• २७ पुस २०८१, शनिबार

राजस्व चुहावट नियन्त्रण गर्न संयुक्त रणनीति

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १३ गते । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन् ।

भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुखसहित उच्चपदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेका हुन् । 

बैठकले अन्तरविभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजवुत बनाउने समेत निर्णय गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा गत वर्षको सोही अवधीको तुलनामा १३.३ प्रतिशतले राजस्व वृद्धि भएको छ ।