• १९ जेठ २०८२, सोमबार

गर्मी बढेसँगै डेङ्गु सङ्क्रमण बढ्यो

blog

यादवराज पुरी
रौतहट, जेठ ६ गते ।
रौतहटमा गर्मी बढेसँगै डेङ्गु सङ्क्रमणको जोखिम पनि बढेको छ । पछिल्लो दुई सातामा ५० जनाभन्दा बढी बिरामीमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

गर्मी मौसम सुरु भएसँगै जिल्लामा लामखुट्टेको प्रकोप बढेको स्थानीय नागरिकको गुनासो छ । रौतहटको गौर नगरपालिका क्षेत्र डेङ्गु प्रभावित क्षेत्रमध्ये अग्रस्थानमा रहेको बताइएको छ । नगरपालिकाका विभिन्न वडाहरूमा डेङ्गु सङ्क्रमितको सङ्ख्या उच्च रहेका जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । उक्त समस्या न्यूनीकरण गर्न पलिकाले सबै वडामा फगिङ स्प्रे गर्ने योजना बनाएको पालिकाका निमित्त प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिनुभयो ।

स्थानीय स्वास्थ्य संस्थाहरूमा डेङ्गु रोगका बिरामीको चाप बढ्दै गएकाले औषधी तथा जाँचको अभाव देखिन थालेको स्थानिय अस्पतालले जनाएको छ । 

जनस्वास्थ्य कार्यालय रौतहटले समुदायमा डेङ्गुका बारेमा चेतना फैलाउन अभियान सुरु गरेको जनाइएको छ । डेङ्गुको सङ्क्रमण नियन्त्रण गर्नका लागि घर वरिपरि पानी जम्न नदिन जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख डा.रमेश यादवले आग्रह गर्नुगएको छ । स्थानीय बासिन्दाहरूले डेङ्गु सङ्क्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य सेवा सुदृढ गर्न माग गरेका छन् ।