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा मोतीविन्दुको शल्यक्रिया (अपरेसन) सेवा सुरु भएको छ ।
आवासीय चिकित्सकद्वारा सङ्घर्षको कार्यक्रम घोषणा
आवासीय चिकित्सकले विभिन्न माग राखी सङ्घर्षको कार्यक्रम घोषणा गर्नुभएको छ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको अगुवाइ ६ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकले मङ्गलबारदेखि थप काठमाडौं केन्द्रित सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
३३ स्वास्थ्य संस्थामा ल्याब, २२ प्रतीक्षाघर निर्माण
फेयरमेड फाउन्डेसनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ ।
कोहलपुरमा सात हजारभन्दा बढी बालिकालाई एचपिभी खोप लगाइने
बाँकेको कोहलपुरमा सात हजारभन्दा बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप लगाइने भएको छ ।
३३ स्वास्थ्य संस्थामा ल्याब स्थापना, २२ सुत्केरी प्रतीक्षाघर निर्माण
फेयरमेड फाउण्डेनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ । परियोजना सञ्चालन भएको साढे ६ वर्षको अवधिमा २२ वटा सुत्केरी प्रतिक्षाघर निर्माणमा साझेदारी र पाँच स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सञ्चालन लगायतका कामहरु भएका छन् ।
‘एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाउँदा प्रभावकारी हुन्छ’
ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् ।
१६ लाख किशोरीलाई एचपिभी खोप लगाइँदै
सरकारले माघ २२ गते फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस(एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ ।
धनकुटामा करिब ६ हजारलाई एचपिभी खोप लगाइने
धनकुटामा करिब ६ हजार किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
रूपन्देहीका ५९ हजार किशोरी एचपिभी खोप अभियानमा जोडिँदै
रूपन्देहीका करिब ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
भेरी अस्पतालमा बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालमा बिग्रिएर थन्किएका उपकरणहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गर्ने भएको छ ।
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सात हजार बढीलाई क्यान्सर विरुद्धको खोप लगाइने
ओखलढुङ्गाका सात हजारभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
झापामा छ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला
झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
मधेशमा एचपिभी खोप अभियानको तयारी पूरा
मधेश प्रदेशमा यही माघ २२ गतेबाट सञ्चालन हुन लागेको पाठेघरको मुखको क्यान्सर गराउने हृयुमन प्यापिलोमा भाइरसविरुद्धको एचपिभी खोप अभियान २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।