यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ ।
भारु एक सयको एक सय ६६ तिर्दै नेपाली ग्राहक
तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि एक सय ६६ नेपाली तिर्दै आएका छन् ।
'शुक्रबार तिहारको कुनै पर्व छैन'
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि शुक्रबार कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
अर्बपति एलन मस्कलाई बिहीबार फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश दिइएको छ।
मध्यपूर्वको द्वन्द्वले ‘दीर्घ असर’ गर्ने आइएमएफको भनाइ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गाजा, लेबनान र सुडानले आफ्नो भूमिमा जारी द्वन्द्वले छोड्ने आर्थिक असरलाई निको पार्न दशकौँ लाग्ने बताएको छ।
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ।
मनै लोभ्याउने फूल र ड्राइगन फ्रुट
रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका बारीका पाटाहरू अहिले सयपत्री फूलले ढाकेको छ ।
छोरीहरूले गरे बाबुको काजकिरिया
मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उहाँका पाँच जना छोरीहरू र आमा टीका दशगात्र किरियामा बस्नु भएको छ ।
काठमाडौँ बत्तीको झिलिमिली
तिहारमा काठमाडौँ हलचोकबाट देखिएको काठमाडौँ बतीको झिलिमिली।
नेपाल संवतले राष्ट्रिय स्वाभिमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभिमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ।
स्क्यानर मेशिन अलपत्र, सुरक्षाकर्मीलाई सास्ती
नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भनेर ल्याइएको लगेज स्क्यानर मेशिन बिग्रेर अलपत्र अवस्थामा रहेको छ ।
तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको बताउनुभएको छ ।
जिप दुर्घटनामा चार घाइते
वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन्।
तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा
खोटाङमा युवाहरुको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुराइदिने युवाहरुको अभियान रहेकोछ ।
सडक खुलेको २५ वर्षपछि स्तरोन्नति
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ ।
पाँचखाल सेज निर्माण अलपत्र
सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ र ८ मा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरेको तेह्र वर्ष पुरा हुँदा पनि सेज निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
रारा विमानस्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा
रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो ।
चार जनाको भरमा जिल्ला अस्पताल
१५ शैयाको उक्त जिल्ला अस्पतालमा १८ जनाको दरवन्दी रहेको भए पनि दरवन्दीका चार जना मात्रै हाल अस्पतालमा कार्यरत छन् ।
तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च
जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ ।
कैलालीमा धान खरिदको कोटा बढ्यो
सरकारले यस वर्ष कैलालीमा धान खरिदको कोटा बढाएको छ ।
अर्सा र सेल रोटी बनाउन भ्याइनभ्याइ
रामपुर नगरपालिका–४, देविस्थानका भागीरथ आलेको परिवारलाई यतिबेला रोटीका परिकार बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिदै गर्दा अर्सा, चिनी रोटी, सेल रोटी र बटुकको माग बढेकाले परिकार बनाएर विक्री गर्न भ्याइनभ्याइ भएको हो ।
कपिलवस्तुमा चाडपर्व लक्षित बजार अनुगमन
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनलाई तीव्रता दिइएको छ । अनुगमनका क्रममा कैफियत देखिएका दुई बेकरी उद्योगलाई ७५ हजार रुपैया जरिवना समेत गरेको हो ।
धरानमा तिहारको झिलिमिली
धरानका मुख्य चौक बजारदेखि सबै क्षेत्रमा तिहारको झिलिमिली सुरु भएको छ । बजारमा तिहारको सामान किन्न सर्वसाधरणको भिड लागेको छ ।
नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गर्नुभएकाे छ ।