नगरवासीलाई सहुलियत शुल्कमा फूल
यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ ।
स्यार्पूतालमा सञ्चालित डुङ्गा बन्द
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा फैलिएको स्यार्पूतालमा सञ्चालित मोटर स्पीडबोट र डुङ्गाहरु अनुमति बिनै सञ्चालन भएको भन्दै बन्द गरिएको छ ।
मादल बिक्री गरी मनग्य आम्दानी
चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
गान्धी मनमोहन मार्ग पाँच वर्षदेखि अलपत्र
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धीआश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहन मार्ग पाँच वर्षदेखि लथालिङ्ग भएको छ ।
‘विमल कृति पुरस्कार’ प्रकाश थाम्सुहाङको ‘शब्दथुम’लाई प्रदान गरिने
‘विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत हुने भएको छ ।
शिवम सिमेन्टमा काम गर्ने मजदुरको मृत्यु
हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको शिवम् सिमेन्ट प्रालिमा कार्यरत एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत इलाहाबाद घर भएका २८ वर्षीय डा. वनवासीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।
स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी
नरक चतुर्दशी पनि भनिने कात्तिक कृष्ण चतुर्दशीका दिन बिहीबार बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ । सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ ।
एमाले चन्द्रागिरि नगर कमिटी कार्यालय उद्घाटन
नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कार्यालयको बिहीबार उद्घाटन गर्नुभयो ।
हिजबुल्लाह ‘उपयुक्त’ सर्तमा इजरायलसँग युद्धविराम मान्छ : हिजबुल्लाह नेता
हिजबुल्लाहका नयाँ नेता नइम कासेमले उहाँको समूह इजरायलसँग स्वीकार्य सर्तमा युद्धविराम सम्झौता गर्न तयार रहेको तर योग्य सम्झौता अहिलेसम्म प्रस्तुत नभएको बुधबार बताउनुभएको छ ।
क्षयरोगका बिरामीको सङ्ख्या सर्वाधिक उच्च
विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टिबी) का बिरामी पत्ता लागेको बताएको छ ।
रवि लामिछानेको बयान सकियो
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ ।
सङ्खुवासभामा टिपर दुर्घटना: दुई जना मजदुरको मृत्यु, दुई घाइते
मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।
गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज
गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन् । जिल्ला हुलाक कार्यालय गुल्मीको मातहतमा रहेका ६१ वटा अतिरिक्त हुलाक कार्यालयमध्ये १३ वटा खारेज भएका हुन् ।
तराईमा तिहारः बढ्दो केराका थामको बजार
दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ ।
दश दिनको फरकमा चार गैँडा मृत फेला
दश दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जले बुधबार प्रेस विज्ञप्ति जारी गरेर कात्तिक ५ देखि १३ गतेसम्म चार वटा गैँडा मृत फेला परेको जनाएको हो ।
चाडपर्वमा अभाव र दुःख बिर्सिदै विपन्न नागरिक
निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुनेहरू पनि दीपावली पर्वका कारण अचेल हाँसीखुसी देखिन्छन् । काँस (घर छाउने र भित्तामा प्रयोग गरिने एकप्रकारको खर) का होउन् वा बाँसका भाटाका भित्ता ।
पूर्वी नेपाल तिहारको रोनक
पूर्वी नेपालका गाउँ, सहर, चोकचोक र बस्तीबस्तीहरुमा तिहारले झपक्कै छोपिसकेको छ । झिलिमिली बत्ती र दियोको उज्यालोले गाउँ, सहर, चोकचोक र बस्तीबस्तीहरु सिँगारिएका छन् । तिहार सबैको घरआगनमा भित्रि सकेको छ ।
कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार
नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन बिहीबार घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
आँबुखैरेनीमा उत्पादित माला कतार निर्यात
तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित माला कतार निर्यात भएको छ । गाउँपालिकाको सहयोगमा वडा नम्बर १ को याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात गरिएको हो ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ ।
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहीबारको अमेरिकी डलर समान रहेको छ ।
आफन्तले खोलेका संस्थालाई लाखौँ अनुदान
स्थानीय तहले नाफामूलक संस्थालाई सरकारी अनुदान दिँदा सार्वजनिक रूपमा निःशुल्क वा शून्य शुल्कमा सेवा उपलब्ध गराउने सुनिश्चित गरेर मात्र अनुदान दिन पाउने व्यवस्था भए पनि दैलेख
फेरिँदै देउसीभैलोको स्वरूप
दसैँपछिको दोस्रो ठुलो चाड तिहार उज्यालोको पनि पर्व हो । पशुपन्छी, प्रकृतिको पूजा गरिने चाडका रूपमा तिहारलाई लिइन्छ । वर्षमा एक पटक खेलिने देउसीभैलोले तिहारलाई थप उत्साहमय बनाउँछ ।