• ३ जेठ २०८२, शनिबार

सिभिल अस्पतालले सन्ध्याकालीन सेवा सञ्चालन गर्ने

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ २ गते । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले सन्ध्याकालीन सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल प्रशासनले शुक्रबार सूचना निकाल्दै जेठ ४ गतेदेखि सन्ध्याकालीन सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । 

अस्पतालबाट प्रदान गरिएका सेवाका सम्बन्धमा आम निजामती कर्मचारीबाट गुनासो आएपछि निजामती कर्मचारी अस्पताल विकास समितिको वैशाख २२ गतेको बोर्ड बैठकले जेठ ४ गतेदेखि सन्ध्याकालीन सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । 

अस्पतालले सन्ध्याकालीन सेवा ४ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।