• २७ पुस २०८१, शनिबार

पॉचथरमा साङ्केतिक भाषाको चारमहिने तालिम

blog

फिदिममा आयोजित साङ्केतिक भाषा तालिमका सहभागी । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल

फिदिम, कात्तिक १३ गते । पॉचथरको सदरमुकाम फिदिममा साङ्केतिक तालिम आयोजना गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घले जिल्लामै पहिलो पटक नेपाली भाषामा साङ्केतिक तालिमको आयोजना गरेको हो । 

सुनाइसम्बन्धी पाङ्गता भएका बहिरा र सुस्तश्रवण भएका नागरिकलाई सञ्चार प्रवाहमा सहजता ल्याउन यस्तो तालिम आयोजना भएको हो । चार महिनासम्म सञ्चालन हुने तालिममा पॉचथरका सात वटा स्थानीय तहबाट १३ जनाले सहभागी जनाएका छन् । 

तालिमको उद्घाटन समारोह राष्ट्रिय बहिरा महासङ्घका केन्द्रीय समिति महासचिव एवं कोशी प्रदेश अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा सम्पन्न भयो । तालिममा टीकाराम आचार्यले सहजीकरण गरिरहनु भएको छ । 

अपाङ्ग सेवा सङ्घ पॉचथरको सभाहलमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा प्रमूख अतिथिको मन्तव्य राख्दै फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले अपाङ्गता भएका नागरिकको क्षमता विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा र सुस्तश्रवण भएका नागरिकहरुको  सूचना र सञ्चारमा पहुँच बढाउन तालिम आयोजना गरिएको महासङ्घका केन्द्रीय महासचिव ओझाको भनाइ छ ।