७६ सैन्यहरु सिपाहीमा दीक्षित
रुकुमपश्चिममा रहेको नेपाली सेनाको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको बुधबार दिक्षान्त समारोह सम्पन्न भएको छ । गणमा सञ्चालन भएको सि.सं. ६ सैन्य आधार तालिमको दिक्षान्त समारोहमा ७६ जना सैन्यहरु सिपाहीमा दिक्षित हुनुभएको हो ।
विद्युतीय सवारी साधनमा इयूको अतिरिक्त शुल्क स्वीकार्य छैन
चीनमा निर्मित विद्युतीय कारमा युरोपेली सङ्घ (इयू) को भारी नयाँ करसँग सहमत वा स्वीकार नगरेको बताएको छ । बेइजिङको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने, “चीन यस निर्णयसँग सहमत छैन र स्वीकार गर्दैन र विश्व व्यापार सङ्गठनको विवाद समाधान संयन्त्रअन्तर्गत उजुरी दर्ता गरेको छ ।”
धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति
हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा–१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्तिले पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थप्न थालेको हो ।
बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।
चिउरीको बिजौला पेलेर तेलको जोहो
वन जङ्गलमा पाइने चिउरीको फल टिपेर दाङको घोराही उपमहानगरपालिका–१३ मौलाकोटका स्थानीयले तेलको जोहो गर्ने गरेका छन् ।
नगर प्रहरी भर्ना गर्दे वीरेन्द्रनगर नगरपालिका
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै वीरेन्द्रनगरले २७ जना करारमा नगर प्रहरी भर्ना गर्न लागेको जनाएको हो ।
रोकिएन म्याद नाघेका खाद्य वस्तु र पेयपदार्थ बिक्री
पटक–पटक बजार अनुगमन गरे पनि म्याद नाघेका वस्तु बिक्री रोकिन सकेको छैन । जिल्लास्थित सरकारी निकायले पटक–पटक बजार अनुगमन गरे पनि म्याद नाघेका खाद्य तथा पेयपदार्थ बिक्री घट्न सकेको छैन ।
नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने तयारी
निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ ।
कञ्चनजङ्घामा नाउर
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ स्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर ९वन भेडा०। उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ हिउँचितुवाको प्रमुख आहार हो। यस क्षेत्रमा हिउँचितुवा र नाउर दुबैको उपस्थिति रहेको छ ।
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु
रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।
जङ्गबहादुर राणाको न्वारन भएको पौवा ओझेलमा
जङ्गबहादुर राणाको न्वारन भएको बल्कोटको पौवा ओझेलमा परेको छ ।
आहा फाप्लु विमानस्थल
सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिक रहेको फाप्लु विमानस्थल । नुम्बुर हिमालको काखमा अवस्थित यस विमानस्थल दुई हजार चार सय १३ मिटरको उचाइमा रहेको छ ।
चाँदी र सुनका सिक्का खरिद गर्दै सर्वसाधारण
धनतेरसका दिनका मङ्गलबार थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेका नयाँ मुद्रण चाँदी र सुनका सिक्का खरिद गर्दै सर्वसाधारण
जहाजको टिकट पाउन रातभर जाग्राम
रुकुमपश्चिममा हवाईजहाजको टिकट पाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ ।
तिहारका लागि ढकमक्क सयपत्री
कैलालीको पुष्प कृषकका बारीमा विभिन्न प्रजातिको सयपत्री ढकमक्क फुलेको छ ।
साँझकाे समयमा धरहरा
काठमाडौँको भद्रकालीबाट मङ्गलबार साँझ देखिएको धरहरा र आसपासको दृश्य ।
कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
चलचित्र ‘सो’ भित्र विवाद !
अभिनेता, निर्माता एवं चलचित्र निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ लाई हलले राम्रो ‘सो’ नदिएको भन्दै चलचित्रलाई ओटिटी प्लेटफर्ममार्फत प्रदर्शनमा ल्याउनुभएको छ ।
आजकाे विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
देशका अधिकांश भागमा मौसम सफा रहने
हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
राजस्थानमा बस दुर्घटना, १२ को मृत्यु, ३० घाइते
भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
राजस्व चुहावट नियन्त्रण गर्न संयुक्त रणनीति
राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन् ।
समस्याग्रस्त सहकारीका छ हजार बढी बचतकर्ताको शतप्रतिशत बचत फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ।