इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानुन पारित
जरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानुन पारित गरेको सिएनएनले जनाएको छ ।
युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु
युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताउनुभएको छ ।
वर्षौँपछि पर्वत जिल्ला अस्पतालमा खाने पानीको सुविधा
पर्वत जिल्ला अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको तिर्खा मेटिएको छ ।
रणनीतिक योजना बनाउँदै लोकसेवा आयोग
कर्णाली प्रदेश लोकसेवा आयोगले ‘रणनीतिक योजना’ बनाउन लागेको छ । आयोगको संस्थागत विकासका लागि रणनीतिक योजना बनाउन लागिएको हो ।
शैक्षिक एवम् पर्यापर्यटकीय गन्तव्य बन्दै उद्यान
वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत रहेको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत रहेका वृन्दावन वनस्पति उद्यान, हेटौँडा र पर्वतीय वनस्पति उद्यान, दामन शैक्षिक एवम् पर्यापर्यटकीय गन्तव्य बन्दै गएको छ ।
इ-रिक्सा व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता
नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो–टेम्पो तथा विद्युतीय रिक्सा (इ-रिक्सा) व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ ।
पोखरीका स्थानीयलाई खानेपानी सास्ती
फिक्कल गाउँपालिका –२ पोखरी निवासी बीरबहादुर सार्कीलाई खानेपानीको जोहो गर्दै हरेक दिनको बिहान बित्ने गरेको छ । तीन बर्षअघि सुनकोसी नदीबाट लिफ्टगरी गाउँमा ल्याएको खानेपानीको योजना असोज महिनाको दोस्रो साता सुनकोसी नदीमा आएको बाढीले क्षति गरेपछि गाउँमा खानेपानी समस्या भएको उहाँको गुनासो छ ।
अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ ।
पॉचथरमा साङ्केतिक भाषाको चारमहिने तालिम
पॉचथरको सदरमुकाम फिदिममा साङ्केतिक तालिम आयोजना गरिएको छ ।
विपद्ले लम्बिए निर्माणाधीन बृहत् खानेपानी आयोजना
काभ्रेपलान्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठुलो क्षति पुर्याएको ।
विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताउनुभएको छ ।
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
तीन दिनमा थपिए एक हजारभन्दा बढी डेंगु सङ्क्रमित
डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार तीन दिनमा एक हजार ५९ जना डेंगुका बिरामी थपिनुका साथै एक जनाको मृत्यु भएको छ ।
उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो : अमेरिका
वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ ।
भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते
भारतको एक मन्दिरमा पटाका प्रदर्शनी गर्दा भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ ।
५९ जनालाई वैदेशिक रोजगार छात्रवृत्ति
तनहुँमा ५९ जना विद्यार्थीले वैदेशिक रोजगार छात्रवृत्ति प्राप्त गरेका छन् ।
जाजरकोटमा एक वर्षमै चार वटा प्रमुख जिल्ला अधिकारी
जिल्लामा एक वर्षको अवधिमा चार जना प्रमुख जिल्ला अधिकारीको सरुवाले यहाँका नागरिकहरु असन्तुट भएका छन् । २०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो ।
सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान
यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो ।
ट्रयाक खोलिएको करिब २० वर्षपछि नुवाकोटको विदुरहुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र सुरु
बागमती मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गर्नुभयो । ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो ।
ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला
घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण ।
बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पु र्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।
नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री
सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् ।
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् ।
बालिका र महिला हराउने क्रम बढ्दै
पाल्पामा बालिका तथा महिला हराउने क्रम बढेको छ । विगतका वर्षमा भन्दा पछिल्लो वर्षमा बालिका र महिला हराउने क्रम बढेको प्रहरीले जनाएको छ ।