मुकुन्दशरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार
शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट साहित्यकार एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ ।
धान स्याहार्दै किसान
घोराही उपमहानगरपालिका १६ बयरबटुवाका किसान धान स्याहार्दै ।
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन
यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
भीरकोटमा सुत्केरी भैँसी पोषण भत्ता
भीरकोट नगरपालिकाले सुत्केरी भैँसी पोषण भत्ता कार्यक्रम ल्याएको छ ।
माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
अमरपथमा दीपावली महोत्सव
तिहार पर्वको अवसरमा बुटवलमा १४ औं दीपावली महोत्सव सुरु भएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ सुरु भएको हो ।
जङ्गली हात्तीको आक्रमणबाट जोगाउन सचेतना
भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
अस्पताल सञ्चालन गर्न महायज्ञ हुँदै
झापासँग सीमा जोडिएको ईलामको चुलाचुली गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन बनेको दूई बर्ष भइसकेको छ । बजेट अभावमा अस्पताल सञ्चालन हुन नसकेपछि आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ लगाउने तयारी गरिएको छ ।
छायाँनाथ धाम जाने झोलुङ्गे पुल सञ्चालनमा
छायाँनाथ धाम जानका लागि चैना खोलामा दुई महिनाअगाडि निर्माण सम्पन्न भएको झोलुङ्गे पुल शुक्रबारबाट सञ्चालनमा आएको छ ।
अनुदान पाएपछि बाख्रा पालक कृषक उत्साहित
स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन् । वडा नं. ३ र ४ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।
नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ ।
नरैनापुरमा पढाईमा विद्यार्थीको आकर्षण बढ्यो
केही वर्ष अघिसम्म सुनसान रहने बाँकेको नरैनापुरका बिद्यालयहरुमा अहिले विद्यार्थीहरुको उल्लेख्य संख्या देखिन थालेको छ ।
घरमा आगलागी, लाखौँको क्षति
बर्दीबास नगरपालिका-५ स्थित सुदूरउत्तरी भेगमा पर्ने ढुङग्रे गढन्ताको एक पसलमा लक्ष्मीपूजाको राति आगलागी हुँदा लाखौ मूल्य बरावरको मालसामान खरानी भएको छ ।
सफा पानीमा छठ स्नान गर्न पाइने आश
बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन् ।
ट्रकको ठक्करबाट एकको मृत्यु
जिल्लाको माथागढी–२, रुप्सेमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगा रहेको प्रहरीले जनाएको छ।
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही
दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् ।
हुक्काहुक्की पर्वका लागि आवश्यक सन्ठी पाउनै मुस्किल
पूर्वी नेपालका आदिवासी समुदायले मनाउँदै आएको परम्परागत हुक्काहुक्की पर्व मनाउनका लागि आवश्यक पर्ने सन्ठीको अभाव देखिन थालेको छ । जुट खेती कम हुँदै गएपछि सन्ठीको अभाव हुन थालेको हो ।
हिमालको काखमा लोभलाग्दो चियाबारी
अचेल चाडपर्व सो कि बिदाका दिन पोखरा आसपासका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ ।
गुल्मीमा घट्यो फूल उत्पादन गर्ने क्षेत्रफल
गुल्मीमा ५० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूल खेती भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
करेन्ट लागेर युवकको मृत्यु
सर्लाहीको धनकौलमा दीपावलीका लागि विद्युतीय बत्ती जडान गर्नेक्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनकौल गाउँपालिका–२, का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको हो ।
तीन दिनदेखि बेपत्ता विद्यार्थीको शव फेला
गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ ।
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।
गोरुले हान्दा एक जनाको मृत्यु
झापाको गौरादह नगरपालिका ७ जामबारीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा पालेको गोरुले हान्दा गौरादह ७ का ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको हो । साथै गोरुले हानेर अर्का एक जना घाइते भएका छन् ।
इजरायली आक्रमणमा छ उद्धारकर्मीको मृत्यु भएको लेबनानको भनाइ
लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण लेबनानका तीन स्थानमा बिहीबार इजरायली आक्रमणमा हिजबुल्लाह वा उसको सहयोगी अमालसँग सम्बद्ध छ जना उद्धारकर्मीको मृत्यु भएको जनाएको छ ।