नवलपुरमा (जेई) रोगविरुद्धको खोप अभियान सुरु
नवलपुरमा आइतबारदेखि जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका सबै पालिकामा एकैसाथ खोप अभियान सुरु गरिएको हो।
जिल्ला अस्पतालमा ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना
हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पहिलो पटक ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना भएको छ ।
समयमै जाँच र स्वस्थ जीवनशैलीले जोगिन्छ मुटु
पछिल्लो समय नेपालमा मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम तीव्र रूपमा बढ्दै गएको छ।
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।
ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन
ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ ।
अस्पतालमा बिरामीको चाप बढ्यो
अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप वृद्धि भएको छ ।
तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न
नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन गरिएको छ ।
म्याक्स अस्पतालद्वारा नेपालगन्जमा क्यान्सर उपचारसम्बन्धी शैक्षिक कार्यक्रम
भारतको लखनउमा रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए)भेरी च्याप्टरको सहकार्यमा नेपालगन्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्न शैक्षिक कार्यक्रम सम्पन्न गरेको छ ।
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप सुरु
बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौ वटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ ।
औषधी उद्योगको बजार हिस्सा खुम्चँदै
नेपाली औषधी उद्योगको बजार हिस्सा खुम्चँदै गएको छ । नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकारले गरेको प्रयत्न र नयाँ औषधी उद्योग थपिने क्रम जारी रहे पनि औषधीको बजार हिस्सा भने अत्यन्तै न्यून अङ्कमा सीमित हुन पुगेको छ ।
वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु
वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ ।
कानुनी अधिकार हुँदा पनि व्यवहारमा कठिनः नेपालमा सुरक्षित गर्भपतनमा चुनौती
नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको दुई दशक बितिसक्दा पनि व्यवहारमा यसप्रति समाजको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुन सकेको छैन ।
औषधी उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य
नेपाल औषधी उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ।
अलपत्र बाल अस्पताल सञ्चालनका लागि प्रशासनलाई ज्ञापनपत्र
घोराही उपमहानगरपालिका–१६ सर्रा स्थित अलपत्र अवस्थामा रहेको बाल अस्पताल भवनको संरक्षण तथा सञ्चालनका लागि पहल गर्न माग गर्दै घोराही बनाऔँ अभियानले जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापनपत्र बुझाएको छ।
हेलिबाट उद्दार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु
बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
रामगोपालपुर–६ स्वास्थ्य केन्द्रमा जाँचबिनै औषधी वितरणको गुनासो
महोत्तरीको रामगोपालपुर नगरपालिका–६ स्थित विशम्भरपुरमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको स्वास्थ्य जाँचबिनै औषधी वितरण गरिएको गुनासो सार्वजनिक भएको छ।
नवलपुरमा (जेई) रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदै
नवलपुरमा जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । आउँदो चैत महिनाको १ देखि ५ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो ।
दादुरा रोगबाट सतर्क रहन निसीखोलाको आग्रह
ढोरपाटनमा फैलिएको दादुरा रोगमा छिमेकी पालिकाले समेत सचेतना अपनाउन थालेका छन् ।
बढ्दै मिर्गौला बिरामी
नेपालमा नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै जाँदा मिर्गौलाको समस्या जनस्वास्थ्य समस्याका रूपमा देखा परेको छ । नेपालमा मात्र वार्षिक तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ । तीमध्ये केही बिरामीको मात्र नेपालमा प्रत्यारोपण गर्न सकिने अवस्था छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले नेपालमा प्रत्येक वर्ष झन्डै तीन हजार जनाको मिर्गौला पूर्ण रूपमा काम गर्न नसक्ने अवस्थासम्म पुग्ने गरेको जानकारी दिनुभयो । उहाँले बिरामीलाई जीवनरक्षा गर्न नियमित डायलासिस वा मिर्गौला प्रत्यारोपण आवश्यक
सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मीयामको समय र यो साता प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
‘औषधी उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइने’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नेपालका औषधी उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताउनुभएको छ ।
सुत्केरीको हेलिकप्टरबाट उद्धार
जुम्लाबाट १८ वर्षीया किश्वरीको हेलिकप्टरबाट उद्वार गरिएको छ । तिला गाउँपालिका वडा–३ की १८ वर्षीया अस्मिता नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्लाबाट सुर्खेत उद्धार गरिएको हो ।
बाँकेमा रुघाखोकी र ज्वरोका बिरामी बढे
जाडोबाट गर्मीमा मौसम परिवर्तन हुन थालेसँगै बाँके जिल्लामा फेरी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।
नेपालको प्रस्तावमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ पारित
नेपालले प्रस्ताव गरेको ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ। महासभाले मार्च १० मा प्रस्ताव अनुमोदन गरेपछि अब हरेक वर्ष अप्रिल १५ का दिन विश्वभर उक्त दिवस मनाइने भएको हो।