• ७ मंसिर २०८१, शुक्रबार

आज धनतेरसः सुनचाँदी किन्नेको भिड (फोटो फिचर)

blog

विशाल बजारमा सुनचाँदी किन्दै सर्वसाधारण । तस्बिर: केशब गुरुङ

काठमाडौँ, कात्तिक १३ गते । आज कात्तिक द्वादशी अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलामलगायत धातुका नयाँ भाँडाकुँडा किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । 

विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । घरघरमा आजै साँझदेखि उज्यालो बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दीपावली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भिडभाड देखिन्छ । धनतेरसका दिन बहुमूल्य धातु किनेर पूजा गरे धन सम्पत्ति जोगिने जनविश्वास छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।