भाइरल ज्वरो र डेङ्गीका बिरामी बढे
केही दिनदेखि यता तनहुँको दमौली अस्पतालमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढ्दै गएका छन्। बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
साफ महिला च्याम्पियनसिप : फाइनल खेलको टिकट एन्फा आफैँले बेच्ने
दशरथ रङ्गशालामा बुधबार साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको दर्शक टिकट एन्फा आफैँले बेच्ने भएको छ ।
अवैध मदिरासहित भारतीय कार चालक नियन्त्रण
भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेमा डेंगु सङ्क्रमण बढ्दो
भारतसँग सिमाना जोडिएको बाँके जिल्लामा ३४८ जना डेंगुबाट सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या
आतङ्कवादीहरूले मङ्गलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। मुलुकको रोगविरुद्धको लामो अभियानमा भएको यो पछिल्लो क्षति हो ।
नेप्से परिसूचक ४६ अङ्कले वृद्धि
धितोपत्र बजारमा मङ्गलबार शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ ।
बालोन डी’ओर रोड्रीको पोल्टामा
बालोन डी’ओर अवार्ड–२०२४ स्पेनिस मिडफिल्डर रोड्रीले जित्नुभएको छ ।
नइलाई डा.उपाध्यायबाट २३ लाख प्रदान
नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायबाट २३ लाख रुपियाँ प्रदान भएको छ ।
संसद्को आउँदो अधिवेशनबाट दलित सशक्तीकरण ऐन ल्याइने
प्रदेश सरकारले आगामी हिउँदे अधिवेशनमा दलित सशक्तीकरण विधेयकलाई प्रदेश सभामा लैजाने र पारित गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो।
तनहुँमा कुष्ठ रोग नियन्त्रण तर्फ उन्मुख
तनहुँ जिल्लामा कुष्ठ रोग नियन्त्रण तर्फ उन्मुख भएको छ । जिल्लामा हाल दुई जना मात्रै कुष्ठ रोगका बिरामी रहेका छन् ।
बागलुङ र पर्वत जोड्ने निर्माणाधीन मोटरेबल पुल
बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल १३ करोड लागतमा सडक विभागले आठ वर्षमा उक्त पुल निर्माण सम्पन्न गरेको छ ।
नेपाल चेम्बर र चिनियाँ व्यवसायीबिच व्यापार लगानीको समझदारी
नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।
मनहरीबाट तीन पकेटमार पक्राउ
मकवानपुर प्रहरीले सार्वजनिक यातायातमा पकेट मारेर भागेका तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।
कृषिमा हराउँदै दाइँ परम्परा, बढ्दै आधुनिक प्रविधिको प्रयोग
पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।
बाँकेमा राति १० बजेसम्म देउसी खेल्न पाइने
भारतसँग नाका जोडिएको बाँके जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर बाँकेमा प्रहरी प्रशासनले दसैँजस्तै तिहारका लागि पनि सुरक्षा व्यवस्था कडा बनाएको छ।
उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु
गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा मङ्गलबार भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
मकवानपुरमा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने
सुख, शान्ति, समृद्धि र आपसी सदभावका साथ मनाइने तिहारको समयमा रातिको ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ ।
समयमै डेंगुको उपचार गराए जोखिम र मृत्युदर कम हुन्छ
पछिल्लो समय डेंगु सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार हुम्लाबाहेक ७६ जिल्लाबाट २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै ११ जनाको मृत्यु भएको छ ।
व्यापारभन्दा संस्कृति जोगाउन हुक्काहुक्कीको व्यापार
एक साता यतादेखि सडक पेटीमा लस्करै बसेर दर्जन बढी मानिस हुक्काहुक्की बेचिरहेको भेटिन्छ । उहाँहरूको यो व्यापार बढीमा एक साता अर्थात् दीपावलीका दिनसम्म मात्र चल्ने हो ।
धानमा कालो पोके किराको प्रकोप
बाँके जिल्लाको कोहलपुर–१३, भरैयामा पाकेर काट्नका लागि तयार भएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेपछि किसान चिन्तित बनेका छन् ।
इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानुन पारित
जरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानुन पारित गरेको सिएनएनले जनाएको छ ।
युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु
युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताउनुभएको छ ।
वर्षौँपछि पर्वत जिल्ला अस्पतालमा खाने पानीको सुविधा
पर्वत जिल्ला अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको तिर्खा मेटिएको छ ।
रणनीतिक योजना बनाउँदै लोकसेवा आयोग
कर्णाली प्रदेश लोकसेवा आयोगले ‘रणनीतिक योजना’ बनाउन लागेको छ । आयोगको संस्थागत विकासका लागि रणनीतिक योजना बनाउन लागिएको हो ।