वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
काठमाडौँको वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया हुने भएको छ । अस्पतालका मस्तिष्क विभागका विभागीय प्रमुख डा. राजीव झाले जुन महिनाभर ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने जानकारी दिनुभयो ।
नेपालमै लिङ्ग परिवर्तन सफल
नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा आएका घटना बेलाबखत देखिने गरेका छन् । अब नेपालमा पनि पहिलो पटक ट्रान्सजेन्डर (जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरेर महिला बनाइएको छ ।
हरेक वर्ष बढ्दै मस्तिष्क ट्युमरका बिरामी
नेपालमा हरेक वर्ष करिब २५ सय देखि २६ सय नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको छ । वीर अस्पतालले विश्व मस्तिष्क ट्युमर दिवसको अवसरमा सार्वजनिक राष्ट्रिय स्तरको मस्तिष्क ट्युमरसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
मोहन वैद्यको आइसियूमा उपचार हुँदै
क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को त्रिवि शिक्षण अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ । अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयराले वैद्यको गत जेठ १५ गतेदेखि आइसीयूमा उपचार भइरहेको जानकारी दिनुभयो।
नेपालमा पहिलो पटक लिङ्ग परिवर्तन शल्यक्रिया
नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा. जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटी सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण बढ्यो
भारतमा कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा गत छ महिनादेखि हालसम्म एक सय जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
दुर्गम गाउँमा खुल्यो ‘बर्थिङ सेन्टर’
सुरक्षित प्रसूतिका लागि गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।
डेंगु सङ्क्रमणको जोखिमबाट सतर्क रहन आग्रह
हिमाली जिल्ला ताप्लेजुङमा डेंगु सङ्क्रमणको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्मीयाममा डेंगु सङ्क्रमणको जोखिम बढ्नसक्ने भएकाले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो ।
सदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभएको छ । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।
नेपाली समुदायमा विकराल बन्दै मानसिक समस्या
पछिल्लो समय नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको विज्ञले बताएका छन् । मानसिक स्वास्थ्यसम्बन्धी काम गर्दै आएको बहुसंस्कृतिक मनोसामाजिक नेपाल(टिपिओ नेपाल)को २० औँ वार्षिकोत्सवको अवसरमा बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छाले पछिल्लो समय नेपाली समुदायमा मानसिक समस्या विकराल बन्दै गरेको बताउनुभयो ।
मदानेलाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री घोषणा
गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदाने वासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा गर्नुभएको हो ।
कुडुंलामा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा
जिल्लाको निसीखोला गाउँपालिकाले दुर्गम कुडुंलामा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य ऐनको तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐन परिमार्जन गरेर नयाँ स्वास्थ्य ऐन ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाउनुभएको हो ।
अब वैद्यखानाले सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्दै
सिंहदरबार वैद्यखाना विकास समितिले सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्ने भएको छ । वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले ‘प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२’ सार्वजनिक गर्दै सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्ने योजना रहेको जानकारी दिनुभएको हो ।
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घाेषणा
बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो ।
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराइने
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् ।
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकी नाकामा भारतबाट नेपाल फर्किनेहरूमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव हुदाँ थप परीक्षण हुन सकेको छैन ।
पशुका लागि नमुना अस्पताल
चितवनको भरतपुरमा पशुपक्षीका लागि नमुना विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माण भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लगानीमा आधुनिक भेटेनरी अस्पताल निर्माण गरिएको हो ।
बर्दिबास र जलेश्वरका ६ वटा स्वास्थ्य संस्था तत्कालै बन्द हुने
नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) ले महोत्तरी जिल्लामा मापदण्ड पूरा नगरी सञ्चालन हुँदै आएको ६ वटा क्लिनिक तथा अस्पताल तत्कालै बन्द हुने जनाएको छ ।
अलपत्र आधारभूत अस्पताल सञ्चालनमा ल्याउने स्वास्थ्यमन्त्रीको तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनाबाटै सञ्चालनका लागि तयारी अघि बढाउनुभएको छ ।
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।
सेनिटरी प्याडमा कर छुट गर्न चिकित्सक संघको माग
महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनिटरी सामग्रीमा कर छुट गर्न नेपाल चिकित्सक संघले सरकारसमक्ष माग गरेको छ।
डेङ्गु लाग्न नदिन कसरी सावधानी अपनाउने ?
पानी पर्ने मौसम सुरु भएसँगै डेङ्गु लगायतका कीटजन्य रोगको सङ्क्रमण पनि बढ्ने गर्छ ।
गण्डकी गाउँपालिका पूर्णखोप पालिका घोषणा
गोरखाको गण्डकी गाउँपालिका पूर्णखोप सुनिश्च्यित एवम् दिगोपना गाउँपालिका घोषणा भएको छ ।